Skip to content

आज उस्कै बारे


आज उस्कै बारे, कहानी लेख
गरेको घातको, निशानी लेख

उस्को चरीत्र को पर्दाफास गराएर
भाको थ्यो जे-जे, बदनामी लेख

हृदयको जलन, कम गर्न केही,
गरेको गल्ती, नादानी लेख

भयका छौ बदनाम, उनैको कारण,
को हो तिम्रो त्यो, दिवानी लेख?

निस्संदेह उस्ले घात, गरेको भय
ईतीहासमा उस्को, सैतानी लेख

साट-फेर गर्यो, जस्ले त्यो मूटु
कतिमा बिक्यो ऊ ? लगानी लेख

हरि गौतम (अर्घाखाँची)
-खनदह-३
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *