काठमाण्डौं
२१ जनवरी, २०१७ शनिवार
‘स्थापित स्रष्टा र सर्जकलाई सम्मान ! नवोदितलाई प्रोत्साहन !!” नाराको साथ प्रत्येक महिनाको दोस्रो शनिबार हुँदै आएको तामाङ स्रष्टा समाजको नियमित मासिक साहित्यिक कार्यक्रम अन्तर्गतको८५औं अङ्कमा यामदास घायल ‘सन्तलाल’को गजल संग्रह ‘कुहिरो भित्रबाट’ विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
तामाङ स्रष्ट समाजका आयोजनामा गरिएको विमोचन कार्यक्रममा साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा बिभागका प्रमुख श्रवण मुकारुङ प्रमुख अतिथ्य रहेको थियो ।
तामाङ स्रष्ट समाजका पूर्व अध्यक्ष ङ्हेमा थाङ्पालको सभापतित्वमा, पूर्व अध्यक्षहरू इन्द्रमान मोक्तान, नेपाल प्रसाद स्याङ्ग्तान, नाङ्साल क्लबका सल्लाहकार ढकबहादुर घिसिङ, तामङ डाजाङका पूर्व अध्यक्ष बुद्ध योञ्जन तामङ र तत्कालीन अध्यक्ष सन्जु ब्लोन, प्रकाशक सीता कुमारी घिसिङ तथा सहित्यकारहरू प्रकाश पुश्पक राई, गजलकार चन्द्री मोक्तान, प्रेरणा लामा, इन्द्र तामाङ, इन्द्रमान तामाङ, योगेस राल्फाली, तथा नाबोधित तथा स्थापित साहित्यकार तथा गजलकारहरूको उपस्थितिरहेका थिए ।
आर आर क्याम्पसमा गरिएको विमोचनमा प्रमुख अतिथिको हातबाट दियो जलाएर विमोचन सुरु गरिएको थियो भने अन्य साहित्यकारहरूले पालै पालो गजलहरू बाचन गरिएका थिए । ६२ ओट गजलहरू रहेको गजल सङ्ग्रह ‘कुहिरो भित्रबाट’ नेपाली साहित्यको गजल विद्याको उत्कृष्ट गजल संग्रह रहको जानकारी दिदै आउने दिनमा पनि यस्तै उत्कृस्ट गजल तथा अन्य बिधामा आफ्नो कलमलाई निरन्तर दिन आग्रह गर्दै सफलताको शुभकामना दिएका थिए ।
साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका भाषा बिभाग प्रमुख श्रवण मुकारुङले आउदो दिनमा गजलकार सन्तलालले आफ्नो मातृभाषामा पनि सहित्य सिर्जना गर्न र तामाङ भाषा सहित्यलाई पनि माया गर्दै सँरक्षण गर्दै नेपाली सहित्य सङ्गै लैजान पनि सुझाव दिनु भयो । अन्य सहित्यकार तथा अतिथिहरूले पनि मातृभाषालाई पनि समेट्ट्दै अघि बढ्न सल्लाह दिएका थिए । आउने दिनमा नवोदित गजलकारको मातृभाषामा पनि गजल आउने कुरामा आफूहरू ढुक्क रहेको भन्दै मातृभाषामा पनि सहित्य लेख्न अनुरोध र शुभकामना दिएका थिए ।
दक्षिण कोरियामा रोजगारको सिलसिलामा आइपुगेका गजलकार ‘सन्तलाल’ले नेपाली साहित्यमा आफ्ना कलमलाई धेरै पहिलाबाट नै चलाउदै आएका थिए ।
विभिन्न पत्रपत्रिका मार्फत आफ्ना सिर्जनाहरू पाठक माझ पस्कदै आएका नाबोधित गजलकारले यस पटक भने पुस्तकै रुपमा आफ्ना गजलहरू पाठक माझ ल्याएका छन् । समाजमा रहेको बिसङ्गति, लैङ्गिक विभेद, वर्गीय विभेद, लागायत नारी हिँसा तथा विभिन्न असमनतालाई टपक्क टिपेर लेखिएको गजलहरूको सङ्ग्रह ‘कुहिरो भित्रबाट’मा माया, प्रेम र पीडाको गजलहरू पनि समेटेका छन् । देखेको कुरालाई टपक्क टिप्न सक्ने क्षमता राख्ने गजलकार ‘सन्तलाल’ माया प्रेमको गजलभन्दा समाजका बिसङ्गतिको बिरोधमा गजल तथा अन्य सिर्जना गर्न मन पराउँछ्न् । गजलकार आउने दिनमा पनि यस्तै गजलहरू लेखेर समाज तथा राष्ट्रमा सचेतना जगाउने सपना देखेका छ्न् ।
गजलकार यामदास घायल ‘सन्तलाल’ अनलाइन रेडियो गोर्खाली दक्षिण कोरिया तथा प्रवासी तथा नेपालबाट प्रकाशन हुने विभिन्न अनलाइन पत्रपत्रीकामा पनि अबद्ध रहेका छन् । नेपालमा विभिन्न पुस्तक पसलमा तथा पुस्तकालयमा गजल सङ्ग्रह ‘ कुहिरो भित्रबाट’ उपलब्ध हुने जानकारी पनि दिएका छन । गजलकार सन्तलाल हाल दक्षिण कोरियाको ख्वाङ्जु सहरमा रोजगारी गरिरहेका छन् ।



