Skip to content

विफल माया


तिमीले मलाई चाह्यौ
मैले तिमीलाई चाहे
भन्न सकेनौ एक आर्कालाई
मस्तिष्कका प्रत्येक शेलशेलहरूमा
एक अर्काको माया बगिरह्यो
न त तिमीले रोक्न सक्यौ
न त मैले छेक्न सके
मलिन मुखाकृतिमा आत्मीय भावहरू पोख्दै
ती नयनहरूले मलाई नै हेर्दा मेरो मुटु धड्कियो
तिमी बोलेनौ म पनि बोलीन
तिम्रो अनुहार अँध्यारो हुदा
म कहिल्यै रमाइन
मेरो अनुहार मलिन हुदा
तिमी कहिल्यै हाँसेनौ
तिम्रो सपना गायब हुदा
म कहिल्यै निदाइन
मेरो पेट भोको हुदा
तिमी कहिल्यै अघाएनौ
तर पनि हामी आफू आफैप्रति घमण्डी ठहरियौ
एक अर्कालाई हेर्दै हामी छुट्टीयौ
आँशुका दानाहरू चुहाउदै
पर्खिरह्यौ मिलनका शुभघडीहरू
भित्ताका थुप्रै क्यालेन्डरहरू फेरिए
मिलनका लागि आतुर भएका मनहरू
भन्न नसकेरै वल्झिरहे
म तिम्रोखातिर रोए
तिमी मेरोखातिर रोयौ
एक अर्कालाई पीडा दिदै हामी रोइरह्यौ
झर्ने आँशु झरिरह्यो
दुख्ने मुटु दुखिरह्यो
एक अर्काको रिक्ततामा माया वगिरह्यो
त्यसैले त आज हाम्रो मायामा
एउटा अचम्मको खेल भयो
प्रीतको फुल नफुल्दै
मायाको भाव नफुल्दै
हाम्रो माया विफल भयो ।

दीपा धिताल
रेडियो हाम्रो पहुँच तुलसिपुर दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *