Skip to content

बडादशैंको बढो शुभकामना


बडादशैंको बढो शुभकामना
धेरै हुन्छ बच्चाहरुको चाहना

आज गङ्गलिहरुले गाई मारेर
मन्दिरमा फ्याकिदिए
र कुत्ताहरुलाई दिए दुइचार चाना

मुसाहरुले भन्सारको धान खाएर
दसै मनाउछन्
त्यो यमराजले पनि मान्छे खायो धेरै जना

आज त्यो गरिबले यसरी शान्तिको टीका
लगाउन खोजिरह्यो
ऊ हिन्दू हो तर गुम्बाहरुमा गर्छ प्रार्थना

तिमी जिन्दगीभर मेरो मुटु खाएर
बडादशैं मनाइरह्यौ,
यस्तै यस्तै रहेछ यहाँ यो दुनियाको जमाना

त्यो उद्योगपति एक अमीरलाई
“समृद्दि छाओस भन्छ”
भन्दै भन्दैन कैले किसानको बुझ्दैन भावना

बारम्बार यो सहरमा पानीजहाज ल्याउँछु भन्ने
यो सरकारले
यार नदीकिनारमा किन छाउन सक्दैन
सुकुम्बासीहरुको घरको छाना?
बडादशैंको बढो शुभकामना
धेरै हुन्छ बच्चाहरुको चाहना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *