झुक्किएँ कि पहिले कतै देखेजस्तो लाग्यो
रोदीघरमै तिमीले बाटो छेकेजस्तो लाग्यो
तर आज यो शहरमा कताबाट आयौ
बिर्सिएकी थिइनौ भने उपहार के ल्यायौ
उपहारमा तिमीले चिठी लेखेजस्तो लाग्यो
रोदीघरमै तिमीले बाटो छेकेजस्तो लाग्यो
रोदीघरको त्यो सम्झना आलो बन्यो आज
तिम्रो बाटो छेक्ने मेरो पालो बन्यो आज
यै पालोमा तिमीले संघार टेकेजस्तो लाग्यो
रोदीघरमै तिमीले बाटो छेकेजस्तो लाग्यो
स्वर – उदय सोताङ
संगीत – बुलु मुकारुङ
