Skip to content

संरक्षण कविता आन्दोलनको चौथो कार्यक्रम सम्पन्न

20170716_DeependraKC_News


लुभेन बेल्जियम ।

संरक्षण कविता आन्दोलन यूरोपको चौथो कार्यक्रम ९ जुलाईका दिन स्थानीय लुभेनमा सम्पन्न भयो । नेपालमा सरुभक्तको अगुवाईमा वि.स. २०५३ देखि शुरु भएको यो ग्रामीण र प्राकृतिक विम्बमा साक्षात्कार सहित स्थलगत रचना र वाचनको नवीन प्रयोग अन्तर्राष्ट्रिय रुपमा गत वर्षदेखि बेल्जियमबाट पनि शुरुवात गरिएको छ ।

मुक्तककार बिमल गिरीको सभापतित्व, आन्दोलनका सदस्य सचिव विष्णु सापकोटा व्दारा संचालित कार्यक्रममा आन्दोलनका यूरोप संयोजक दीपेन्द्र के.सी.ले आन्दोलनको मर्मबारे प्रकाश पारेका थिए ।

सो अवसरमा बिमल गिरी, राजकुमार पुडासैनी, विष्णु सापकोटा, परमानन्द सापकोटा, सूर्य ढकाल, डिल्ली अम्माई र दीपेन्द्र के.सी.ले स्थानीय विम्बमा रचित कविताहरू वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *