Skip to content

समयको प्रहार


भरखरै क्याम्पसको पढाइ सिध्याएकोमा उसमा केही गर्ने जोस उम्लेको छ ।

एउटा अफिसमा काम पनि पायो उसले। अफिसमा काम गर्ने तौर-तरिका भन्ने उही पुरानै ढर्राको देख्छ – सेवा गर्ने कसैमा खासै उत्साह देखिंदैन् ।

“आफूले त सेवा भावले काम गरिएला, एक जनाले काम गरेर साध्य हुने कुरा पनि रहेन -अफिसको काम ।” अनि ऊ पनि पानीको बहावसँगै प्रवाहित हुन थाल्छ । आफूले पढेको, सिकेको ज्ञान सीप सबै भुत्ते भए झै ठान्छ । त्यसैले उसले आफूलार्इ ‘जवानीमै बुढौंलीले छोए झै’ अनुभूति गर्छ ।

“हुन त कसले पो आफ्नो योग्यता, सीप र इच्छा अनुसार काम पाएका छन् र ? होला त्यस्तै सय जनामा चार पाँच जनाले काम पाएकाहरू ।”

“यसरी कसरी विकास हुन्छ र ? जहाँ काम गर्नेलार्इ काम गर्ने अवस्थाको ठाउँ छैन्, काम छैन् । अनि कहाँबाट मानिसहरूको मुहार उज्यालो देख्न पाउँछ ।”

यसरी उसले आफैलार्इ ढाडस दिंदै अगाडि बढ्छ ।

राम शरण महर्जन
कीर्तिपुर, काठमाडौं
२०७४।४।३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *