Skip to content

मेरो प्रेम, नदेखिएको प्रेम


मेरो प्रेम,
कसैले पाना भर,
पाना पाना भर,
सिञ्चिएर लेखिदिएको मात्रै भए पनि,

मेरो प्रेम,
यसरी बग्दिएर,
हरफ हरफ,
हरफ भर,
बोलिदिएर सजाइदिएको भए पनि,

यस्तरी,
त्यस्तरी,

कुनै उपन्यासमा झैँ हामी पात्र बन्ने थिएनौँ,
कुनै कथा जस्तै कथा हुने थिएनौँ,
किनकि,
मेरो प्रेम,
नदेखिएको प्रेम,
नयनले बोलिरहेको,
आवाजहिन बात,
मष्तिस्कमा, मनमा,
म बोलिरहेको,
मेरो प्रेम,
नदेखिएको प्रेम ।

2017-06-13 16:08:14 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *