यो तातो मरुभूमिमा, घाटी धेरै सुख्छ आमा
सम्झिएर साहुको ॠण, मुटु धेरै दुख्छ आमा
कमाएर दुई चार पैसा, परिवार खुशी पार्न
कल्पिएर तिनै दिन, पीडाहरू लुक्छ आमा
निद्रा छैन भोक छैन, कामै काममा बेरिएछु
हेर्दछु देशको हालत, अनी यो शिर झुक्छ आमा
लाखौं युवा पिल्सिएछौ, यो खाडी मुलुकमा
गाउ घरको याद आउँदा, यो मन तेतै रुक्छ आमा
के छ र यो जिन्दगी, आखिर खरानी हुनु छ
बाचुन्जेल हासी खुशी, बाँच्न पाए पुग्छ आमा
रञ्जना न्यौपाने
चरीकोट, दोलखा
