Skip to content


कतिन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी
लाला बालासँग बेग्लै बेग्लै घरमै फर्क साथी

पाखुरीमा बल छँदा बिदेशमा जीवन खेर नफाल
गरौंला केही धन्दा स्वदेशमा घरमै फर्क साथी

बाबा आमा रून्छन् सधैं सम्झेर तिमीलाई हर पल
पर्ख्या छिन उनी यौवन साँचेर घरमै फर्क साथी

हेपिएर परदेशमा नोकर बन्न अब छाडी देऊ भो
उत्तम कुटीकै मालिक बन्न घरमै फर्क साथी

कतिन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी
लाला बालासँग बेग्लै बेग्लै घरमै फर्क साथी

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *