Skip to content

गुणस्तरीय शिक्षाको खोजी


म एक साधारण परिवारको व्यक्ति मैले शिक्षा पाए गुणस्तरीय शिक्षाको निम्ति सधैं ठगिएको महसुस हुन्छ ।

मैले संस्थागत विद्यालयको दैलो कहिले टेक्ने अवसर पाइन र सदा एक सामुदायिक विद्यालय पढ्ने मात्र अवसर पाएँ । यसको मलतब यो होइन कि, म निजी विद्यालयलाई अघि सानै कुरा गर्दै छु । यसको मतलब यो बुझौं कि म गुणस्तरीय शिक्षालाई नियाल्दै थिएँ ।

जब मलाई शहरको वातावरणले छोयो तब चार कक्षामा आएर पढेको A,B,C,D को याद आयो । जुन कुरा निजी विद्यालयका बच्चाले र्नसरीमा पढेको मैले पाएँ । तब यो कुरा मनमा छायो कि म चार कक्षामा पढेको कुरा बाँकी निजी विद्यालयमा पढ्नेले कक्षा एकमै पढेको हुनाले उनीहरू मभन्दा चार कदम अगाडि छन् भन्ने कुरा थाहा पाएँ ।

र आज पनि प्रश्न गर्छु, अब यो चार वर्षे खाडल पुर्न मैले अँझ कति सघर्ष गर्नु पर्ने हो ? र आउँदा पिँढीले कति दुःख झेल्नुपर्ने हो भन्ने भान भइरहन्छ ।

संगीता सुवेदी
सिन्धुली, भिमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *