हिजाे के के तिमी गर्थ्याै
देखेकाे छ समाजले ।
के के भन्दै तिमी हिंड्थ्याै
सुनेको छ समाजले ।।
तिम्रो चरित्रको खाता
पल्टाउँछ समाजले ।
प्रचार नगरे हुन्छ
जानेको छ समाजले ।।
–१–
सेवा समाजकाे गर्न
मन वचन कर्मले ।
अाँटेका हाै भने अाऊ
चाहेको छ समाजले ।।
सेवा उद्योग हाेइन
सम्झेका छाै भने तिमी
मेरो अमूल्य याे भाेट
नमागी पाउँछौं तिमी
–२–
लङ्गडाहरुकाे निम्ति
लटठी बन्छाै भने तिमी ।
निमुखाहरुकाे बाेली
बाेल्न सक्छौ भने तिमी ।।
सहारा हिनकाे साथी
बन्न सक्छौ भने तिमी ।
मेरो अमूल्य याे भाेट
नमागी पाउँछौं तिमी ।।
–३–
पाेखरा
२७वैशाख २०७४
(कवि पोखरामा रहेको जनप्रिय बहुमुखी क्याम्पसका पुर्व क्साम्पस प्रमुख हुन।)
