किन बढ्दैछ ढुकढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ मेरो माया लिएर
खोज्दथे मायालु ए आफ्नै
सजाउँथे सपना यी आफ्नै
कोही आउँछ आज मनको मित बनेर
चञ्चल बतास आज शान्त भैदिए
मन हतास एकै क्षण सहिदे
कोही आउँछ आज मेरो भाग्य लिएर
लाग्दैन संसारमा म एक्लै
आज नयाँ विश्वास जागेछ
कोही आउँछ आज जीवनसाथी भएर
स्वर – आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – मायालु
