Skip to content

जवाफ भोलि लिएर आउँछु

SantoshiShrestha


कोही भन्छन तिमीलाई चोली लिएर आउँछु
कोही भन्छन् तिमीलाई डोली लिएर आउँछु

सुनाउछ्न् मिठा कुरा,देखाउछन् मिठा सपना
तिम्रा लागि खुशीको खोली लिएर आउँछु

फिक्का फिक्का देखिन्छ तिम्रो त्यो जोवन
जीवन नै रंगिन पार्ने होली लिएर आउँछु

बिन्ती विश्वास गर न,गर्दिन घात कहिल्यै
भन्छ्न माया माग्न, झोली लिएर आउँछु

पर्दिन अरुको प्रभावमा, गर्दिन कसैको आश
कुरा टार्न म भन्छु, जवाफ भोलि लिएर आउँछु

सन्तोषी श्रेष्ठ
शुक्लागण्डकी – ३ दुलेगौंडा, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *