Skip to content


पढाइ र स्रोत साधन भए यो देशमा
दःखी हुने थिएनन नेपाली हेर तहाँ
स्रोत साधन भए नेपाल फल्किन्थ्यो
हिरा र मोती पनि नेपालमा झल्किन्थ्यो

पाखन बेद र ठुलो औषधी नेपालमा
शक्ति छ कति यो दबाईमा
यस्ता अमूल्य चिज अन्त पाइन्छ कहाँ
पाइँदैन खोजेर अन्त विश्वभरिमा

हर्रो र बर्रो अमला र पनि
यी अमूल्य चिज हुऊ भनेर जान्नु पनि
केरा र भुँइकटर त्यतिकै यहाँ

स्रोत र साधन जुटाउ नेपालमा
यन्त्र पढ्न जोड दिऊँ विकासमा
विकासमा जोड दिऊँ दाजु नेपालमा
दोसा बन्न नजाऊ नेपाली विदेशमा

हाम्रो नेपालको अस्तित्व जोगाऊ
विदेशमा जाने वस्तु नेपालमै रोकाऊ
हिमाल देखि लिएर तराइसम्म जम्मै
धनै धन छ नेपालमा हेर अब जम्मै

धनै धन माथि सुत्छौँ हेर त हामी
नेपाली जनता भयौँ हामी सारो बिकामी
सबै कुरामा हामी जागृत गराऊँ
धनै धनले नेपाल राज्य भराऊ

यस्तो यस्तो कारखाना नेपालमा भए
गरिब हुने थिएनन् नेपाली हेर भरे
नेपालको आय स्रोत विदेशमा लगे
किनेर ल्याउछौ त्यही चिज नेपालमा भरे

नेपालमा औषधमुलो पनि
त्यस माथि बन छ घनजघोर पनि
उत्तरमा हिमाल छ रमणीय देश
हिमालले जगजग छ, नेपाल देश

त्यस माथि आय स्रोत त्यतिकै भएको
नेपालमा जनता अति दुःखी धेरै भएको
नेपाली कति बस्नु संकट खेपेर
नेपालको आय स्रोत विदेशलाई दिएर

हुदैन नेपाली यो बानी छोडौँ
विदेशको नेपालको मुहान थुनौँ
विदेशले नेपालमा गर्न गर्यो पनि
विदेशले हेप्यो गरिब राष्ट्र भनी

ठूलो ठूलो जडिबुटी हिमालमा पनि
पाइन्छ खोजे जति नेपालमा पनि
कस्तुरी मृग हिमालमा
पाइन्छ खोजे जस्तो अब हेर यहाँ

कस्तुरी हरेक किसिमका हिमाल काखमा
यस्ता अमूल्य चिज पाइन्छ हेर तहाँ
तीन करोड जनसंख्या भएको यो देश नेपाल
कलकारखाना नभएको यो देश नेपाल

राष्ट्र छ सानो नाम छ ठूलो
हाम्रो राष्ट्रको नाम कहिले जभुलौं
लडाइँ गर्नु हुदैन दाजुभाइ
क्षति पुग्यो हाम्रो हेर देशलाई ।

नेपाल आमा छिन् हाम्रो छातीमा
रुन्छिन् यी आमा आँसु झारेर ताहाँ
नेपाल आमा छन् हाम्रो शिरमा
सदै गरुँ आमाको हेर अब माया

नेपाल आमा रुन्छिन आँसु झारेर
आँसु पुछौ हामी सबै भएर
सराप लाग्छ हामीलाई यो देशको
राष्ट्र नै भै सक्यो बाबजी भेषको

फूल जस्तो राम्रो देश नेपाल
सुन जस्तो पहेलो यो देश नेपाल
प्रतापी जस्तो यो देश नेपाल
हिरा जस्तो चम्किलो यो देश नेपाल

हिमाल जस्तो उज्यालो यो देश नेपाल
नदी जस्तो सङ्गलो यो देश नेपाल
छिमेकी राष्ट्र भारत परको यो देश नेपाल
जल नदी भएको यो देश नेपाल
बन र जङ्गल भएको यो देश नेपाल
झरना झरेको राम्रो छ देश नेपाल

हिमालको शोभा भएको यो देश नेपाल
डाँफे र मुजुर भएको यो देश नेपाल
कोइली र न्याउलो भएको यो देश नेपाल
जरायो र खरायो भएको यो देश नेपाल

उच्च शिखरमा भएको यो देश नेपाल
जगजग फुलबारी भएको यो देश नेपाल
ठूला ठूला छागा भएको यो देश नेपाल
ठूला ठूला झरना झरेको यो देश नेपाल

भारी बोकी खाने भएको यो देश नेपाल
दुःख गरेर पनि खाने यो देश नेपाल
हलो कोदालो गरेर खाने यो देश नेपाल
कसैसँग नझुक्ने यो देश नेपाल

दुःख गरेर खाने यो देश नेपाल
क्रान्तिमा लड्ने यो देश नेपाल
वीर योद्धा भएको यो देश नेपाल
शहीदको रगत बगेको यो देश नेपाल

शक्तिशाली भएको यो देश नेपाल
हावा र पानी स्वच्छ भएको यो देश नेपाल
वन अति सुन्दर भएको यो देश नेपाल
डाँडा र पाखा भएको यो देश नेपाल

डाँडा र मैदान भएको यो देश नेपाल
जनजाति भाषभाषी बसेको यो देश नेपाल
सबैलाई माया भएको यो देश नेपाल
बीरताको इतिहास बोकेको यो देश नेपाल

पहाडदेखि मैदान भएको यो देश नेपाल
प्रकृतिले शोभा भएको यो देश नेपाल
आफ्नो दुःखमा डुबेको यो देश नेपाल
हिमशिखर अग्लो भएको यो देश नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *