Skip to content


लालीगुराँस फुल्यो शोभायमान देश
भयो छोराको पाउसम्म केश
अति राम्रो छ नेपाल देश
उल्का भएर गयो संसारको फेश

फूल फुल्यो चमेली बास्ना चलाएर
सारा संसार बिगार्यो हरेक फेसन आएर
फूल फुल्यो मखमली कोपीला भएर
सारा छक्क पर्न गए हरेक फेसन आएर

फूल फुल्यो केत्तुके मान्नेता केही छैन
जीउमा लगाउछन् सेन्ट् जान्ने केही होइन
भयो हाकिमी छरमा आफू बसेर
तातो छोरो केही छैन बस्छ कम्मर कसेर

जीउमा छैन कपडा खुट्टामा जुत्ता
सुसेल्छ मुखले यता कि उता
गफ गर्छ जसले अकाश पात्तालको
सन्दैन गफ कसैले हेर उसको

फूल फुल्यो त तोरीको माला हुने छैन
अग्लो छ मान्छे आकाश छुने होइन
शहरमा भाषण छाड्छन राजनीतिका नेता
कान थुन्ने बेला भयो जनताले अब ता ।

नेताहरू भाषण गर्छन शहर थर्काएर
दिनदिनै हत्या गर्छन गोली पड्काएर
देख्दैन कसैले खुन जल र भएको
कस्तो नेतामा भाषण गर्न आएको

नेताको भाषणले जनता दङ्गकार
यो नेपाल राज्य भएर हेर कहिले पार
ज्यान जोखिममा छ यो देशमा
कुर्सी खोसेर बिताए यो देशमा

संघर्ष गर्छन् नेता सत्ताको लागिमा
यस्तो भएपछि देश रहन जाला कहाँ
विदेशको हेर यस राज्यमा
ईश्वरमा कुद्ने भए नेता देशमा

संघर्ष भयो आज हेर यहाँ
यस्ते नै भयो भने देश पुग्ला कहाँ
आउँदै छ भेल त बग्दै छ माटो
राज्यमा भयो छारो माटाको खाँचो

फलामले कमी भयो सिसाले पनि
पुग्दैन केहीले यस्तै हो हेर भनी
आएछ सूर्य खस्न यस धर्तीमा
सूर्य खस्यो भने बास बस्ने हो कहाँ

बटुवा जस्तो देखियो आज यहाँ
घाम जनु भयो नेपाल राष्ट्रमा
नगरु नेतामा राजनीतिक यहाँ
पुग्ला यो देश भविष्यमा कहाँ

माया गरौँ मातृभूमि भनेर यहाँ
राम्रो गरी जाऊ हाम्रो देशमा
कुकुर भुक्यो चारपट्टि घेरेर
नेपाल राज्य डुब्यो टुलटुल हेरेर

आशा थरको बिजुली चम्केर
धर्ती हम्क्यो हेर कुबाटो लम्केर
आकाशमा तारा खस्यो, पातालमा बालुवा
धर्ती थर्किन गयो ढुङ्गा पड्किदा

खसेछ गगन त्यस बेलामा
सात नदी डुबिसक्यो हेर्दा हेर्दैमा
रुख र वृक्ष भुइँमा खसेर
संसार थर्कियो छारो पसेर

थुम्का थुम्कामा जल खोलामा बालुवा
चार पटि भत्कीन गयो पुच्छर हल्लिदाँ
चार पटि ता हेर्दा अन्धकार भयो
छातीमा लाग्यो शिला फुटेर कर्मै लग्यो ।

लेख बहादुर कार्की
त्रि.न.पा. १२ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *