कहिले अस्ताउने कहिले उदाउने जुन तारा भएपछि
सरकार चलाउने मन्त्रीहरुको नै आफ्नै पारा भएपछि ।
खै कसरी पो देश भेटाउन सकिएला र कान्छा यसरी
कठै,यो देश नै यतिवेला मन्त्रीहरुको आहरा भएपछि ।
त्यसरी लेखेर मात्र खै के गरौला र विद्रोहका नाराहरू
हेर,गाउँका समाजसेवी नै यतिवेला ज्यानमारा भएपछि ।
आऊ मुटु कठोर बनाएर झोलामा कलम र तरबार बोकेर
जाऊसँग सँगै, छातीमा आमाको दूधको भारा भएपछि ।
दिपा धिताल
