Skip to content

मभन्दा नि नजिक अब

HariGautamArghakhachi-02


मभन्दा नि नजिक अब, तिम्रो आफ्नै संसार होस्
इच्छ्याहरू पुरा गर्ने, वैकल्पिक त्यो आधार होस्

मत तिम्रो घाम कहाँ अस्ताएको जून हो सधैं
जे चाहन्छ्यौ त्यही नै तिम्रो सबै पुरा रहर होस्

सम्झने हक पनि तिमीले मबाट खोसिसक्यौ
बाँच्ने तिम्रो आधार सधैं, उस्कै बोली व्यवहार होस्

सुख:दुख जे परे नि, अधरमा जहिले मुस्कान रहोस्
प्राथना सधैं, जहाँ छ्यौ, सहज जीवनको सफर होस्

हरि गौतम (अर्घाखाँची)
खनदह-३,
हाल- भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *