Skip to content

स्वप्नदृष्टि यात्रा महाकाव्यको शल्यक्रिया गर्दा


परिचय –रामप्रसाद ज्ञावलीको जन्म, वि.सं.२०२४ वैशाख११ गते थानापति गा.वि.स.को वडा नं –३ मा पिता पं दुर्गाप्रसाद ज्ञावली र माता कुन्तादेवी ज्ञावलीका काहिँला पुत्ररत्नको रूपमा, भएको हो । उहाँले आफ्नै घरबाटै अध्ययनको प्रारम्भ गर्दै स्थानीय विद्यालयबाट औपचारिक शिक्षको थालनी गर्नुभयो । बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री प्रथम श्रेणीमा पास गरी, त्रिभूवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए. प्रथम श्रेणीमा प्रथम भै सोही विश्वविद्यालयबाट नै नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्वको अभिव्यक्ति विषयमा विद्यावारिधिसम्मको उच्च शैक्षिक योग्यता हासिल गर्नुभएको छ । उहाँ आफूलाई शैक्षिक पेसामा समर्पित गर्नुभएको छ ।

डा.रामप्रसाद ज्ञावली (२०२४, गुल्मी) नेपाली साहित्यका एक मूद्र्धन्य व्यक्तित्व हुनुहुन्छ । उहाँको साहित्यमा गरेको लगानीले नेपाली साहित्यको क्षेत्रमा खास उपलब्धि हाँसिल गरिसकेको छ । मैले जाने बुझेसम्म उहाँ एक उच्च साहित्यिक व्यक्तित्व (महाकाव्यकार, कवि, समीक्षक, सम्पादक, अनुवादक)को साथै नेपाली महाकाव्यका विद्यावारिधि तथा गम्भीर अध्येता पनि पनि हुनुहुन्छ । उहाँको उच्च, शालीन, एव म बौद्धिक व्यक्तित्व, उज्ज्वल मुस्कानपूर्ण चेहेरा, मृदुभाषी, राष्ट्रियतामा ओतप्रोत, पेसाप्रति बफादार, उहाँमा रहेको समभावनापूर्ण अभिव्यक्ति, यथार्थवादी, समदर्शी, समाजमा आर्जित प्रतिष्ठा र सरल क्रियाकलापबाट आकर्षित केन्द्रविन्दुको रूपमा स्थापित उहाँको परिचयले म निकै प्रभावित भएको छु ।

कृतिहरू– २०४२ सालमा भारतको हरिद्वारबाट प्रकाशित हुने ‘सगरमाथा ’ पत्रिकामा ‘हाम्रो कर्तव्य ’शीर्षको कविता प्रकाशन गरी नेपाली साहित्यको फाँटमा उदाउनु भएको ज्ञावजलीजीले नेपाली साहित्य मात्र नभै समामाजिक क्षेत्रमा पनि उहाँको सकृयता सह्रानीय एव म अनुकरणीय देखिन्छ । उहाँका हालसम्म प्रकाशित कृतिहरू यस प्रकार छन् –

कविता–काव्य

औँसीका फूलहरू महाकाव्य (२०५३), पुतली र झुसिल्किरा (कवितासङ्ग्रह २०५९), एकादेशमा (खण्डकाव्य २०६१), असुरग्याँस ( कवितासङ्ग्रह २०६२), छन्द कविताको मधुर तरङ्ग (सिडी तथा क्यासेट २०६४), शब्दार्थ–सौन्दर्य (कवितासङ्ग्रह २०६८), शब्द–सौन्दर्य: लय–माधुर्य (डिभीडी २०६८), हिँडिरहूँ हिडिरहूँ (यात्रा काव्य २०७२) र स्वप्नदृष्टि (महाकाव्य २०७४) ।

समालोचना –आख्यानकार पारीजात (२०५८) सहलेखन, पाश्चात्य सिद्धान्तको सरल व्याख्या (२०६३), पुटकर कविताका केही बान्कीहरू (२०६४), तेस्रो आँखाको आलोचना (२०६७), महाकाव्य सिद्धान्त र नेपाली प्रयोग (२०६७), नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्व (२०७०), कविता समालोचना (२०७०), खण्डकाव्य समालोचना (२०७०), कथा समालोचना (२०७०), फरक समालोचना (२०७०), भूमिका समालोचना (२०७०), सम्पादकीय तथा अन्य समालोचना (२०७०), उपन्यास समालोचना(२०७०), निबन्ध समालोचना (२०७०) र परिचय समालोचना (२०७०) ।

आख्यान– पविर्तनको मोडमा (उपन्यास २०५०), जीवनका धुम्तीहरू ( उपन्यास २०५३), सानी परेवी र बाज (सचित्र बालकथा २०६१), आहा कतिमीठो खीर (सचित्र बालकथा २०६५), कालाजादुको कथा (सचित्र बालकथा २०६५), दयालु भावना (सचित्र बालकथा २०६६), खुरखुरे छेपारो र सुलुलु माछो (सचित्र बालकथा २०६६९),

नाटक– विवश आँसु (पूर्णाङ्की नाटक२०४४), सम्पत्ति (एकाङ्कीसङ्ग्रह २०५३)

निबन्ध– निबन्ध–मुना (प्राथमिक निवन्धसङ्ग्रह (२०७०) सहलेखन, निबन्ध–कोपिला (निम्न माध्यमिक निवन्धसङ्ग्रह (२०७१) सहलेखन, निबन्ध– पुष्प (माध्यमिक निवन्धसङ्ग्रह (२०७३) सहलेखन ।

अनुवाद–यस्तो म सोच्दछु (२०६५), पाठ्य तथा सन्दर्भ पुस्तक (सहलेखन)– प्रारम्भिक व्याकरण, कक्षा १–५ (२०५६), आधारभूत व्याकरण, कक्षा ६–८ (२०५८), प्रवेशिका व्याकरण कक्षा ९–१० (२०५७ ), उच्च माध्यमिक नेपाली व्याकरण (२०६७), साधारण नेपाली विर्.ए.(२०५६), अनिवार्य नेपाली बी.एड., ऐच्छिक नेपाली कक्षा ११, ऐच्छिक नेपाली कक्षा १२ लगायत ३ दर्जनभन्दा बढी सन्दर्भ पुस्तकहरू प्रकाशनामा आइसकेका छन् ।–

कृतिको संरचना– यो कृति आवरण पृष्ठ बाहेक ३२८ पृष्ठको छ । यस महाकाव्यमा ११४९चारहरपे श्लोक, ४५९६ वटा पङ्क्तिहरू छन् । यसलाई ऐरावती प्रकाशन प्रा. लि. कालिका स्थान, काठमाडौँले प्रकाशन गरेको छ मूल्य कडा गाता रु ५२५/– र सामान्य गाता रु ३५५/– राखिएको छ । यो महाकाव्यलाई ‘कीर्तिशेष पूज्य पिता, परम श्रद्धेय माता, मातृभूमि नेपाल एवं श्रमजीवी जनताप्रति समर्पण गरिएको छ ।

साहित्यिक व्यक्तित्त्वहरूको महाकाव्य तथा महाकाव्यकारप्रतिको धारणा –यस महाकाव्यमा ऐरावती प्रकाशन प्रा.लि.का कार्यकारी अध्यक्ष लेख्नुहुन्छ –‘‘नितान्त नौलो, उच्चकलात्मक, विचारोत्तेजक, उत्तिकै रोचक र सूक्तिमय पनि भएकाले यस महाकाव्यवाट नेपाली महाकाव्यवाट नेपाली महाकाव्य परम्परामा नयाँ मोड प्रारम्भ हुने छ भन्ने अनुमान गर्न सकिन्छ ।।’’ । त्रिकोणित भावभूषित कला शीर्षकमा सीताराम अधिकारी लेख्नुहुन्छ–

लेख्छौ सुन्दर काव्य अक्षर बिनी स्रष्टा ज्ञावली कति ।
ज्ञाता छौ लय–क्षन्दका र रसका छन् सार्थ लेख्यौ जति
शैलीमा छ मिठास शिल्प कसिलो देशांश यो ‘नेउची’
यो त्रैकोणिक भावभूषित कला बोल्ने छ आफै बची ।

रामप्रसाद ज्ञावलीका कवित्वको अन्तर्विकासको उच्च प्राप्ति : स्वप्नदृष्टि – शीर्षकमा प्रा.डा.महादेव अवस्थीले यस महाकाव्यको विश्लेषणत्मक भूमिका लेख्नुभएको छ । ‘यो महाकाव्य विषयवस्तुगत रोचकता र कलात्मक सौन्दर्यले ओतप्रोत छ ’ (पृष्ठ क) भन्ने प्रा.डा. महादेव अवस्थीको भावÞ–उद्गारले नै यस महाकाव्यको उच्च मूल्याङ्कन भएको मैले महसुस गरेको छु । प्रा. डा. अवस्थीजीले यस महाकाव्यको अन्य महाकाव्यसँग पनि तुलनात्मक विश्लेषण गर्नुभएको छ जो यस प्रकार छ –‘‘नेपाली महाकाव्यका बारेमा गरिएको अद्यावधिक अध्ययनद्वारा उत्कृष्ठ ठहराइएका र प्रसिद्ध अनि चर्चित पनिरहेका… उपर्युक्त सातवटा महाकाव्यहरू (रामायण, आदर्श–राघव, तरुण–तपसी, शाकुन्तल, प्रमिथस, चिसो चूह्लो र मृत्युञ्जय)लाई महाकाव्यकै विधातचात्तिक प्राप्तिका सातवटा मापक आधार ( सर्गबद्धता, आख्यानयोजना, भावविधान, लयविधान, भाषाशैली, शिल्प, गुणदोष) कसीमा राखी रामप्रसाद ज्ञावलीरचित स्वप्नदृष्टि महाकाव्यलाई तिनीहरूसँग तुलना गरी हेर्दा स्वप्नदृष्टि महाकाव्य छवटा पक्षमा धनात्मक देखा पर्ने तरुण–तपसी, शाकुन्तल, प्रमिथस र मृत्युञ्जय महाकाव्यकै तुल्य देखिन आउँछ ।’’ डा. देवी नेपालले ‘कवि रामप्रसाद ज्ञावली वैयक्तिक अनूभूति : निर्वैयक्तिक शब्दचित्र’ शीर्षकमा डा. रामप्रसाद ज्ञावलीको विविध पक्षमा प्रकाश पार्दै सत्यलाई सूक्तिमा रुपान्तरण गर्न सक्ने, सामान्य भनाइमा पनि जीवन्त दर्शन निर्माण गर्न सक्ने, प्रथमत स्रष्टाव्यक्तित्व, द्वितीयत: द्रष्टाव्क्तित्व र त्यस पछि अन्य व्यक्तित्व, ज्ञावलीभित्र विस्मयकारी प्रतिभाको ज्वारभाटा देख्न सकिने, जोखिमपूर्ण परिवेशमा आफूलाई क्रान्तिवीरका रुपमा उभ्याउन सक्ने, तथ्यपरक र सैद्धान्तिक गहिराइमा पुगेर समालोचना गर्न सक्ने व्यक्तित्व, आफ्ना सिर्जनामा भविष्यवाणी गर्न सक्ने क्षमता, छन्द कविताका पुनर्जारणकर्ता, शास्त्रीय छन्दकवितामा प्रगतिवादी विचारको सम्प्रेषण गर्नमा विशिष्ट योगदान कर्ता, आदि विषयमा सप्रमाण आफ्ना अभिव्यक्तिलाई प्रस्तुत गर्दै महाकाव्यको बारेमा यसरी आफ्ना धारणा राख्नुभएको छ – ‘‘नेपाली महाकाव्य–परमपरामा देवकोटा युग(२००२–२०१६) को दाँजोमा पुग्ने वा त्यसलाई उछिन्न सक्ने महाकाव्यको सिर्जना आजसम्म पनि हुन सकेन भन्ने समालोचकीय मूल्याङ्कनमा अब भने एकपटक सोच्न पर्ने वाध्यत्मक अवस्थाको सिर्जना यस महाकाव्यले गरिदिएको छ ।’’ पुन देवी नेपालले यो महाकाव्य युगिन प्रतिनिधित्व प्रदान गर्ने धेरै आधार भएको धारणा राखेका छन् ।

स्वयम काव्यकारले यो महाकाव्यप्रतिको धारणा यसरी पोख्नुभएको छ – ‘‘…. यो महाकाव्य, नेपाल, नेपाली राष्ट्रियता, स्वतन्त्रता, वर्गीय मुक्ति सामाजिक न्याय र विश्वमानवताप्रतिको मेरो मूल्यबोध र स्वप्नदृष्टि काव्यिक प्रतिविम्ब पनि हो ।’’ वास्तवमा यो महाकाव्यले ज्ञावलीजीको धारणालाई खुलस्त रूपमा प्रदर्शन गर्न सफल देखिन्छ । यो विविधप्रकारका भावहरूले सुसज्जित र शवलरूपमा प्रस्तुत भएको छ । यस महाकाव्यमा के छभन्दा पनि यस महाकाव्यले के प्रदर्शन गर्न छोडेको छ त भन्ने प्रश्नको सहज रूपमा विविध क्षेत्रलाई समेटो छ भन्न सकिन्छ ।

सर्गगत कथासार – डा. रामप्रसाद ज्ञावलीजीको यात्रा–महाकाव्य स्वप्नदृष्टि सत्र सर्गमा संरचित छ । यसमा म कथाको भावसारमामात्र जान चाहन्छु । पहिलो सर्गको शीर्षक पूर्वाभास छ । यस सर्गले तीनवटा सन्देश बोकेको छ । महाकाव्यको मङ्गलाचरणबाट थालनी गरेको पाइन्छ । रामप्रसाद ज्ञावलीले मङ्गलाचरणमा श्रमलाई उच्चत म महत्व दिदै काव्यको थालनी गर्नुभएको छ –

‘गाऊँ सुन्दर गीत उच्च श्रमका –धर्ती बनोस् जग्मग
लाऊँ सुन्दर प्रीति स्वच्छ मनका –बास्ना चलोस् मग्मग
देखूँ सुन्दर जिन्दगी प्रगतिका –मान्छे उठेको सदा
लेखूँ सुन्दर सारपूर्ण कविता –बाँचोस् कला सर्वदा ।

पहिलो सर्ग पृष्ठ ४१

संसारमा श्रमशक्तिले हरक्षेत्रलाई सवल तुल्याउँछ । लोकोत्ति पनि छ जहाँ काम हुन्छ, त्यहाँ राम हुन्छ । महाकविले मङ्गला चरणमा ईश्वरीय भक्तिभन्दा श्रमलाई महत्व दिएर नविन शैलीबाट काव्यको थालनी गरेका छन् ।यसलाई मैले प्रथम महत्वपूर्ण कामको थालनी ठान्दछु ।

दोस्रो सन्देशमा महाकविले कविता र काव्यको महिमा गाएका छन् । कविता शक्तिशाली, सुन्दर, शक्तिमान, मानव मनको मैलो धुनसक्ने, समाजलाई बदल्न सक्ने हुनु पर्ने, कवि पनि दम्भी र घमण्डी हुननहुने, नदी झै डुल्न सक्ने, फलेको बृक्षजस्तै झुक्न सक्ने, पुष्प झै फुल्न सक्ने, स्रष्टा सृष्टि सौन्दर्यको धनी बन्नु पर्ने, लेखनी जीवन्त बनाउनु पर्ने जस्ता अभिव्यक्ति महाकविको छ । तेस्रो सन्देशमा कविले स्वप्नमा पिताबाट अमूल्य जीवन उत्थानको मार्गदर्शन प्राप्त गर्दछन् । मानवले आफ्नो जीवन सार्थक पार्नको लागि प्रयत्नशील रहनु पर्दछ । खानु र फाल्नुमात्र मानव–जीवनको कृया हैन, जन्मको मर्म र कर्मको मर्म मानिसले युवा अवस्थामै जान्नु पर्ने हुन्छ । मानिसको लागि मानव जीवन नै मुख्य हुन्छ । यो जीवनमा मानिसले जीवनलाई सार्थक पार्नु र्पछ भन्ने पिताले कविलाई दिएको सन्देशलाई यसरी अध्ययन गरौं –

मान्छेका निम्तिमा हुन्छ मुख्य मानवजीवन
हार्न सक्दैन मान्छेले बलियो छ भने मन
जसले मनले हार्छ –आफ्नो जीवन हार्दछ
आँतबाट नहार्नेकै बन्छ जीवन सार्थक ।
पृष्ठ ५०

पिताबाट कविले प्राप्त महत्वपूर्ण संदेश–पिताबाट महाकविले अति महत्वपूर्ण सन्देश प्राप्त गर्दछन् । धर्र्तीमा गुडने, आकाशमा उड्ने, बाटो निर्माण गर्ने र स्वयं बाटो बन्ने, नम्बरी सुनजस्तै बन्ने, फूलमा सुनाखरी बन्ने, मागेर मान नपाइने, मान प्राप्त गर्नको लागि चरित्र निर्माण गर्नु पर्ने, कर्म गरेर व्यक्तित्वलाई उच्च पार्नु पर्ने अदि सन्देश पिताले दिदै पुत्रलाई अँगालोमा समेट्दै, पिठ्यूमा धापहान्दै, दुवै आकासमा उड्दै, आफू गएको र छोरालाई सधैं उड्ने सुझाव दिंदा महाकवि सपनाबाट ब्यूँझेको र पिताबाट ज्ञान प्राप्त भएको साथै यो पिताको मूल्यवान मार्गदर्शनले कविको मनमा अमिट छाप परेको धारणा सहित कविले आफ्नो जीवनमा पिताबाट प्राप्त माया, दया, विविध ज्ञानको स्मरण गर्दै, ‘गर छोरा! सम्झना योग्य सिर्जना्’, पिताको साथमा बिताएको जिन्दगीको अभिलेख भएको र पिताबाट प्राप्त मूल्यवान उपदेश यो –

‘‘दुष्कर्ममा जीवनको छ हार
सत्कर्ममा जीवनको छ सार
आउन्न मौका प्रिय बारबार
मौका छँदै जीवन यो सपार ’’

को अभिव्यक्तिको साथमा यो सर्ग समाप्त हुन्छ ।

दोस्रो सर्ग– कविले नौलो निमन्त्रणा शीर्षकमा आफ्ना धारणाहरू राखेका छन् । यस सर्गमा सपना सत्य हो या विभ्रम, विपना भने सत्य र जिन्दगीकेै क्रम हो, आदि जीवन जगतका घटनाक्रलाई विश्लेषण। गर्दै अघि बढेको देखिन्छ । पिताजी बितेको घाउ पनि सुक्न नपाउदै निबन्ध आचार्यले चीन–कोरिया जाने सन्देश लिएर कविको घरमा आउँछन् । कविको जाने जिज्ञासा पाए पछि शंकरभारती (आख्यान लेखक) कविलाई भेट्न कविकै घरमा आउँछन् र कविले सपरिवार जाने इच्छा प्रकट गर्दछन् । सपरिवार जान पाइने जानकारी पाए पछि कविले पनि आफ्नो परिवारसँग कोरिया जाने जानकारी गराउँछन् । यस लेखमा कविले घरका सबै काममा परिवारको सहयोगको कारणले गर्दा लेख्न पाउने र उनका लेखमा परिवारकै समर्पण र प्रेरणा रहेको यथार्थता प्रस्तुत गरेको देखिन्छÞ । कविकै धरणा यसप्रकार प्रस्तुत छं –

‘‘यी मेरा सिर्जनाभित्र उनैको छ समर्पण
मोरा आलोचनाभित्र उनैको चल्छ धड्कन
ठूला सङ्कटमा हल्का पारिदिन्छिन् सधैं उनी
पीडा चिन्ता र आशङ्का टारिदिन्छिन् सधैं उनी ।’’
(पृष्ठ ५९) ।

कवि र उषा पन्थी (कवि पत्नी)बीच खर्च लगायत विविध पक्षमा बातचित हुन्छ र कविले खर्च धान्न सक्ने आश्वासन सहित पत्नी पनि जाने निधो लिने काम हुन्छ । कविले यस सर्गको अन्त्यमा जीवन मार्गमा लाग्ने, कुकर्म त्याग्ने, सुन्दर भावलाई छुने र साधनामा लीन हुने अठोटका साथमा यस सर्गको इतिश्री गरेका छन् । यस सर्गमा कविको जीवनको उत्थानमा पत्नीबाट प्राप्त सहयोगको उच्च मूल्याङ्कन गरिएको छ जो घरयासी सहयोगको एउटा महत्वपूर्ण पक्ष हो जस्ले उत्थान र पतनको मार्गलाई समातेको हुन्छ । यहाँ उषा पन्थीले घरलाई मन्दिरमा परिणत गरेकी छन् र पतिलाई लेखनमा मार्ग प्रसस्त पारेकी छन् ।

तेस्रो सर्ग –बादलमाथि शीर्षक दिंदै आँखाले राम्रा दृश्य हेर्न खोज्ने, जीव्राले रसिला स्वाद फेर्न खोज्ने, गोडाले विश्वयात्रा गर्न चाहने र यो यात्रामा कविका स्नेहिला पात्रपात्रा साथमा भएको धारणा सहित यो सर्गको थालनी भएको छ । विदेशी भूमिमा रम्नको लागि जानलाग्दा घर ८१ वर्षकी आमा (कुन्तादेवी), छोरा ( रोशन) र छोरी(रश्मि)बाट अलगिंदा छोराछोरी लोलाए जस्ता केही हराए झै र टोलाए झै निन्याउरो मुख पार्दै हाँस्न खोज्नु, भित्र भित्रै रोएजस्तो लागे पनि सम्मुखमा नरुनु आदि क्रियाकलापको अवस्थालाई देख्दा कविले पस्केका केही पङ्क्तिहरू –

उदासी तिनमा देखी मन लाग्यो उदासिन !
पोले जस्तो भयो छाती, दुखे जस्तो भयो मन
जब भो छुट्टिने वेला, गाह्रो पर्यो अलगिन !
भारी बन्दै गयो छाती, मुटु लाग्यो छचल्किन !
पृष्ठ ६६

कविले छोराछोरीबाट अलगिने वेलामा पोखेका भावना अति कारुणिक छन् । छोराछोरी र ८१ वर्षीय आमालाई छोडेर जाँदा चिन्ता लाग्नु र विदेशको भ्रमण गर्दा खुसी लाग्नु स्वभाविक हुन आउँछ । यी दुवै को अनुभूतिको साथमा कविले ८१ वर्षीय आमालाई छोराछोरी जिम्मा लगाउँदै कवि (रामप्रसाद), शङ्कर भारती (अगुवा), कवि पत्नी (उषा), उज्जन श्रेष्ठ, उज्जन श्रेष्ठकी पत्नी (कल्पना श्रेष्ठ) र सुमन श्रेष्ठ एएर चाइनाको जहाजमा ह्लासा जानको लागि प्रस्थान गर्दछन् । यिनीहरू ह्लासा पुग्दछन् तर गन्तव्य स्थल छेन्दु भएकोले यिनीहरू ह्लासामा केही समय पर्खनु पर्ने हुन्छ ।

काठमाण्डौको वातावरणीय एक झलक – जहाज चढ्दा कविले काठमाडौँको वातावरणको यथार्थतालाई जोडेका छन् । अस्वच्छ, पानी, बिसौला धुलो र हावा, दुर्गन्ध, फोहोर, बाटाधाटा सबै ध्वस्त, अस्तव्यस्त प्रशासन, सधैं द्वन्द्व, सधैँबन्द, सधैं सन्तस्त्र जीवन, असुरक्षा आदिको साथै कवि आफै एलर्जीवाट पीडित भएको समेत धारणालाई पस्कनु भएको छ ।

