अघि हेर्दा नेपाल फेरियो
नेपालको नेता पनि हेरियो
राजाका पालामा नेपाल शून्य थियो
प्रजातन्त्रमा धेरै विकास भयो
नौ महिनामा एमालेले गाउ बनायो
विधवा भत्ता बृद्ध भत्ता पनि त खुवायो
यस्ता यस्ता भत्ता अरु धेर भए
राजाका पालामा यस्तो हुदैन थ्यो रे
आफ्नो गाउँ आफै बनाउने कार्यक्रम आयो
ताहाँबाट नेपालमा विकास देख्न पायो
एक सय तीस वर्षको शाही सत्तामाहाँ
साठी वर्ष पुगेपछि मार्छ भन्थे ताहाँ
विधवा र बृद्धले पनि भत्ता खाए
विधवा र बृद्धले पनि सुख पाए
आफ्नो गाउँ आफै बनाउने कार्यक्रम आयो
ताहाँबाट देशले विकास देख्न पायो
२०६४ सालमा माओवादी आए
त्यसमा पनि जनताले केही राहत पायो
गरिबले बैकको पनि कर्जा खाए
माओवादीले कर्जा मिनाह गराए ।
