जहिले पनि हिँडिरहन्छु सपनीमा साथ
कहिले पनि मेटिएन मायालुको प्यास
बन्द मनको कोठाभित्र उनलाई सजाइरहन्छु
भावनाको क्षितिजमा उनलाई खोजिरहन्छु
देउरालीलाई भाकिरहन्छु हराएर आस
कहिले पनि मेटिएन मायालुको प्यास
रक्सी होइन सधैँ उनको नसा पिइरहन्छु
जून होइन सधैँ उनको मुहार देखिरहन्छु
हतास हुन्छु नपाएर उनको दिलमा बास
कहिले पनि मेटिएन मायालुको प्यास !
शब्द – उषा शेरचन
स्वर – मल्लिका कार्की
संगीत – मदन दिपविन
