हेर्दा हेर्दै गैरी गाउँनिर गहतेको गुइँठेले र डबली डाँडा गाउँका डडुवाले समेत कविगोष्ठीबाट पुरस्कार पाएको देखेपछि मलाई खपिसक्नु भएन । साथै उसले एउटो पुस्तकको साथैमा विमोचन्याएपछि ता मेरो ब्रह्मरन्ध्र नै कामेर आयो । अनि त्यसै त्यसै मेरो पारो तातेर आयो । मुलेहरु केही लेख्न जान्नु होइन यसै कविसम्मेलनमा पहिलो दोस्रो भएर पुरस्कारै लफन्ड्याउने । अनि पुस्तक पनि विमोचन गर्ने । कसले कसरी र कुन मौकामा यी बड्कौ्रंलेहरुलाई पुरस्कार बाँडेछ हँ ? मलाई ता यो कुरा पत्ता लगाउने पोे प¥यो खड्गो ।
खोज्न थालेपछि के पत्ता लाग्दैनथ्यो । बंकर पुस्तकालयले आयोजना गरेको कविसम्मेलनमा यिनले पाएका हरेछन् पुरस्कार । गाउँमा खोजी गर्दै जाँदा गाँठी कुरा फेला पारें । गाँठो पनि फुकालिहालियो नि । ७२ सालको भूकम्पबाट जनतामा बडो त्रास भइरहेको बेलामा बाँकटे टोलमा रहेको बंकर पुस्तकालयले आयोजना गरेको कविसम्मेलनको अपार सफलता पाएको कुरा सबैले स्वीकार गरेको बुझियो । यो पुस्तकालय अस्तिको धन्ध कालमा गाउँबाट फकाएर फुल्याएर ल्याएका, देशलाई टुक्राटाक्रीहरु पारेर हातमा हालिदिउँला भनेर रनभुल्ल पार्दै सबै जनतालाई बेग्ला बेग्लै देश दिउँला भनेका, लोभ्याएका वा अपहरण र धम्कीका भरमा ल्याइएका किशोर किशोरीहरुलाई कसरी बम पड््काउने, कसरी एसएलआरहरु चलाउने, कसरी पुलिस थाना डढाउने, कसरी सरकारी कार्यालयहरु फोड्ने र कसरी बैंकहरु लुट्ने भन्ने कुराको तालिम दिनका लािग खोलिएको एक भूमिगत भर्नागृह थियो । अहिले यसलाई बंकर पुस्तकालयमा रुपान्तरण गरिएको छ । अहिले बैंक लुटको कार्य कम भएकोले खर्चबर्चमा अलिक कमी भएकोले खर्च जुटाउने नयाँ बाटो फेर्न थालिएको रहेछ । यो कार्यक्रम गरेर निकै नाफा भएको कुरा पनि सुन्न पाइएकोले ता झन् मेरो पनि सुर चढिसकेको थियो ।
बंकर पुस्तकालयले कसरी गरेछ कविगोष्ठी, के रहेछ सफलताको रहस्य भन्ने जस्ता कुरा जान्नका लागि म यसै पुस्तकालयका अहिलेका अध्यक्षकोमा पनि गएँ । तर कविसम्मेलनदेखि पुरस्कार वितरणका सारा आइडिया आफ्नो सचिबसँग रहेको र आफू ता औंठाछापे मात्र भएको कुरा सुनाए उनले । साथै यो कुरा बुझ्नका लागि सचिबसँगै गएर बुझ्नू भने । हाम्रो लागि पनि केही लाभ होला कि त भन्ने हुट्हुटी जागेको हुँुदा सचिबसँगै भेट्न भोलिपल्ट एकाबिहानै म सचिबकोमा पुगें । उनै थिए पुस्तक विमोचनका धर्काकर्ता । अहिले भर्खर दिसा मोचनको उपक्रममा रहेछन् । हनुमाने पहिरनमा रहेछन् र भर्खर खैनी माडेर मुखमा कोचर्दै रहेछन् । बाँको खाँदा झैं कोक्याएको मुख लगाएर मलाई उनले घरको बरन्डामा बस्न अराए । यो खैनीको बुजो मुखमा नघुसारी मलाई बाहिरै लाग्दैन, अब मैले खैनी खाएँ, म बाहिर बसेर आउँछु तपाईं यतै बाहिरतिर बस्तै गर है भनेर घरभित्र पसे । उहिले पो बाहिर बस्न घरबाहिर जानु पथ्र्याे आज भोलि ता बाहिर बस्न घरभित्र जानुपर्छ । हुनता धन्ध (सबैले द्वन्द्व नलेख्ने हुँदा र यसको ठाउमा धन्ध चलाएको हुँदा म पनि अब धन्ध नै लेख्न थालेको है) कालमा ता जंगलै उनीहरुको बाहिर बस्ने र भित्र पस्ने थलो थियो । उनीहरुले बनलाई बडो मलिलो पारेका थिए । अग्र्यानिक मल छरेका थिए । मल्ला मल्लाहरुले बंकरभित्रै एसएलआरहरु जन्माएका थिए । यो घरभित्रको चर्पीमा जाने कामलाई पनि बाहिर जाने भन्ने बानी सायद त्यसै बेलादेखि लागेको थियो होला उनलाई । लागेको बानी कहाँ छुट्थ्यो । यो कुरा धेरैले बुझेकै होला भन्छु । सबकोईले बाहिर बस्नु भनेको नबुझेको पनि हुन सक्छ । तर म भने यस्ता कुराको जानकार थिएँ बाहिर बस्नु भनेको के होला भनेर घोरिनै परेन । अरु अरु कुरा सोच्तै उनले भनेअनुसार उनलाई पर्खेर बाहिरै बसें उनी बाहिर बस्न गए घरभित्रतिर ।
लगभग आधा घन्टाको घरभित्रको बाहिरबसाइ पछि उनी पुरानै परिधानमा आए मेरा छेउमा । मेरा नजिकै बस्ता उनी अलिक बाहिर नै गनाएका थिए । म अर्कातिर फर्कें । उनलाई बाहिर बस्ने समय आधा घन्टाको रहेछ भन्ने मलाई बोध भयो । अनि सोध—“के कति काम थियो कोनि ? मेरोमा किन आका थियौ तपाईं ?”
मैले पनि आउनाको कारण स्पष्ट गर्दै भने —“तपाईंहरुले यो पछिल्लो भूकम्पको त्रासबाट निकै जनताालाई कविताहरुको माध्यमबाट राम्रो सकारात्मक सन्देश प्रवाह गरेको थाहा पाइयो । साथै राम्रो गरी आर्जन पनि भएको गाइँगुइँ पनि छ । यसैले यसबारे केही बुझौं कि भनेर अएको थिएँ । मेरो पनि एक क्लब छ । त्यसबाट पनि केही उपयोगी काम गर्न सकिन्छ कि भनेर सल्लाह लिन मन लागेको हुँदा यहाँसँग भेटौं भनेर आएको हुँ । धन्धकालको अनुभवबाट खारिएको कुरा सुनुँ भनेर पो आएको ।”
मेरो कुरा सुनेर उनको अनुहार नै फरक र फिका भयो । “तपाईं कुनै सुलसुले पत्रकार ता होइन ?” उनले मलाई दपेट्न थाले । “म वास्तवमा पत्रकार ता हैन तर आफ्नै सोखले कहिलेकाहीं यो खैरो पाटी भन्ने वेव पत्रिकाको लागि सम्वादहरु पठाउँछु त्यति हो” भने ।
“लु तेसो भा तपाईं मेरोबाट गइहाल तुरुन्तै, अहिल्यै गइहाल ।” उनले मतिर हेरेर मलाई कडो खालको आदेश दिए । “धन्ध कालमा के के गरेका थियौ, कति मान्छे कसरी मारेका थियौ भनेर सोध्न ता होला नि !” उनले यसरी ततर्केर मलाई टक्टक्याएपछि मैले उनलाई सारै बिन्तीभाउ गरें । यो सबै केही होइन नडराउनुहोस् । म धन्धकालका कुरा नगरुँला नि त भनेपछि अन्तमा मुख खोल्न राजी भए ।
“मैले तिमीलाई भन्नु ता नहुने हो तर लौ भन । तपाईं के सोध्छौ लौ सोध । भन्नु हुने जति मात्र म भनौला । माथिबाट फेरि बढी बोल्यो भनेर मेरो दानापानी नै हरन हुन सक्छ । सुनाउनु हुने कुरा मात्र म तिमीलाई सुनाउँछु ।”
“हस, हस, जति भनिदिन मिल्छ त्यति मात्र भने भैहाल्यो नि ।”
“लौ सोध त के सोध्छौ ?” उनले बाटो खोलिदिएपछि मैले पनि सोधें । “यो तपार्इंंहरुले कविताको सम्मेलन गरेको थियो नि त्यसबाट भूकम्पले तर्सिएकाहरुलाई निकै राहत भएको कुरा सुन्नमा आयो । के हो यसको राज ? कसरी पुरस्कार बाँड्नुभो ? कताबाट बजेट पाउनु भो ? कविहरु बाँकटे टोलका मात्र थिए कि सबैलाई औसर दिनु भयो ? निर्णायक कोको राख्नु भो ? पुरस्कार के कति थियो र क्राइटेरिया के के थियो । यो सबै भन्न मिल्ने भए भनिदिनु न । हामी पनि यो काम गर्न लागेका छौं । धन्धकालका धङ्धङीहरु नामक कविसम्मेलन गर्न लागेका छौं” मैले एकैचोटि सारा कुराहरु सोधें ।
“आ के के न सोध्ने हो भन्ने सोचेर म ता त्यसै भुतुक्क पो भएको रैछु । बित्यास पो पर्ला कि भनेर डराइरहेको । यस्तो मुले कुरा ता मजाले सुनाइदिइ हाल्छु नि ।” यति भनेर उनले लामो सास फेरे । अनि भन्न थाले—“हो, हामीले कविहरुको राहतका लागि कविगोष्ठी गर्ने भनेर मन्त्रालयबाट एक लाख, एनजीओहरुबाट त्यति नै र यता केही साहू महाजनबाट खानपानको कुराहरु र बजेट जुटाएर कविसम्मेलन गरेका थियौं ।
“ए अनि प्रतियोगितात्मक कविगोष्ठी नै गराउनु भएको होइन त ? कसरी गराउनु भएको थियो ? यसको बारेमा पनि केही भनिदिनुहोस् न ।” मैले फेरि सोधें ।
“प्रतियोगितात्मक नै हो नि अनि । तर अलिकति सतर्क हुनुपर्छ । यसो टोलका केही भुराभुरीलाई लिएर आउनु पर्छ । ठुलाबडाहरुलाई लिएर आउन अराउनु पर्छ अनि उनीहरुलाई चाहिं खाजा खुवाइदिनुपर्छ मस्तसँग । खाजा भनेको बुझेऊ ता होला नि !”
“त्यही दुरुंग पानी होइन ?”
“हो हो बुझ्दा रछौ । हो, त्यो खुवाएपछि उठ् भने उठ् बस् भने बस् । जे भन्यो त्यही हुन सक्छ ।”
यति कुरा भनेपछि उनले कविता प्रतियोगिताका लागि तयार पारेको विवरण अरुलाई नमन्ने सर्तमा मलाई सुटुक्क सुनाए । उनका आफन्त, सभापतिका आफन्त, अरु चिनाजानीका केही उलाहा केटाहरुलाई लिएर कविसम्मेलन चलाएछन् । उनकी श्रीमती सभापतिकी साली र उपसभापितका ससुरालाई निर्णायकमा राखिएको रहेछ । ‘जटाधारीहरुको बङ्कर जात्रा’ भन्ने किताबको उनैले विमोचन पनि गरेछन् ।
“बडो बुद्धि पुराएर काम गर्नु भएछ” मैले भनें ।
“यति पनि नगरे के भुत्रो गर्नु त । अस्ति पो यसो बैकसंैक फोर्न पठाइन्थ्यो । अब ता त्यो पनि सजिलो छैन । हरिताल गर्दा टायर सायर बाल्न पठाइन्थ्यो त्यो पनि अहिले बन्द छ । केही काम ता दिनै प¥यो । अब के गर्नु ? पुस्तकालय खोलेर त्यहाँ पढेर बसून् भनेको ता अक्षर चिनेका हुन् त मरिजानु । अनि हाम्रो केटाहरुलाई केही न केही गरेर पेट ता भरिदिनै पर्छ । नत्र हाम्रो सारा पोल खोलेर हामी माथि नै आइलाग्न बेर लाउँदैनन् बजियाहरु ।”
“अनि अस्ति भर्ना गर्दा ता निकै पढे लेखेकाहरुलाई साथ लिएको भन्ने सुनिन्थ्यो ।”
“हो हुन ता तर सबै प्रमाणपत्रहरु नक्कली रहेछन् । गारन्टीके साथ मिलेगा भनेर बेचिएका मार्कसिट ल्याएका रहेछन् अनि के गर्नु ? अक्षर चिनेका थोरै छन् । धन्ध कालमा ता कसरी कताबाट मान्छेको छाउरो पाइन्छ त्यो सबैलाई बटुरबारटुर पारेर लिएका थियौं क्यारे । अब पो पोल खुल्दैछ त ।”
मैले भने— “धेरै राम्रो कुराको जानकारी दिनुभो । अब हामी पनि तपार्इंकै शैलीमा एउटा कविसम्मेलन गर्छौं । बरु त्यसका लागि निर्लायकमा बसिदिनु पर्छ तपाईंले ।” मैले आग्रह गरें अनि यति राम्रो कुरा बुझाइदिनुभएकोमा धन्यवाद भन्दै बिदा हुन चाहें ।
“हुन्छ, हुन्छ । मजाले निर्लय गरिदिउँला । बरु त्यो निर्लय गर्ने कामका लागि लाग्ने केही पेस्की आजै छाडिराखेर जाऊ है ।” म जानै लाग्दा उनले भने ।
“आप्mनो खल्ती रित्तै भएको कुरा मैले जनाएपछि उनले अन्तिममा भने—“खैनी सम्म ता खुवाएर जाऊ ।”
“हो बरु म यहाँलाई यसबाट सेवा गर्न भने सक्छु” भन्दै गोजीको कटुवा खैनी झिकेर दिएँ र उनको घरबाट ठुलो शिक्षा लिएर बिदा भएँ ।
८
