Skip to content

कलम तिम्रो पनि छ मेरो पनि छ


बाटोमा तेर्सिएका ढिस्काहरूसँग
पैठोजोरी खेल्दै
खोचहरूमा बस्ती बसाउदै
देशप्रेमको झन्डा बोकेर
म हिमाल चढ्ने आँट गरिरहेछु यतिबेला ।

आऊ सक्छौ भने हात मिलाऊ
काँधमा काँध मिलाऊ छाती मिलेको भए
देश खाल्डोमा जादैछ व्रिक्षारोपन गरौ
देशको मुहार फेर्नलाई ।
इतिहास तिम्रो पनि हो मेरो पनि हो ।

दुई हात चार बनाऊ
एक हात तिमीले बेच अर्को हात म बेच्छु
दुई हात भए जिन्दगीका कविताहरू लेख्न पुगिहाल्छ
र दुई हातले देश बचाऊ ।

मन तिम्रो पनि छ मेरो पनि छ
तिमी कलम तयार पार
म कापी तयार पार्छु
मसि तिमीले भर्नु
आऊ मुटु हत्केलामा राखेर
छातीमा तातो रगत उमालेर
समाऊ हात खोला, जङघार तरेर
जाऊ युद्ध मैदानमा
यहाँ कविता तिम्रो पनि छ हो मेरो पनि छ
नडराऊ कि कवि होला कि कविता होला ।

लगाऊ युद्धको ओछ्यान
वर्षाऊ पानी बाँझा खेतहरूमा
उमारौ धान गहुँ र मकैहरू
खडेरीमा मुहानहरू सुक्न सक्छन्
बर्खामा बाढीले बगाउन सक्छ
तिमी आली बढाउला
म खडेरी सोसुला
तिमी जोतौला
म डल्ला फोरुला
ढिला नगरौ युद्धमा जान
नत्र खडेरी बाढीसँगै आउन सक्छ
आऊँ अब हिमाल चढ्ने आँट गर
आँट गरेपछि झर्ने कोसिस नगर
अस्तित्व तिम्रो पनि छ मेरो पनि छ
यात्रा हिमालबाटै शुरु गरौ
पाखाभरी गुराँस टिप्दै
उपत्यकाको रानीपोखरीमा नुहाउदै
पवित्र हुँदै
किनकि देश तिम्रो पनि छ मेरो पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *