यसपाली ‘आरम्भ’ले आफ्नो ६७ औ शृंखला अलिक प्रिथक तरिकाले साहित्य कार्यक्रम गर्यो ।
प्रणय दिवसको अवसरमा आयो जना गरिएको उक्त कार्यक्रममा उपस्तित सबै कवि तथा दर्शकहरूलाई गुलाब फूल प्रदान गरिएको थियो । महिला सहभागीलाई अरम्भका अध्यक्ष प्रेम ओली ढकलपुरेले गुलाबको फूल प्रदान गरेका थिए भने पुरषलाई सहभागीलाई सुशीला खड्का हसिनाले प्रदान गरेकी थिइन् ।

वरिष्ट गजलकार ज्ञानु वाकर पौडेल, कवि रमेश खकुरेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामनागे, घट्टेकुलो सामुदायिक सेवाका महासचिव लक्ष्मी प्रसाइँ, डिल्ली बजार रोटरी क्लबका अध्यक्ष इन्द्रशेखर खड्का र कवि मणिराज सिंह बिशिष्ट अतिथिरहेका थिए भने सबै स्रष्टाहरूले प्रेममय कविता, गीत, गजल, मुक्तक सुनाएर दर्शकहरूलाई भरपुर मनोरन्जन दिएका थिए ।
प्रेम ओली ढकलपुरे, पुन्य आचार्य, दिल्लीप्रसाद मुलतिहुन, केरा अर्याल, गोपाल नेपाल, टेकबहादुर कोइराला र लीलाधर पाण्डेले हाँस्यब्यङ्ग्यमा प्रेमका कविता प्रतुस गर्दा हल हाँसोले गुन्जमान भएको थियो भने रुद्र अधिकारी, प्रभाकर पाण्डे, पदिप मैनाली, उत्तम विचार र उदास कार्कीका मुक्तकले पनि दर्शकदीर्घलाई भर्पुर आनन्दित पारेको थियो ।
प्रीति कौर, उदय दास, सुदेश सत्याल, गीता कार्की पनि प्रेम रसका कवितामा जमेका थिए । त्यसै गरी उमेश पाण्डे, सुशीला खड्का हसिना, दामोदर नेपाल, मुकुन्द दाहाल, रश्मि रिमाल, अभिकेशर ओली, शशी थापा, मुकुन्द न्यौपाने, सीता प्याकुरेल, बेट्टी बज्रचार्य, बलराम सापकोटा, भुवन थापा, रेहन खान, रश्मी रिमाल, रिचा, मोहनमणि पोखरेल, भुवन शिवाकोटी, डा होमप्रसाद गृहस्थी, निर्मल पराजुली, प्रदिप श्रेष्ठ लगायत कविहरूले प्रेमका कविता सुनाएर सबैलाई आनन्दित तुल्याए ।
बिशिष्ट अतिथिहरूले पनि प्रेममय गजल तथा कविता प्रस्तुत गरेका थिए भने संचार कर्मी शशी शर्मा मजगैया र गजलकार इन्दु अङशुले कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रमको अन्त शशी शर्माले उपस्थित महानुभव, हल उपलब्ध गराउने घाट्टेकुलो विकास समाज तथा चियापानमा योगदान पुराउने अमेरिका बस्ने राकेश बस्नेतलाई धन्यवाद प्रकट गरेका थिए ।
२०७३, फागुन ६

