Skip to content

आरने कामी र हजार आँखा

एकदिन अचानक बाटोमा हिँड्दै गर्दा ईश्वर हमाल दाइ भेटिए । उनी मादक रसले थोरै लर्बरिएका थिए । अक्सर गोधूली बेलामा भेटिने हमालदाइ मातेकै अवस्थामा हुन्छन् । फेरि प्रातकाल र दिवा समयमा भेटिने हमालदाइ विलकुल अलग खालका हुन्छ्न् । एक त उनको रसिक स्वभावले मलाई कता कता विमोहित गर्छ । अर्को कुरा उनी मातेपछि विन्दास तरिकाले बोल्न थाल्छन् । उनका शब्दमा शब्दाचमत्कार र अर्थाचमत्कारका अलङ्कारहरू बर्सिन थाल्छन् । अर्थात् उनी सोझो सपाट बाटो छोडेर बक्रोक्तिमा बोल्न थाल्छन् । उनी उपमामा अर्थ बुन्न थाल्छन् । श्लेषमा संवाद गर्न खोज्छन् । उत्प्रेक्षाका उखानहरू झिकेर हाँस्न बाध्य पार्छन् । आफूले खुद भोगेका जीवन अनुभवलाई रमाइलो पाराले सुनाउन थाल्छन् ।

बाटोमा भेट्ने बित्तिकै उनले च्याप्प मेरो नाडी समातेर बोल्न थाले “तिमीले मेरो बारेमा खास्साको किताब लेख्नुपर्छ बुझ्यौ । त्यो किताब ज्यादै चाखिलो हुनेछ । त्यो किताबमा मेरो जीवनका रोचक तथ्यहरू हुनेछन् । अकाट्य सत्यहरू हुनेछन् । त्यो किताब तिमीले लेख्नैपर्छ ।” उनी बीचबीचमा हाँस्छन् । धाप मार्छन् फेरि मलाई भन्न थाल्छन् –“तिमी आरने कामी हौ कामी । तिमीलाई थाहा छ आरने कामीले के गर्छ ? आरने कामीले फलामका टुक्राहरू जोड्छ । खँलाती चलाएर फलामका टुक्रा पगाल्छ । त्यसबाट धारिला धारिला कर्द बनाउँछ, छुरी बनाउँछ, चकमक बनाउँछ, खुर्पा, हँसिया, खुकुरी बनाउँछ । तिमीपनि ठ्याक्कै आरने कामी न हौ । मान्छेको जीवनका साना साना फलामे टुक्रारुपी घटना, सन्दर्भ, विषयवस्तु टिप्छौ । त्यसलाई ताछेर, गाँसेर, पगालेर, फूलबुट्टा भरेर कथा बनाइदिन्छौ कविता बनाइदिन्छौ, गीत र नाटक बनाइदिन्छौ, सवाई र उपन्यास बनाउछौँ, लेख र काव्य बनाउँछौ । लेख्ने मान्छे भनेको आरने कामी हो बुझ्यौँ । आरने कामीले फलामको टुक्रो मात्र भेट्नपर्छ । उसले त्यसबाट जे पनि बनाउँछ । तिमी पनि शब्दको आरन थाप्ने कामी हौ । मसित छन् अनगिन्ती कच्चा फलामका टुक्राहरू छन् । तिमीलाई थाहा छ, तिमीले अरु अरुको बारेमा धेरै लेख्यौ । तर मेरो बारेमा एक शब्द आजसम्म लेखेका छैनौ । तिमी पक्षपाती डाँग्री हौ । तिमीलाई म डाँग्री भन्छु डाँग्री ।” उनी थोरै आक्रोसमा आउँछन् । उनको हात म प्रेमले मुसार्छु । फेरि उनको तातेको पारो गिर्न थाल्छ । उनी भावुक भएर बोल्न थाल्छन् –“अब चैँ तिमीले यो दाजुको बारेमा केही लेख्नुपर्छ । मेरो छातीमा यति धेरै उहापोहाहरू छन् । यो खजनाबाट तिमीले कथा कथ्नुपर्छ । कविता रच्नुपर्छ । मेरो जीवनमा यति धेरै रोचक तथ्य, सन्दर्भ र घटनाहरू छन् । त्यसबाट तिमीले खास्सा खास्साका कर्दहरू, छुराहरू, चकमकहरू, खुकुरी र चुलेसीहरू बनाउनुपर्छ । म यो छातीमा सँगालेका सप्पै अनुभूतिरुपि फलामका टुक्राहरू तिमीलाई सुम्पिन चाहन्छु भाइ । तिमी त आरने कामी न हौ । यी फलामका टुक्राहरू तिमीलाई बेजोड काम लाग्छन् । मलाई यी फलामका टुक्राको काम के छ र ? त्यत्तिकै राख्ता राख्ता छातीमा खिया पर्न आँटिसके । तिमीलाई यी फलामका टुक्रा सुम्पिन चाहन्छु । तिमी बाहेक अरुलाई यी टुक्राको कुनै कामै छैन ।”

उनी जति बोल्दै जान्छन् । त्यति उत्तेजित हुँदै जान्छन् । घरी थर्र काम्छन् । घरी मेरो नाडी कसिलो गरी अँठ्याउँछन् । जाँडको नशा त उनको सदाबहार नशा नै हो । तर उनको मुखबाट निस्किने वाणीमा कुनै असंगति थिएन । कुनै असत्यको झलक थिएन । उनी कटुसत्यलाई फररर बोलिरहेका थिए ।

उनी अगाडि थप्दै जान्छन् –“तिमीले अहिलेसम्म लेखेका कितापभन्दा खास्साको किताब ईश्वर हमालको बारेमा लेखेको किताब हुनेछ । यो कुरा तिमीलाई थाहा छ ?”

मैले भने –“थाहा छ दाइ । थाहा छ ।” उनले मेरो मुख सोतारे –“यी थाहा छ, थाहा भए खोई लेखेको त ? दुनियाँको बारेमा लेख्नेले मेरो बारेमा एक अक्षर लेखेका छौ कहिल्यै ? अब तिमीले मेरो जीवनका एक एक घटना सुन्नुपर्छ । एक एक सन्दर्भ टिप्नुपर्छ । मसँगभन्दा खास्साका अनुभव अनुभूति, दुःख सुखका कथाहरू अरु कोसित छन् ? कोहीसँग छैनन् ? त्यसलाई तिमीले नोट गर्नुपर्छ बुझ्यौ, नोट । अनि जड्याँहा दाजुको बारेमा गजबको किताब लेख्नुपर्छ । यो किताब अहिले सम्मका किताबहरूमा बिकाउ किताब हुनेछ । सुन्न तयार छौ मेरो जीवनका दर्दनाक कहानीहरू …………..”

उनको व्याख्यान अरु लम्बिँदैथ्यो । झमक्क साँझ परिसक्याथ्यो । छिटै घर पुग्नुथ्यो । उनीसित फुत्किने बाहना गर्न थाले; उनको अत्यहीन व्याख्या टुङ्गिने कुनै छेकछन्द थिएन । उनलाई आश्वस्त पार्दै भनेँ –“हुन्छ दाइ हुन्छ । दाइको बारेमा अवश्यै लेख्छु । दाइको बारेमा नलेखेर कसको बारेमा लेख्छु र ? एकदिन दाइसित ढुक्कै बस्तै आउँछु । दुईचार घण्टा बसेर दाइको जीवनका सबै कुराहरू टिप्छु, त्यसपछि म किताबै लेख्छु दाइ, लेख्छु ।”

यति भन्न के पाएको थिइनँ, उनले अँगालो हालेर फेरि हुटहुटी गर्न थाले –“तिम्रो एकदिन कहिल्यै आउँदैन भाइ । मेरो जीवनका विदग्ध घाउहरू आजै लेख्नुपर्छ । मेरो जीवनका उकाली ओरालीहरू आजै टिपोट गर्नुपर्छ । मेरो छातीमा कति घाउका डोबहरू छन्, तिमीलाई थाहा छ ? ती डोबहरूमा कति पाथी पिप भरिएको छ, तिमीलाई थाहा छ ? छातीका ती विदग्ध घाउ म आजै यो छाती चिरेर देखाउँछु भाइ देखाउछु । यसको कथा लेख न, त्यो कथा सबैले खोजी खोजी पढ्छन् । यसको सिलोक बनाऊ न । त्यसलाई सबैले खोजी खोजी गाउँछन् । तिमी बिनबीच्चाका मान्छेका बारेमा लेख्छौ । तिमी काम नलाग्ने पुङमाङे कुरा लेख्छौ । तिमीले त अजम्मरी कुरा लेख्ने हो नि । कहिले नसड्ने, नगल्ने कुरा लेख्ने हो नि । त्यो नसड्ने नगल्ने चिज मसित छ मसित । तिमीले दाजुसित भएको सम्पदालाई कहिल्यै खोतल्ने कोसिस गर्यौ, कहिले यसलाई उधिन्ने कोसिस गर्यौ ? गरेनौ, तिमीले गरेनौ । अब तिम्रो आरनमा मसित भएका फलामका छेस्काहरू हाल्नुपर्छ । तिमीले धारिला धारिला काव्य कर्दहरू बनाउनु पर्छ । ती काव्य कर्द किन्न तिम्रो आरनमा तँछाडमछाड गर्छन् बुझ्यौ… ।

उनी अविरल बोल्न सक्छन् । मलाई त्यो साँझ उनीबाट फुत्किन हम्मे हम्मे पर्यो । उनको बारेमा पक्कापक्की लेख्ने भरोसा दिलाएपछि उनले मलाई छोडे । घर आएर पनि मनमा उनकै बारेमा तर्कना चलिरह्यो । उनका प्रत्येक कुरामा जीवनका सत्यानुभूतिका अंशहरू काफीमात्रामा घोलिएका थिए । उनी सोझो अर्थमा अर्थ सम्प्रेषण गरिरहेका थिएनन् । लक्षणामा बोलिरहेका थिए । व्यञ्जनामा मलाई उनका बातहरू बुझाइरहेका थिए । उनी पिएपछि यसरी बर्बराउन सक्छन् । जुन धाराप्रवाहको वेगलाई कसैले रोक्न सक्तैन । अक्सर कतिपय मान्छे जाँड खाएपछि अविरल बोल्न सक्छन् । त्यो बोलाइमा असहज कुरा हुन्न । असंगति हुन्न । हमाल दाइको कुरामा पनि सहज, संगतिपूर्ण सत्यहरू चुहिरहेका थिए । नखाँदाका हमाल दाइ त्यति सुन्न लायकका हुँदैनन् । खाँदाका हमाल दाइ सुनिरहूँ जस्तो लाग्छ । नखाँदाको अवस्थामाभन्दा खाएको अवस्थामा उनको मस्तिष्क सिर्जनशील बन्छ ।

त्यसैले सद्दे अवस्थाका हमाल दाइभन्दा मातेको अवस्थाका हमाल दाइ मलाई सुस्वादु लाग्छ । स्वभाविक रुपमा सामान्य अवस्थामा गुपचुप, मौन र शान्त रहने कतिपय मान्छेहरू पिएपछि वाचाल बन्छन् । बोलक्कड बन्छन् । असंगत र अशान्त बन्छन् । त्यो घडी उनीहरूका बाचाल ओठबाट अन्तरजगत्मा थुप्रिबसेको सत्य तथ्य कुरा बर्सिन थाल्छ । सो घडी मान्छे बढी यथार्थवादी देखिन्छ । सद्दे अवस्थामा कृत्रिमताको लेपले ढाकिएको मान्छे खाएपछि निर्वश्त्र भएर आफ्नो आन्तरिक स्थिति जे हो त्यो खोल्न उत्सुक हुन्छ । नपिएको अवस्थामा मान्छे कति दमित अनि कुण्ठित भएर बस्तो रहेछ भन्ने कुरा खाएको अवस्थामा ऊ छताछुल्ल पोखिँदाको दृश्यले प्रष्ट गर्दछ । बिना पाखण्ड, विना आडम्बर र बिना छलकपट उनीहरू भित्री जगत्लाई जस्ताको तस्तै बाहिर उतारिदिन्छन् । रक्सीको यो करामतलाई म साधुवाद दिन चाहन्छु । रक्सी खाएर सत्य बोल्ने मानिसहरू रक्सी नखाएको अवस्थामा एक अन्तहीन पींडामा रुमलिएका हुँदारहेछन् । छातीमा वेदनाको पहाड लुकाएर समाजको रीतिथिति, लोकलाज र मर्यादाकोसामु निगुरमुन्टी न लगाएर सद्दे अवस्थामा पर्याप्त खुल्न सक्ता रहेनछन् । त्यही मान्छेको मथिङ्गलमा रमरम नशा चढ्न थालेपछि विचित्रको वाणीको निर्झर वर्षा ओइरिन थाल्दो रहेछ । त्यो घडी सक्कली चेहरा उत्रिँदोरहेछ । वास्तविक मनुष्य के हो ? त्यसको स्वरुप बाहिर अनावरण हुँदो रहेछ । आडम्बर र ढोँगमुक्त स्वभाव प्रकट हुँदोरहेछ ।

पिएपछि सत्य बोल्ने मान्छेको कोटिभित्र मैले हमालदाइलाई पनि राखेको छु । जब खाएर उनी मुटुका घाउहरू उक्काउन थाल्छन् । नमिठो दुखाइमा मेरो हृदय पनि वेदनाले आहत बन्छ । कसरी आँखैसामु नातिनातिना भैसकेकी बूढी स्वास्नी अर्कोसित पोइल गई, कसरी आफूभन्दा धेरै कान्छी करिव करिव छोरी नातिनी उमेरकी केटीलाई कान्छी श्रीमती बनाई भित्र्याउनु पर्यो ……. जीवनका विवश कहानीहरू उनी हाँसी हाँसी सुनाउन सक्छन् । तर यिनको वेदनामा भित्र दुख्न थाल्छ । मस्ती मातेर, हाँसेर र हसाँएर बाँचिरहेका ईश्वर हमाल दाइको छातीमा थुप्रिएका फलामका टुक्रा आरनमा हालेर कर्द खुकुरी बनाउने सुयोग आजसम्म जुट्न सकेको छैन । यसमा ठूलोपश्चात्ताप छ । जे होस् उनले के सम्झेर हो, मलाई आरने कामीको संज्ञा दिएका छन् । तर आरन थापेर उनले चाहेको हतियार बनाइदिन भने अँझै सकेको छुइनँ ।

अर्का एकजना मेरा पर म मित्र छन् भागवत राउत । संयोग मिलेको बखत उनी मलाई नौलो ठाउँ, नौलो घटना, नौलो वस्तुसंसार देखाउन लालयित बन्छन् र नौला मान्छेहरूसित परिचित गराउन उत्सुक बन्छन् । र मलाई उकास्छन् –“……..तिमीलाई एकचोटि क्यासिनो जुवाघरमा जुवा खेल्ने मान्छेले मस्ती गरेको दृश्य हेराउन मन छ । डिस्को थेकमा लैजान मन छ । जहाँ जनयुद्धका सुप्रिमोहरूका छोराछोरी क्याव्रे डान्स नाँचेको देखाइदिन मन छ ।” म प्रश्न गर्छु । कुन नियतले त्यहाँ लैजान खोजेका हौ भाइ ? म जस्तो ग्रामीण भोलाभाला मान्छेलाई जो सुरा, सुन्दरी र द्युतक्रियाबाट अलग छ । उनी धाराप्रवाह बोल्छन् –“अरु कुनै नियत होइन । तिम्रो दिमागमा दर्जनौँ आँखाहरू छन् । तिमीलाई थाहा छ, सरदर मान्छेका बाहिर दुइटा आँखाभित्र पनि दुइटै आँखा हुन्छन् । दुइटा आँखा हुनेको दृष्टिक्षमतामा सिमीतता हुन्छ । उसले असीम, अनन्त र सीमातित वस्तुलाई देख्न, अनुभूति गर्न सक्तैन । तिम्रो टाउकोमा हाम्रोभन्दा बढी आँखा छन् । ती आँखाले क्यासिनो, डिस्कोथेक, ….बारमा गयौ भने हाम्रो आँखाले देख्न नसकेका कुराहरू तिम्रो आँखाले देख्न सक्छन् । तिम्रा आँखाले तिनका जीवनका बहुआयामिक पाटाहरूलाई लेख्न सक्छन् ।

भित्र धेरै आँखा हुनेहरूको नै अन्तर्दृष्टि तीक्ष्ण हुन्छ । त्यही अन्तर्दृष्टिले लेख्ने हो । जसको अन्तर्दृष्टि छैन । उसले सतहमा हेर्छ । र सतहको कुरा लेख्छ । जीवनका भित्री बहुआयामिक जटिलताहरूलाई टिप्न सक्तैन । लेखनीमा विम्बन गर्न सक्तैन । त्यसैले तिमीलाई म ती प्रदेशहरूमा लैजान चाहन्छु । जुन प्रदेशका कुराहरू अहिलेसम्म अज्ञात रहेका छन् । ती प्रदेशका पात्रहरू अपरिचित र गुपचाप रहेका छन् । ती प्रदेश र पात्रहरूसित तिमीले साक्षात्कार गर्ने हो भने किसिम किसिमका किस्सा कथ्न सक्थ्यौ । त्यसैले तिमीलाई ती अज्ञात रहस्यमा छोपिएका ठाउँ, दृश्य, पात्र, घटना, प्रवृत्तिसित चिरपरिचित गराउन म हर्दम लोभिन्छु ।”

नभन्दै भाइ भागवतले मलाई धेरै ठाउँ लैजाने कष्ट गरेका छन् । धेरै पात्र प्रवृत्तिलाई नजिकबाट चिनाइदिएका छन् । देखाइदिएका छन् । उसले भनेजस्तो मेरो मस्तिष्कमा दर्जनौँ आँखा छन् छैनन् त्यो मलाई रत्तिभर थाहा छैन । तरपनि उसले मलाई लेख्नका लागि केही विषयवस्तुरुपी सातुसामल जुटाइदिएका छन् । सिर्जनाका नवनव उन्मेषहरू औँल्याइदिएका छन् । आज गहिरो गरी विचार गर्दैछु । ईश्वर हमाल दाइले भने जस्तो आरने कामी हुँ त म ? भित्रबाट सहज उत्तर आयो । होइन म आरने कामी होइन । सानो साधनाले आरने कामी हुन सकिन्छ ? आरनमा हतियार बनाउन फलामको टुक्रा भएर मात्र हुन्छ र ? त्यसलाई तताउन गलाउन गोल (कोइला) चाहिँदैन । आगो चाहिँदैन । मेरो भित्रीभण्डारमा गोल र आगोको सर्वथा अभाव देख्छु । गोल भएरपनि त्यसै हतियार बन्दैन । फलामलाई कलात्मक ढाँचामा ढाल्ने सीप र तागत हुनुपर्छ । त्योचिज पनि मसित भने जति पाउँदिन । अनि मलाई विनासित्तीमा आरने कामीको उपमा दिन मिल्छ ? मिल्दैन । अर्को कुरा भाइ भागवतले भनेझैँ एउटा टाउकोमा दर्जन आँखा बोक्ने द्रष्टा हुँ त म ? मेरो अन्तरले भन्छ, त्यो पनि हुइनँ म । नाकको डाँडी दाँयावाँयाका दुइटा आँखाले त वस्तु संसारका रहस्यलाई सूक्ष्मताका साथ पर्गेल्न सकिरहेको छुइनँ । निधारमा अवस्थिति तेस्रोनेत्रको त कुनै बोध छैन ? म कसरी दर्जन आँखाको अधिकारी बन्न सक्छु र ? आज्ञाचक्रमा अवस्थित तेस्रो नेत्र खुल्यो भने मान्छे प्रज्वल प्रज्ञावान हुनसक्छ भनिन्छ । तेस्रो नेत्र त मैले प्राप्त गरेको छुइनँ भने दर्जन आँखा, यसजुनिमा मैले कसरी प्राप्त गर्न सकूँला र ?

उनलाई भनिदिन मन छ –“मेरो बेलुनको जति क्षमता छ । त्यतिमात्र हावा भर मित्रहरू । क्षमताभन्दा बढी बेलुन भर्यौ भने म, म उड्ने होइन बरु तिमीले दिएको हावाको चापले मेरो भूँडी प्याट्ट फुट्ने छ । मलाई बढी हावा दिएर मेरो भुँडी फुटाउने काम नगर भाइ ।” मसित तिमीले भनेकै दर्जन आँखाको रोशनी बोक्ने कुनै क्षमता छैन । कुनै मान्छे आफ्नै क्षमता र औकातमा रुख चढ्न सक्छ भने ठीकै छ । तर ठेली ठेली, बोकी बोकी, टुप्पीमा टेकाइ टेकाइ रुख चढाएको मान्छेको आखिरी हविगत के होला ? चढाउन त ठेलेर पनि रुख चढाउन सकिन्छ । तर ओर्लिने बेलामा उसलाई कति ठूलो संकट पर्ला । म त्यो संकटको भुँवरीमा पर्न चाहन्न । हमाल दाइले भनेझैँ न त म आरने कामी हुन सकेको छु, न त भाइ भागवतले भने झैँ दर्जन आँखाको मालिक ।

पुन्य कार्की
२०७०

1 thought on “आरने कामी र हजार आँखा”

  1. धन्यवाद कुमारजी !!!
    पुन्य सरले पनि हेर्नुहुन्छ यदाकदा ।
    फेसबुकमा रचना प्रकाशन गर्दा प्रतिकृया हाम्रो बारेमा हिज्जे संशोधन
    वैयक्तिक निबन्ध पुन्य कार्की
    आरने कामी र हजार आँखा
    editor — Sun, 11/13/2016 – 14:53

Leave a Reply

Your email address will not be published. Required fields are marked *