साउने झरीमा यो गाउँको गोरेटो
छायाँ त्यो फेरि तिर्सना अनौठो
उडाई लाने सपना कस्तो पापी हुरी चल्यो
भरोषा थियो भाग्यको भाग्य निष्ठुरी भैदियो
जीवन कस्तो होला सपना जस्तो होला
छायाँ त्यो फेरि तिर्सना अनौठो
सुन्दर चिनो मायाको खेल्छ मेरो काखमा
कलिलो हातले छोएको मायालु आँखा आँसुमा
सपना देख्छु होला कहिले त भेट्छु होला
छायाँ त्यो फेरि तिर्सना अनौठो
नयाँ किरण आउनेछ कालो रात ढल्नेछ
नया रीत चल्नेछ सुख र खुसी बाँड्नुछ
रमाइलो आँगन होला आँखाको तारा होला
छायाँ त्यो फेरि तिर्सना अनौठो
स्वर – आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – लाहुरे
