Skip to content

कस्ले सके लड्दालड्दै धरहरालाई रोक्न?


कस्ले सके लड्दालड्दै धरहरालाई रोक्न
सकिंदैन आकासमा उड्ने चरालाई रोक्न ।

काँडे बार लगाएर रोप्छन् फूल सधैं माली
अँझै पनि असफल छन् भमरालाई रोक्न ।

अन्धविश्वासले गर्दा मानवता मर्‍यो यहाँ
को आउँछ रुढीवादी परम्परालाई रोक्न?

संजालमा बिकृति छन् छताछुल्ल छरिएका
सचेत बनौं मानिसका ती नखरालाई रोक्न ।

‘घायल’ले समाजमा लाली रंग भर्दै थियो
धेरै आए सदभावको हराभरालाई रोक्न ।

अलऐन, युएई
©घायल २१/१२/२०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *