Skip to content

दुई मुक्तक (शिकार गर्ने)


१)
शिकार गर्ने मेरो तीर बिकेन
सधैं घोचिरहने यो पीर बिकेन
मलाई वारपार बनाइरह्यो सधैं,
खोटोको खोटै यो तकदिर बिकेन ।

२)
आउँछन फेरि कसम खान्छन् उनीहरू
केही दिन्छन् अनि केही लान्छन् उनीहरू
लानेबेला त यादहरू पनि सँगै लैजान हुने,
तर त्यो यतै छोडेर जान्छन् उनीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *