ऋतु वर्षा लाग्यो अब
चरा चुरुङ्गीले भाषा फेरो
ऋतु वर्षा हुन गयो ताहा
कोइली न्याउली कराउन थाल्यो यहाँ
सूर्य उदाउँछ विहानीमा
चन्द्र सूर्य उदाउछन् हेर अब ताहा
ज्योति जगाउँछ यहीं गगनमा
रमाइलो हुन्छ मुनष्यको जीवनमा
बस्छन गगनमा अनौठो भई
यस्तो अनौठो रात दिजनमा गई
क्रान्ति नै हुन गयो यस भूमिमा
चन्द्र सूर्यलाई भार भयो ताहा
पानी थियो भाँडाभरि पोखिएर गयो
यो नरभूमि हेर अन्धकार भयो
केही दिन पनि रात हुन गयो
यो दिन रात एउटा हुन गयो
सूर्य उदाउँछ पृथ्वीलाई न्यानो
सूर्यलाई हामी भगवान ठानौं
चन्द्र र सूर्य फरक पनि छैनन्
फरक पारेर पनि यहाँ पनि बस्नु छैनन्
यो नरभूमिमा अन्धकार भयो
छैनन् सूर्य रात जस्तै हुन गयो
बस्छन पृथ्वीमा दुःख खेपि मैना
यो नर भूमिमा शान्ति पनि छैन ता
मैना लाग्यो कराउन रुख रुखमा
यो पृथ्वी जल भयो सुख हुन्छ कहाँ
भाकल थिएन पहिले देवतको
भाकलै नभई जने भो यो मैना पो
चन्द्र नभएको अँध्यारो रातको
सत्तेनै ढगी सक्यो यस भगवानको
चार पटि अँध्यारो कही छैन जुन
सारो गरी लाग्यो यो मैना रुन
सूर्य पनि छैन यसै धर्तीमा
यस्तो पनि हुन गयो सारा सँसारमा
कलिको सत्ते ढगाउन यहा
गाईले नर्क खायो अब हेर ताहा
