कमै हुन्छ याँहा वर्णन जति गरे पनि सुन्दर रेसुङ्गाको
काखैमा खेलेर हाँस्दै रमेको छ जाँहा तम्घास बजार त्यो
स्वर्गभन्दा पनि सुन्दर लाग्छ यो म जन्मेको ठाउँ
एउटा सानो सुन्दर शान्त बस्ती तम्घास यसको नाउँ
ऑनरका दानजस्तै हिमचुलीसँगै तराईको सम्म फाँट
एकै नजरमा प्राकृतिक सौन्दर्य हेर्ने टावरबाट
स्वर्णिम गौधाराहरूले सजिएको मनोरम त्यों पोखरी
आनन्दको अनुभूति हुन्छ पुग्दा त्यहाँ स्वर्ग नै पुगे सरी
पाखै भरी लाली गुराँस फुल्दछ वसन्तऋतुमा यहाँ
दर्शन गर्न जगतै आँउछ यज्ञशाला तपोभूमि छ यहाँ
पवनको मधुर सुशेलीसँगै झरनाले झंकार भर्दछन
आध्यात्मिक योगीहरू याँहा अखण्ड हवन गर्दछन्
फेरिने ऋतुसँगै खाष्टो फेर्ने राम्रो छ रेसुङ्गाको बानी
रहर पुरा गर्दछ हेमन्तमा जनको हिउँमा खेल्न जाने
आऊ सबै मिली संरक्षण गरौ धार्मिक धरोहर हाम्रो यो
प्रचार गरौं पर्यटक बढाऊँ बढ्ने छ सान गुल्मीको
कमै हुन्छ याँहा वर्णन जति गरे पनि सुन्दर रेसुङ्गाको
काखैमा खेलेर हाँस्दै रमेको छ जहाँ तम्घास बजार त्यो
बाबुराम पन्थी “गुल्मेली”
तम्घास, गुल्मी
