Skip to content

कैयौ वर्ष यता भोकै छ कर्णाली


कैयौ वर्ष यता भोकै छ कर्णाली नून नपाएर
छाड्छु भन्छ सरकार एकवर्षमा गरिबी घटाएर

जनता अँध्यारोमा जिउन बाध्य बनेका छन्
केही दिनमै चमत्कार गर्छु भन्छ लोडसेडिङ् हटाएर

देश ठप्प भई कालो बजारी यसरी मौलाउदा
सदनमा सफल घोषणा गर्छ सरकार शय दिन कटाएर

अचेल सुरक्षित छैनन् चेलीहरू आफन्तबाटै
कतिन्जेल गुजरा चल्छ र हिड्न नचाहेर

रामकृष्ण अनायास

Leave a Reply

Your email address will not be published. Required fields are marked *