धनै राशी कम भएर यहाँ
यो धनराशी चाहिन्छ सारा संसारमा
हरेक मनभावु पारेर आई
जीवन सुम्पिन्छन धनराशीलाई
यो घोर सँसारमा धनराशीलाई
गर्छन सबले यो जीवन त्यागी
मानवमा किने बेच पनि
यस्तो भयो सँसारमा धनराशीमा
धनराशी झल्झल सपनीले
धनराशीले गर्दा जीवन दान दिए
यो जीवनमा सुख छैन धनले
सारा बटुल्छ अपराधी मनले
जीवन गएको थाहा छैन उसलाई
धन भए जीवन जावस उसलाई
धनराशीले गर्दा जीवन लगेर बच्छन
त्यति नगरे धन कहाँ भेट्छन
हरेक वादा परि आउछ उसमा
धनराशी ठूलो भो हेर यस भूमिमा
हरेक हरेक बादा टारेर आउछन्
अन्तिममा भागी यी कहाँ जान्छन
पूर्व र पश्चिम चार दिशा वादी
बसेका छन् यिनीहरू मल बुद्धि छाटी
एक दुई ठाउमा धनराशी को लागि
आउदै छ ज्यामाराज उनीहरुको लागि
धनराशीले गर्दा मन उढाई
बिदेशमा लगी चेली बेटी दिन्छ
गौडाँ गौडाँमा पनि बसिछन
गाउ गाउमा पनि झोरीरछन
धनराशी भन्ने कस्तो छ विश्वमा
धनराशी गर्दा बेचिन्छ ताहा
असत्य असत्य पनि तिनी गर्छन
सत्यले धन कमिन्दैन भन्छन
मान्छे हरेक भावुक पारेर
लान्छन विदेशमा धन हुन्छ भनी
एक जीवनको एक लास हुन्छ
बेचिने मान्छे सारो गरी रुन्छ
सीमाना सीमानामा दलवाल बस्छन्
यो पैसा खान मनमा कुरा रच्छन
उसलाई देख्दैन पछि को पापलाई
पछि पछि आउँदैछ उसलाई बाँड्नलाई
आएर अगाडि मुखमा हेयो
त्यो तिखो बचनले कलेजोमा छेडयो
हप्काई लान्छ यमराज आई
मन शान्त भएन दलवालाई
मनमा भन्छ एक लाखले हान्छु
त्यति भएन भने अनि मात्र जान्छ
जति लेखेको त्यति मात्र पाउँछ
कमाए जति कहाँ राख्न पाउँछ
खुरु खुरु मुसो कुदेर आयो
मुसाको पेटमा हालेर लग्यो
ज्यामाराज भन्ने हेर त्यही हो
यस्ता बस्न अरु पाउला त को
त्यति बेला भो कलेजे नै चिसो
त्यस बेला पापले उसलाई थिचो
प्र्खिन्दैन हेर हात को घडीले
एक दुई खेप दिन्छ यमराजको छडीले
आएछ बेला बिग्रेछ दिन यहा
यो दिन बिग्रेपछि हेर भागी जाला कहाँ
हिरन्ने कसेपुको पनि जस्तो हुन्छ
पापले भागी जान कहाँ पाउँछ
ग्रह को खेला पनि हेर कस्तो भो
गोलीको अवाज पनि जस्तो भयो
भाग्ने थिए जेड विमान हेरेर
एकै चोटी आयो ज्यामाराजले घेरेर
भाग्ने विचार थियो त्यसै बेलामा
भाग्ने बाटो पाइएन त्यस बेलामा
मनमा धनराशी कमाउनु थियो
ज्यामाराजले बाटोमा घेरेर ल्याइदियो
धनराशी हेर कमाउने बेलामा
ज्यामाराजको पासमा पयो त्यसै बेलामा
पानी बिनाको पोखरी माहा
पानी जमिन्थो कसोरी ताहा
बादल बिनाको हेर अकास माहा
पानी बर्सियो हेर अब ताहा
बाढी र भेल पनि उर्लेर आयो
सगर खसेको पनि हेर हुन गयो
थामु थमिन्दैन यस घडीमा
हातले सगर थामिन्थ्योर कहाँ
नदी सरी हेर उर्लेर आयो
त्यस बेलामा हेर अन्धकार भयो
के लेख्यो भावीले त्यस बेलामा
पारियो आज अब कुसुमको फेलामा
पानी थियो घैला भरी फुटेर गयो
भाग्यले दियो कर्मले लुटिगो
त्यस्तो भावना कहिले थिएन
ज्यामाराजको फेला परो उम्कन दिएन
चार र दिशा विजुली चम्कियो
त्यो बेला बाटोमा पहिरो भत्कियो
ज्यामाराजले हेर गर्नु गरेछ
जदा बाटामा भँड्खालो परेछ
यस्तै परो हेर सारा संसारमा
हुनहार भयो हेर आज यहा
सारा संसारमा बासना चलाएर
बस्नु पर्यो अब हेर अब नराम्रो भएर
धनराशी कमाउने मनमा भएर
तानेर लग्यो लहार पो भएर
दलवाल दलवाल सबै भएर
ज्यामाराजमा गयो कालै भएर
कलै भुन भने पनि मरेको होइन
बचेको भुन केही आशै हुँदैन ।
लेखबहादुर कार्की
