करेसामा फूल रोप्दा पलायो रे झार मात्रै
कहाँ होला बैंस फुल्ने जवानीको टार मात्रै?
तिमी मेरो सम्झनामा सिरानीमा आँसु हुन्छ
अँझै कैलेसम्म भोग्ने सधैं यस्तो हार मात्रै?
उकालीमा याद आए बिसौनीमा पर्खि बस्नू
तिमी एक्लै गर्न सक्छौ नदीलाई पार मात्रै ।
जहाँ टेकी हिंड्न खोजें त्यहीं पीडा भै’रहन्छ
थिए शायद धर्तीमा यो सबै काट्ने धार मात्रै ।
सधैं सोच्थें आँसुले नै बगाईद्यौ आफूलाई
थियो ‘घायल’ धर्तीले नै नथेग्ने यो भार मात्रै ।
अलऐन, युएई
©घायल २०१७
मफाईलुन्+फाइलातुन् ×२
१२२२+२१२२×२
