
घुमिफिरी आएछ एक वर्ष खाएछ
जन्मदिन मेरो रे उपहार पाएछ ।
दु:ख पाएँ भगाएँ सुख जति जोगाएँ
यसै गरी मैले त जन्मदिन मनाएँ ।
बाबामामू दुवैले आशीर्वाद दिएर
देखाउनु रे मैले ठुलो मान्छे भएर ।
सुकार्यमा राजी त मनलाई गराएँ
ठुलो सोच राखेर जन्मदिन मनाएँ ।
अग्रजको सम्मान अनुजको मायामा
रमाउने बानी होस् यसै गरी काममा ।
खुशीयाली सम्झेर दुनियाँमा हराएँ
लेखपढ गरेर जन्मदिन मनाएँ ।
गरिमा आचार्य
कक्षा- टी १०, श्रीजनता प्राविधिक मावि, गोलबजार-४, सिरहा । बेलका उदयपुर थाँतथलो ।
(जन्मेको हिसावले आज २०७८/०४/१६ गते मेरो जन्मोत्सव परेको अवसर पारेर बालगीति लय (४+३_४+३=१४)मा आजै तयार पारेको मेरो सानो कविता हेरेर सुझाव र मार्गदर्शन एव म शुभाशीर्वाद दिन सम्पूर्ण अग्रज, समकालीन र अनुज महानुभावमा कर जोडी अनुरोध गर्दछु ।)
स्रोत कविता : रामबाबु सुवेदी
मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म,
काले भन्छन् मलाई, तर मान्छे गोरो म ।
(यसैको सिकोमा मेरो बालकविता)
