Skip to content

जिन्दगी पनि छेपाराको चाल


जिन्दगी पनि छेपाराको चाल हुदैछ
यो तकदिर किन ? बेहाल-वेहाल हुदैछ

खै कसै गरी सुल्झाउन सकिन मैले
अल्झिएर, जस्तै माकुराको जाल हुदैछ

मन्को मान्छेले नै, झुक्याएर छल्दा आज
यो हाल सुनाऊँ कस्लाई? आशुको ताल हुदैछ

उस्को यादहरूले मलाई, धक्का मुक्की गर्दा
आँधी हुरी आई, मनमा भूईंचाल हुदैछ

जिन्दगी पनि छेपाराको चाल हुदैछ
यो तकदिर किन ? बेहाल-वेहाल हुदैछ

हरि गौतम (अर्घाखाँची)
खनदह-३
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *