Skip to content


बाउले नपढेर दु:ख पाए
मैले पढेर दु:ख पाएँ ।
गाउँमा-
बाउ हलो जोतिरा’छन्
म सहरमा टाउको जोतिरा’छु ।
गरेर खानलाई
बाउसँग संसार छ
भोकभोकै मर्न तयार
मसँग अहङ्कार छ ।
बाउले नपढेर दु:ख पाए
मैले पढेर दु:ख पाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *