दुर्गा, काली, नारी स्वरूप, हाम्रै श्रीमती हुन्
माने हाम्रो प्रगति हुन्, नत्र दुर्गति हुन्
छोरी भनी, हेला गरी, कोखमै मार्छौ जस्लाई,
उनै घरको सुख शान्ति, लक्ष्मी सरस्वती हुन्
यो संसार चलाउने, हाम्रा सृष्टिकर्ता,
शिवकी पनि आधा अङ्ग देवी पार्वती हुन्
अन्याय र अत्यचारले सीमा नाग्दाखेरि,
रौद्र रूप देखाउने, दिव्यशक्ति हुन
परिभाषित गरी मैले, कुन शब्दमा बताऊँ,
वर्णन गर्न सकीदैन्, अतभुत पद्धती हुन्
नारी पुरूष बराबर मानौ आजैदेखि,
यिनै हाम्रा जिन्दगी हुन् यि नै सम्पति हुन्
हरि गौतम (अर्घाखाँची)
खनदह-३
हाल-भारत
