Skip to content

एक्लै छ रातको जुन


एक्लै छ रातको जुन, तिम्रो अभावमा
गाम्भीर्य बग्दै छ अरुण, तिम्रो अभावमा

कति सुनु एक्लै यो, गीत जिन्दगीको
खल्लो लाग्न थाल्यो धुन, तिम्रो अभावमा

न छ दिनमा भोक, न रातमा छ चैन
दिन कुन हो ? रात कुन, तिम्रो अभावमा

म बाँचेको छु तिमी, यो मुटु भित्र हुँदा
बग्दैन धमनीमा खुन, तिम्रो अभावमा

जे आर “आभास”
२०६३।१२।२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *