Skip to content


हिंड बाबु हिंड नानी
पूर्वतिर जाऊँ ।
किराँतका गाउँ गाउँ
रमाउँदै जाऊँ ।।
याक्खा , राई , सुनुवार
अनि लिम्बू गाउँ ।
किरातेश्वर महादेव
सन्ततिका गाउँ ।।
–१–
हिउँदका दिन गए
वर्षा पनि अायाे ।
खेती पाती लगाउने
बेला पनि भयो ।।
अायाे हेर वैशाखकाे
पूर्णिमाकाे बेला ।
गाउँ गाउँ लाग्न थाल्याे
उँभाैलीकाे मेला ।।
—२—
समयमा वर्षा भई
हराभरा हाेअाेस् ।
खेती पाती चारैतिर
लहलह झुलाेस् ।।
गाई बस्तु वृद्धि भई
गाेठैभरी हाेऊन् ।
बाढी पैराे अनिकाल
पर पर जाऊन् ।।
—३—
जताततै शान्ति छाअाेस्
राेग भागी जाअाेस् ।
अापसमा मित्रताकाे
भाव फैलियाेस ।।
भन्दै पूजा सुरु भयाे
पितृ देवताकाे ।
कुल देवी अनि त्यहाँ
कुल देवताकाे ।।
—४—
इष्टदेवी चण्डी अनि
सन्सारी माइकाे ।
लेक बेंसी गाउँघरका
देवी देवताकाे ।।
पूजा गर्दै हेर यहाँ
सबै रमाएकाे ।
खाई पिई गाई नाची
धाेकाे पुर्याएकाे ।।
—५—
उँभाैलीमा रमाएर
खेती सुरु गर्छन् ।
पसिनाले माटाेलाई
भिजाउन थाल्छन् ।।
छेउकुना कतै पनि
बाँझो नभएर ।
अन्न बाली लहलह
हाेला चारैतिर ।।
—६—

पिताम्बर नेपाली
पाेखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *