साक्षी राखेर आँसुलाई बाचा म गर्न सक्दिन
बन्धकी राखेर मनलाई कसम खान सक्दिन
मेरो हाँसो मेरो खुसी तिमीलाई दिन सक्छु म
तिम्रो पीर तिम्रो व्यथा आफैँ लिन सक्छु म
झुट बोलेर विश्वासको खिल्ली उडाउन सक्दिन
आकाशको जून टिपी ल्याउँछु पनि भन्दिन
पिरतीको बाटोभरि साथ दिन्छु भन्न सक्छु
बाँचुञ्जेल कहिल्यै पनि घात दिन्न भन्न सक्छु
विश्वासभन्दा पर जाने कुनै ठाउँ म देख्दिन
आकाशको इन्द्रधनुष भाँची ल्याउँछु भन्दिन
शब्द – उषा शेरचन
स्वर – मनोज राज
संगीत – मदनदीपविन
