नेपालीको दौरा सुरुवाल कति सुहाएको
कम्मरमा पोटुका धेरै सुहाएको
शरिरमा दौरा सुरुवाल पटुका ठ्याम्मै
छिर्के मिर्के ढाका टापी शिरमा गम्मै
कति राम्रो कम्मरमा खुकुरी भिरेको
शिरमा ढाका टोपी राम्रो लिएको
नेपाली हौ हामी हेर नेपालीको छोरा
कहीं गए झुक्ने छैन नेपाली भएर
छोरी मान्छेमा सारी चोला कति सुहाएको
शिरमा ढाका पछ्यौरा सारो सुहाएको
नाकमा ढुङ्ग्री मुन्द्री कति सुहाएको
हातमा काँचका चुरा कति सुहाएको
गालामा पोते गोडामा कल्ली कति सुहाएको
कम्मरमा डोरी नाम्ला सारो सुहाएको
हातमा कचिया हसिया सारो सुहाएको
घाँस दाउरा हातामा सारो सुहाएको
पिठ्यूँमा ढोका ढाक्कर तालुमा नाम्ला
केही गरे छुट्ने छैनन गरिबको मामला
खुट्टा भए चरफार पतामा खकन
ढाक्कर माथि राखिरछन घुमाको ढकन
शिरबाट थिच्छ पहिताला सम्मै
दुःख गरी जीवन पाल्छन नेपालमा जम्मै
हिउद वर्षा काम गर्छन् जाडो र पानीमा
त्यति गर्दा अन्न छैन गरिबको घरमा
बाक्लो छ तुसारे छैन खुट्टामा जुत्ता
बिहान उठी हिडँ्दा खेरी मान्छे पर्छ मुर्छा
दिनमा खाने अन्न छैन राती ओड्ने बर्को
गरिबलाई त्यहाँ कति हवस् चर्को
भुटुन छेन भागमा खान्छ नूनसँग
गरिबको जीवन भयो भनु कोसँग
हलमा गोरु छेन जग्गा भयो बाझो
धनीको हुन्छ गोरु दिन केको खाँचो ?
लेख बहादुर कार्की
त्रि.न.पा. १२ उदयपुर