जहाजबाट देखिने विविध प्रकारका दृश्यहरूको बर्णन –कवि झ्यालमा बसेर थरी थरीका दृश्यको अवलोकन गर्दै, डाँडा नाघ्दै, उच्चाइमा पुग्दै, धेरै उच्चाइमा पुगे पनि पुन: धर्तीमै झर्न पर्ने अनुभूति पस्कदै, प्रकृतिको वर्णन गर्दै लेख्छन् –

तारा अनन्तमा छुन्छन् चम्किन्छन् पलका पल
धर्ती–आकाशमा घुम्छन् चन्द्रसूर्य समुज्ज्वल
हावा प्राण बनी उड्छ, मेघ उड्छ रुवा बनी
हुस्सु हाँस्दछ जाडोमा, उड्छ सेतो भुवा बनी ।
पृष्ठ ६८

प्राकृतिक प्रेमी कविको प्रकृतिको वर्णन लोभलाग्दो तरिकासँग पस्केको पाइन्छ ।

चिनियाँ परिचारिकाको रूप –जहाज चढ्दा कविको नजर चिनियाँ परिचारिकाको रूप, सुकिलो रङ्ग, कसिलो जिउ, उज्यालो त्वचा, सिस्सी परेकी, सुन्दर आँखा, मृगको जस्तो हेराई, नाचेजस्तो हिडाई, अति मीठासपूर्ण सौन्दर्य वर्णनमात्र नभै कवि आफैमा प्रश्नवाची हुन्छन् कविको दार्शनिक अभिव्यक्ति पनि गङ्गाको भेल बग्दा झै बगेको देखिन्छ । सुन्दरतामा मनमुग्द हुँदाहुँदै पनि बाहिरी दृश्यमा देखिने सुन्दरतालाई उनी सुन्दर ठान्दैनन् । उनको कथन यस्तो छ –

‘‘वासना हैन सौन्दर्य, हैन सौन्दर्य आतुरी
हैन सौन्दर्य उन्माद, हैन सौन्दर्य चातुरी ’’
(पृष्ठ ७१)

कविले एउटी दाँत नभएकी हजुरआमा र सानो नाति बीचको प्रेम भाव, गाइलाई सुन्दर फूलभन्दा हरियो घाँस सुन्दर लागेको तर्कपूर्ण दृश्य अवलोकन गर्दै भन्दछन् –‘‘रुचिछन् जसका जेमा त्यही लाग्छ सुन्दर’’। यति मात्र नभएर कविको सौन्दर्यमा खुसी मिल्नु, सच्चा आनन्द भैदिनु, आफू नबिग्री अरूलाई खुसी दिनु, सौन्दर्य मान्छेको चेतनामा निर्भर रहन्छ, र मान्छेको चेतनामाथि रुचि सापेक्ष सुन्दर रहन्छ । आवरणमा देखिने खुसी जति भित्र खुसी नहुन पनि सकिन्छ भन्दै कवि प्रश्नवाची हुन्छन् –

छालामा देखिने रङ्ग मनको रङ्ग हुन्छ के ?
मुखको सुख – आनन्द भित्री आनन्द हुन्छ के ?
पृष्ठ, ७२

कवि आफ्ना धारणामा अडिग छन् । बाहिरी हाँसो र मनको हाँसोमा पनि कर्तव्यको हाँसो या बाध्यताको हाँसो हुन सक्छ । अनुभूति थरी थरी हुने एउटै घटनामा कोही खुसी हुने कोही दु:खी हुने, प्रत्येक्ष सत्यभन्दा अप्रत्यक्ष सत्य बढी हुने, भोगेको जिन्दगीभन्दा नभोगेको जिन्दगी बढी हुने जस्ता धाराण राख्दै कवि प्राकृतिक सौन्दर्यको वर्णनमा लाग्दछन् । डाँडाकाँडा अति सुन्दर, नक्सा कोरी बनाएका घर देखिनु, झुप्प बस्ती, जताहेरो उतै बाटा, सिर्जनाले मनोहर बनेका खेतबारी, आदि अवलोकन गर्दै कवि ह्लासा पुग्छन् र ह्लासा र जुम्लालाई तुलना गर्दछन् । ह्लासालाई पसिना छरेर सुन्दर बनाएको, विमानस्थलमा मानिस र फोटो चिन्न नसकेको अर्कोको सहयोग लिएर बाहिरिने अनुमति दिएको र विमान स्थलमा छेन्दु जाने जहाजलाई बसी पर्खदा कविका मनमा तरङ्ग उदाउनु, मन चङ्गा बनेर उडनु, पर्खाइमा नौलो तरङ्ग चल्नु कतै अँध्यारो र कतै सुनौलो धारणाका प्रस्तुति सहित यो सर्गको इतिश्री हुन्छ ।

चौथो सर्ग –महाकविको सम्झना र ‘छेन्दु’को तनाव शीर्षकमा प्रतिक्षामा मान्छे घरिघरि अतालिनु, समालिनु, जलसरी छचल्किनु र कविसरह कल्पिन्छ मनमा भन्ने धारणा सहित यो सर्गको थालनी भएको छ । भ्रमण दलका सबै साथीहरू गफमा रमाएका तर कवि भने कल्पनाको उडाइ र भिन्न बोधमा हुनु, मधुरो धुनको आवाज सुनेर तरङ्गिनु, कलाकार ‘बलबाहु’, नायिका ‘भृकुटी’को साथै ऐतिहासिक युद्धका र सन्धि–व्यपारका सम्झना आउनु, ‘मुना–मदनका स्रष्टा महाकवि देवकोटालाई स्मरण गर्नु र उन्को मुना –मदनको कथालाई सम्झनु साथै नेपाली श्रमको व्यथामा मन दुख्नु, सदियौंदेखि नेपालीको पलायन आजसम्म चलेकै छ र कहिलेसम्म चल्ने भनी कविमा चिन्ताले सताउँनु र कवि प्रश्नबाची बन्दै आफ्नो धारणा यसरी पस्कन्छन् –

नेपाली स्वेदको धारा किन बग्छ विदेशमा ?
पसिना–श्रमको मूल्य किन हुर्किन्न देशमा ?
कर्णाली गण्डकी कोसी किन छैनन् स्वदेशमा ?
देश यो किन बस्दैन देश बन्दै मधेशमा ?
(पृष्ठ ८०)

अन्य प्रश्नहरू पनि कविले पस्केका छन् । कहिले युवाको देशमा बस्ने मन लाग्ला, नेपालको भूमि नेपालको जलले कहिले सिँच्ला, ‘कहिले अडिने होला

नेपालैमा हिमाल यो, नेपाल कहिले बन्ला भव्य, शान्त, विशाल ह ’, । कविले यस सर्गमा कटु सत्यलाई पस्केका छन् । ‘देशले पसिना माग्छ, कर्म माग्दछ देशमै !, युवाका पसिना बग्छन् र सुक्दछन् परदेशमै ।’ (पृष्ठ८०)। अस्ति ‘मदन’ले ह्लासा जुन नामले टेकेका थिए, हिजो ‘कान्छा’का नामले भारत जुन कामको लागि टेकेका थिए ‘आज’ कोरिया, मलेसिया, तातो ‘अरब’मा जल्न र ‘अमेरिका’मा दास बन्न जाँदै छन् भन्ने कविको धारणा यथार्थ परक छ ? आज नेपाली, विश्वका कुना कुनामा पुगेका छन् । यसरी छोराछोरी जाँदा पनि माता पिताले गर्व गर्दछन् । तर आफ्नो स्वाभिमान रोएको र चिनारी मासिदा पनि के को गर्व गर्ने भन्दै कविले आफ्नो तर्क यसरी पेश गर्दै भन्छन् –

‘‘बाध्यताले गएका हुन्, दासता यो हुँदैन कि ? ’’
‘‘स्वाभिमानीहरूलाई बाध्यताले छुँदैन कि ? ’’
( पृष्ठ ८१)

कविले नेपालीहरू रहरले नभै वाध्यताले देशबाट विदेशीन, विकल्पको खोजीमा, चारो खोज्न, अर्काको नोकर हुन नचाहादा नचाहादै, देशले रोजगारी दिन नसकेर र्गएको धारणा यहाँ समेटिएको छ ।

यस देशमा राणाकालदेखि पञ्चायती प्रजातन्त्र, गणतन्त्र, लगायतका राजनीतिक परिवर्तन भए तर राष्ट्र र जनताको जनजीवनमा परिवर्तन आउन सकेन । प्रजातन्त्र र स्वतन्त्र नाममात्रैका बनेका छन् । गरिबी र परतन्त्र जस्ताको त्यस्तै रहेको छ, वर्गीय खाडल बढ्दै गएको, भोकरोगहरू, गरिबी हटाउनको लागि युवा युवती विदेशिने तर बाकसमा लास आउने र चेलीहरू बलात्कृत भएर फर्कने, देश रेमिटेन्सले चलेको, नेताले राजनीति गरेर बुकुर्सी मारेर बस्ने, नेताले नै कोसी, काली र गण्डकी सुम्पिएका र लाज पचाउँदै ‘राष्ट्रियता’का बारेमा बोल्ने, आफ्नै स्वार्थखातिर लड्ने, जनतातिर नहेर्ने, राष्ट्रघात गर्ने जनता मार्ने जस्ताबाट देशलाई मनोहर पार्न नसकिने र सुन्दर बनाउन नसकिने, देशको शिर उठाउन जनता आफै उठ्न पर्ने भयो, विदेशमा बगेका श्रमको कथा र भोकले तडपिँदै मर्न लागेका नेपालीको व्यथालाई सम्झेर सोचेर दुखेर कविका आँखाबाट तप्प तप्प गरी नूनिलो आँसु तप्केको धारणा यहाँ समेटिएको छ । जाने समय भएकोले सबै चिनतिर प्रस्थान हुन तयार हुन्छन् । कविले महाकवि देवकोटालाई सम्झिन्छन् । ह्लासाभित्र महाकविको प्रतिभालाई उच्च धरोहर सम्झेर शालिक राखिएको ठान्छन् र मनमा विम्ब भएर देवकोटाको छवि आयो भन्दै कविले महाकविप्रति धारणा राख्दछन् –

‘‘मूलको भूलभूले पानी, शारदी पुष्प–सौरभ
कल्पनाका महाखानी, नेपाली काव्यगौरव
हिमाली शिर, नेपाली काव्यका मुख्य सारथी !
नेपाली कविता विम्ब देवकोटा महाकवि ! ’’
पृष्ठ ८४

महाकवि काव्यका फूल, भावका मूल, तिर्खालुको तिर्खा मेट्ने झर्नाका मूल नेपाली काव्ययात्राका सुगन्धी फूल भन्दै महाकवि देवकोटाका योगदानलाई प्रष्ट पारिएको छ । देवकोटाका शालिकलाई र तिब्बतमा बसोबास गर्ने नेपालीले संरक्षण गरेको नेपाली संस्कृति, ह्लासाको ‘पोताला दरबार’ आदिलाई हेर्न र अँगालोमा वेर्न नपाउँदा कविको चित्त दुखेको धारणा पनि समेटिएको छ ।

यात्रा गर्दा यात्रीले दृश्य सहित जिन्दगी हेर्न सक्ने, जीवनका मर्मलाई बुझ्न सके जिन्दगी फेर्न सक्ने, ‘धर्ती’ र ‘कृति मान्छेका ’ ज्ञानका स्रोत हुन र स्रोतलाई उपयोग गर्न सके मानिस सुन्दर बन्न सक्ने धारणा पनि कविले पस्केका छन् ।

ह्लासाको सुन्दरता हेर्न नपाए पनि नेपालका लेखकहरू रमेश खकुरेल, तुलसी र रमाशर्मा, पराजुली, खनाल, गोतामे ध.च.ले ह्लासाको बारेमा लेखेको कविले स्मरण गर्दछन् ।

ह्लासाबाट यात्रादलका मित्रहरू छेन्दु पुग्नु, ९ घण्टा बस्नु पर्ने भएकोले नेपालबाटै पाएको होटेलको सुविधा लिन ‘भारती’ंले प्रयास गर्नु तर होटेलवालाले नमान्नु नेपाली विद्यार्थीको सहयोगले होटेलमा बस्न पाउनु र चार बजे उठेर चिनको केन्द्रविन्दुमा पुग्न जहाजमा गएर उडान भरेको धारणा आएको् छ ।

