मध्यमस्तरीय परिवारको उमेश १५ वर्षदेखि बोतलमा डुबेको कहैल्यै निस्कने नाम लिएन । बाबुआमाको मनोकाङ्क्षालाई रत्तिभर सम्बोधन गरेन । चार/चार वटी श्रीमतीले त्यागिदिँदा पनि होस् फर्काएन ।
पन्ध्र वर्षदेखि लागेको रक्सीको लत पैँतालीस वर्षसम्ममा पनि छुटेन । त्यस्ता महान् मूर्ख महाराजजीको अमृत तर हामीले भन्ने गरेको दारूपानी छुटाउने अचुक ओखति वा उपाय भए सर्वस्व दिएर भए पनि प्रयोग गराउने थिएँ ।
जति समझाए पनि उस्ताको उस्तै। लाग्छ- आर्यघाटमा मात्रै यसले दारूपानी छाड्छ ।
भुक्तभोगी बाबुले चारैतिर यस्तै कुरा फलाक्दै हिँडे । अर्ती दिनेको लाइन लाग्यो । सघाउनमा आफ्नै श्रीमती बाहेक अरू कोही तयार भएन ।
उनी होसहवाससहित रन्थनिँदै थिए । साँझ त अर्धबेहोसी हालतमा घर पुगे । श्रीमतीको होस् हरायो । कहिल्यै नपिउने बाबुले पनि छोराको बाटो समाएकोमा गुनासो गरिन् ।
भुक्तभोगीले भाषण छाटे- “मैले धन कमाएँ छोराका लागि । छोरो उडाउन थाल्यो आफ्नो लागि । प्यारी ! आऊ सबै धन उडाऔँ । सकौँ र जोगी बनेर अर्कै ठाउँ जाऔँ । जन्माएको त आफ्नो रहेन भने धन कमाउनु र जोहो गरिदिनु कसका लागि ?”
त्यत्तिकैमा कुन जादुले काम गर्यो कुन्नि । उमेश बाबु नजिक आयो र भन्न थाल्यो- “धरोधर्म भन्छु- म पनि पिउँदैनँ । हजुर पनि यो बानी नलिनु हओस् ।”
मौकामा चौका हान्दै भुक्तभोगीले जवाफ फर्काए- “हैन । पिउनुमै आनन्द रहेछ । जब तँ पिउन सुरू गर्छस् म तेरै चेला बनेर पछ्याउने छु ।”
आफ्नो नाटकीय अभिनय सफल हुँदै गएकोमा भुक्तभोगीले लामो श्वास फेरे ।
नपत्याए बोतलप्रिय अधबैँसेलाई +919736098712 मा सोध्नुस् तर रहस्य चाहिँ नखोल्दिनुस् ।
नन्दलाल आचार्य
