Skip to content

सधैँ नै म हाँसे


सधैँ नै म हाँसे तिमीलाई रुवाई
आज सारा खुसी म दिन तयार छु
तिम्रा पिरहरू ती केही मेटिएला
जुनीभरको लागि म लिन तयार छु

कहाँ मेरो भाग्य तिमीलाई पाउने
तर बाँचुन्जेल यहाँ घात गर्ने छैन
तिमी हाँसिदेऊ यो आँट नै लिएर
कुनै दिन म तिम्रो साथ छोड्ने छैन

कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने
तर मृत्युसम्म गलहत्याउने छैन
तिमी बाँचिदेऊ तिमी नै भएर
अरु धेर मलाई केही चाहिँदैन

स्वर – नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *