Skip to content

प्यारो छ तिम्रो अनमोल नाम (शहिद)


प्यारो छ तिम्रो अनमोल नाम
बिर्सिन्न कैले महिमा र काम

सोच्यौ सधैं देश र देशवासी
हे ! वीर मेरो छ सधैं सलाम

हल्ल्यो जरा क्रूर नृशंसताको
ल्यायौ बिहानी झलमल्ल घाम

स्वाधीनता आज दियौ सबैमा
के टिक्न सक्थ्यो बलको लगाम

हेलाँ गरे लाग्दछ पाप ठूलो
यो देशका हौ तिमी चार धाम

गर्दैछु सम्मान शहीद तिम्रो
‘श्रद्धाञ्जली’ दिन्छु गरी प्रणाम

इन्द्रवज्रा छन्द
५मा विश्राम
-कोमल भट्ट
न्युयोर्क
(शहीद दिवस २०७३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *