तिमी हिँड्ने बाटो पनि आफ्नै जस्तो लाग्थ्यो
बरपिपलको चौतारी पनि काख जस्तो लाग्थ्यो
रूखका डाली-डाली चरी नाँच्दै गाउँदै आउँदा
एकैछिन् छहारीमा बसी बिताऊँ जस्तो लाग्थ्यो
तिमी साथैहुँदा सधैँ खुशी हुने यो मन मेरो
भेट नहुँदा चरी उँडेको डाली जस्तो हुन्थ्यो
हावा चल्दा हल्लिएका पातहरू देख्दा पनि
एकान्तमा तिमीले नै बोलाए जस्तो लाग्थ्यो
सम्झी ल्याउँदा हाम्रो माया कति गाढा थियो
यति गाढा माया अरू कस्को होला जस्तो लाग्थ्यो ।
