Skip to content

कहाँ होलिन् मेरी उनी ?


थाहा छैन उनी कुन ग्रहकी परी थिइन्
हावासरी उडेर मेरो दिल भित्र बस्न आइन्
यो धरतीमा बास बस्न मेरो मात्र दिल थियो र ?
दैवको नियम रहेछ त्यसरी नै उनी बिलाइन्

समयको खेल थियो, दैवको झेल थियो
खोज्न हिडे सात समुद्रपारि त्यो तिर्सना मेरो थियो
बादलुको घुम्टोले ढाकिएकी उनी लजाउदै हेर्दै होली
मुटुभरि माया बोकी मलाई पनि खोज्दै होली

मैले पाइन तिनीलाई पोखे रिस दैवलाई
समयको दौड न हो अब त धमिलो देख्छु
सेतो पहिरनमा सजिएकी तीनको रुपलाई
सादा पानामा पेन्सिलको धर्सोले अनुहार कोर्छु

गडगडाहट हासोमा खिलेको उनको रुपलाई
सम्झन्छु लाली छोडेका ओठहरुले छरेका मुस्कानलाई
लम्पसार परेको थिए बर-पीपल झै उनको छहारीमा
अब त सम्झना मात्र बाँकी रह्यो सकिन पाउन उनलाई

सुनिल मणि दाहाल
वाशिड्गटन डिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *