आस्थाको प्रिय देश हो मन भरी आस्था फिजाऊँ अब
आस्थाकै अभिशेकले मुलुक यो हामी भिजाऊँ अब
मेचीको जल बोकी कालीतिरका पाटा सिचाऊँ अब
गौरीशङ्कर दाहिना बनिरहून् आशीष पाऊँ अब ।
लागौं एक भएर देश हितमा बैरी भगाऊँ अब
हाम्रो हार्दिक स्वाभिमान मुटुमा चाँडै लगाऊँ अब
आशावदी भएर केही पसिना चाँडै बगाऊँ अब
लाखाैं एक भएर उन्नति गराैं भन्छे भवानी अब ।।
