Skip to content

तीन मुक्तक (धर्मशास्त्र, हिन्दू दर्शन, पूजाआजा)


हिन्दू दर्शन
हिन्दू दर्शन मान्यो भने कर्म–फल भन्छन्
परिश्रम गरी प्राप्त फल कर्म–बल भन्छन्
समताको नारा मात्रै फल कहीं भेटिदैन
आखिरमा सन्तोष लिन भाग्य–छल भन्छन्

धर्मशास्त्र–
धर्मशास्त्र हामी पढ्छौ धर्म पाउनलाई
खर पनि काट्ने गर्छौ मन्दिर छाउनलाई
आफ्नै ध्यानमा भगवान मस्तसँग सुत्छन्
चलाख छन् प्रभू पनि सबै कज्याउनलाई

पूजाआजा–
पूजाआजा भन्दै मानिस किन कराउँछन्
सत्य सवल कर्म गर्दा ईश्वर डराउँछन्
पसिनाको एक एक बूँद अमृत नै ठानौ
यिनै बूँद बगाउनेलाई ईश्वर मनपराउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *