हामी मान्छे भुलक्कड छौं मर्छौ भन्ने सोच्दैनौ
चढे शिखर कहिल्यै बेशी झर्छौ भन्ने सोच्दैनौ
विश्वासघाती, पथभ्रष्ट देखिन्छन् अरु सबै,
तर आफू त्यई समूहमा पर्छौ भन्ने सौच्दनौं
हात जोरी घरबेटीलाई डेरा हात पारेपछि,
पेवा जस्तो गर्छौ कतै सर्छौे भन्ने सोच्दैनौ
आफू टन्नै भएपछि अरु नाङ्गा जेसुकै हुन,
अलिकति अरुको लागि गर्छौ भन्ने सोच्दैनौं
आफै गोला बारुद अनि एटम बम पनि,
थोरै भा‘नि ‘तुला’सित डर्छौ भन्ने सोच्दैनौं
– बाँके, नेपालगन्ज