चिनियाको भााषा प्रेम किन ? – कविले चिनियाहरूले आफ्नै भाषा बोल्नमा गौरव गर्दछन् किनकि विश्वव्यपारमा चीन केन्द्र बन्दै गएको छ र व्यपारमा विश्वभाषाको आवश्यकता पर्छ तापनि चीनले आफ्नै भाषालाई विश्वभाष बनाएर शक्तिशाली भएर अघि बढ्न चाहन्छ । चाइनिजहरूले अरू भाषा जान्नुभन्दा पनि आफ्नै भाषामा गौरव गर्छन् । विश्वको एक चौथाई जनताले चिनियाँ भाषा जान्ने र यिनीहरूसँग भाषा भाषीहरू पनि धेरै भएको हुनाले आफ्नो भाषालाई नै शक्तिशाली बनाउन चाहन्छन् ।

जहाजबाट कविले प्राकृतिक सौन्दर्यतालाई अवलोकन गर्दछन्, आकाशबाट हेर्दा जीवन भव्य भएको र नगरी सफा रहेकोले, मानिस सभ्य भएको, चीनको विकास देख्दा अचम्म लाग्ने, विमान स्थल काठमाण्डौ जत्रो लाग्ने, जहाज रोकिन पनि समय लाग्ने, कतै फोहोर नभेटिने, अनौपचारिक यात्रा भएकोले कोही स्वागत गर्न नआएका, र सबै व्यवस्था आफै गर्न परेको । चीनको विकासमा कवि छक्कै परेकाले तपशिलका अभिव्यक्ति सहित यो सर्गको इतिश्री हुन्छ –

जब सब जनताले कर्मकै धर्म गर्दछन्
पुरुष र महिलाले एक भै कर्म गर्दछन्
श्रम सिप र कलाले सृष्टि–सौन्दर्य छर्छन्
तब न मुलुक उठ्छन्, विश्वÞ–नेतृत्व गर्छन् ।
पृष्ठ ९४

पाँचौ सर्ग –भाषासङ्कट र चमत्कार शीर्षक दिएर राजधानी पस्दा कविमा, मान्छे विकसितपनका कस्ता होलान्, ठाउँ, बोली, प्रणयत, गाउँ, आस्था, मुलुक र मतका, धर्म कस्ता होलान् भन्ने, जिज्ञासा बढेको धारणा सहित यस सर्गको थालनी गरिएको छ । यस सर्गमा भाष नजान्दा लाटाजस्तै बन्न परेको र सुमनका साथी बेजिङमा बस्ने भएकोले उनको सहयोगले बल्ल बल्ल बासको व्यवस्था भएको, चीनमा होटेल, ट्याक्सी, ‘भोग’ ‘उपभोग’ सबै चिजमा मोलतोल हुने, ग्रेटवाल हेर्न हिड्दा बाटोमा ठूला अग्ला घर तर भूकम्पको डरमान्न नपर्ने, अनेकौं लेनका बाटा, हजारौं गाडी हुलका हुल हिड्दा पनि जाम नहुने, बाटा माथि पुलैपुल, धरती मुनि सुरुङबाट मानिस हिड्ने, रेल पनि सुरूङ्बाट हिड्ने, बाटा सफा, कत ै दुर्गन्ध नफैलिने र राम्रो व्यवस्थापन भएकोमा कविले नेपाल भूमिमा यस्तो कहिले होला भन्ने प्रश्न आफैमा राख्दै कविले त्येस देशको व्यवस्थापनको बारेमा लेख्छन् –

‘‘मान्छे पद्धतिमा चल्छन्, ऐनको हुन्छ पालना,
चल्छन् कानूनमा सारा व्यवस्था, अनुशासन
सवा अर्बबढी मान्छे बस्दछन् यस देशमा
ऐतिहासिक यो लाग्छ मान्छेको इतिहासमा ।’’
पृष्ठ१०१

यहाँका जनतामा समृद्धि देखिने, जताहेर्यो उतै्र भव्यता, विकासवादको बाटो

समाउनुको साथै समाजवाद र पुँजीवादतिर लम्कदा केही विकृति भित्रिएको जस्तो कविलाई लाग्दछ । तरुनीहरूले तिघ्रा नग्न देखाए पनि छाती भने ढाकेको कविले देख्दछन् र कविले तर्क गर्दै भन्दछन् कि सभ्यता लुगामा निर्भर नहुने, उदात्त चेतनाबाट सभ्यता सुन्दर बन्ने, नाङ्गाजोगीहरूले शिष्टचार छरेका र जिउ ढाक्नेहरूले व्यभिचार गरेका, मनमा पाप नभएका र शुद्ध–मनोहर नाङ्गा बालकहरू, उज्ज्वल र सुन्दर देखिने, सही बोध र सकरात्मक सोच भएमा व्यभिचार बढ्दैन त्यसो हुँदा चिनियाहरू सभ्य नै लागेको कविको धारणा छ । सभ्यता र सुन्दरतामा कविले धेरै धारणाहरू पस्केका छन् । सच्चा सौन्दर्य के हो त कविकै उद्गारलाई अध्ययन गरौं –

सच्चा सौन्दर्य त्यो नै हो जसमा हाँस्छ जीवनी
फक्रिन्छर कहाँ मायाविना मानव – जीवनी ?
पृष्ठ १०२

कविको सभ्यताप्रतिको धारणा –कविको धारणा छ सभ्यता मान्छेको प्रेम–वागमा फुल्छ, मान्छेको सकरात्मक सोच भनेको सभ्यता हो र नकरात्मक सोच भनेको तुच्छता र रोग हो । सकरात्मक सोच, योजना, दृढ इच्छा, प्रचार, श्रम, साधना, सङ्कल्प, विचार अनुशासन ऐन–कानूनको सही प्रयोगको् कारणलेनै चीनको विकास र जनताको उच्च जीवन जग भएको धारणा आएको छ ।

चीनको ग्रेटवालको अवलोकन–चीनको ग्रेटवालमा कविको टोली पुग्दछन् यो निकै ठूलो, मानिसकै सिर्जना, चिनको पहिचान, मानिसकै अभियान, यसलाई छुनको लागि केवुलकारमा सवार, केवुलकारबाट हेर्दा, वन, फलहरू, जङ्गलमा तरकारी लगाएको विविध प्राकृतिक दृश्यको अवलोकन गर्दै ग्रेटवालमा पुग्नु, ग्रेटवाल भयावह देखिनु, कसरी निर्माण गरिए होला भनी आश्चर्य लाग्नु, मोटर हिड्न मिल्ने सुन्दर दुर्गको ढोका जत्रो गारो दुवैतिर लगाएर माझमा मनोहर ढुङ्गेबाटोको निर्माण, बाटोमा खान बस्नहुने घर, लाखौं सैनिकलाई खान बस्न हुने गरी बनाइएको, हावा पानी, भूकम्प आदिले यस्लाई बिगार्न नसक्ने, यो वाल बनाउँदा, सामाग्री कति आवश्यक परेहोला, मानिसको विविध प्रकारले कति क्षति भए होलान्, श्रम–शोषण कति भए होला । आदि विविध तर्कनालाई कविले सरल सहज तिरकाले पस्केका छन् र यसमा कविको अभिव्यक्तिलाई कविकै शब्दमा पस्कन मन लाग्यो –

यौटा शासकको इच्छा पूरा गर्न भनी कठै !
लाखौंले जिन्दगी अर्पे, मरे हुन् कति व्यर्थमै !
सम्पूर्ण देशमा मान्छे काम छाडी सबै अरू
तानाशाह खुसी पार्न बनेछन् अग्निमा चरु
पृष्ठ १०७

यस सर्गमा यस्तो काम गर्नु त्यति वेला निर्विकल्प थियो, मङ्गोलियाका शत्रु राज्यविरुद्धमा सत्तारक्षा गर्नका लागि यो वाल वनेको, तर यो निर्माण गर्दा धेरै मानिस मरेको, यसभित्र चिहान रहेको, यो अहिले विश्वका निम्ति चमत्कार भएको, वास्तवमा मान्छेकै निम्ति मान्छेले मानिस मार्ने मर्ने, मान्छेलाई मान्छेबाटै डरलाग्ने, मानिसले धेरै चीजलाई नियन्त्रणमा लिए पनि आफै अनियन्त्रित भएका छन् ।

ग्रेटवाल बनाउँदा आफै समर्पण भएकाहरूको नामलिष्ट त छ तर कस्ले हेर्ने ।इतिहासले त शासकमात्र सम्झन्छ, श्रमको, धनको भक्ति, बल, बुद्धि र विचारको चमत्कार हेरेर कविको भ्रमणदल फिर्ता भएको धारणा राख्दै कविले श्रमलाई अति उच्च सम्मान दिंदै लेख्नुहुन्छ –

परिवर्तन जीवनको कर्म हो
त्यसको जग उच्च परिश्रम हो
श्रम मानव –जीवनको धन हो
श्रम जीवनको पनि जीवन हो
पृष्ठ १०९

उपरोक्त अभिव्यक्ति सहित यो सर्ग यहीं समाप्त हुन्छ ।

छैटौं सर्ग – माओको देशमा शीर्षक दिएर प्राणीमध्ये मानिस सबैभन्दा चतुर, चेनाले बनेको, दुनियाको लागि बाटो खनेको र मान्छे नै हरपल नयाँ जिन्दगीमा बनेको भन्दै यस सर्गको थालनी भएको छ ।

तियानमेन चोक–चीनको तेस्रो दिनको यात्रामा ‘तियानमेन चोक’मा माओको शव हेर्नु जाँदा हजारैंको भीड लाममा मानिस बसेको देख्दा नेपालमा मायो मान्दैनन् चीनमा अब भन्ने सम्झना आउनु कविले आफ्ना भावना यसरी पोख्छन् –

भन्दथे नेपालमा –माओ मान्दैनन् चिनिया अब
थाहा छैन कसैलाई माओको के छ गौरव
पृष्ठ ११४

तर माओप्रति अगाध श्रद्धा बोकेर हातमा फूलगुच्छा लिएर शव दर्शन गर्न लाखौं लाख मानिस गएका र माओको ‘शव’ शक्ति तीर्थ स्थल बनेको कविको मनमा नेपालमा सुनेको भनाइको संशय हटेको साथै लुम्बिनीमा बुद्धको, पशुपत्यमा हिन्दूको, मक्का र मदिनामा इस्लामको जस्तै चिनियाँनिम्ति माओ त्से तुड’ प्रिय, यसमा कविले माओ निरपेक्ष र शाश्वत नभए पनि चीनका लागि भने यी बिरासत नै हुन् भन्ने ठहर रहेको र माओको मार्ग दर्शनबाटै पछिका विकासले अग्रसरता लिएको धारणा आएको छ । माओको शव सिसाभित्र राखिएको हेर्दा ओजस्वी, हिउँझै सफा, चम्किलो अहिल्यै बोल्दाझैंको अनुहार र ज्युँदोजस्तै बनाइएकोमा आचर्यता प्रकट गरेका छन् कविले । यहाँ कविले धेरै धारणाहरू समेट्ने प्रयास गरेका छन् –उत्कृष्ट मानिस, र त्यागीहरू मरे पनि बााच्ने, अकर्मण्यहरू र अत्याचारीहरू पत्थरका टिलो मरेपछि बाँच्न नसक्ने धारणा, तियामेन चोकको अग्लो स्तम्भ हेरेको भव्य बाटिका पुष्पको सौन्दर्यता, स्वच्छ फोहोरा, पुष्पबाट अग्ला स्तम्भको निमार्ण, आदिको अवलोकन गरिएको वर्णन गरिएको छ ।

‘फर्बिडेन सिटी’को अवलोकन– यस सहरमा हजारौं कलाशिल्पले भरीपूर्ण दरबारका छाना ्एकै समान मन्दिर जस्तै, सीमा चट्टानी परखालले घेरिएका किल्लाहरूको निर्माण यसमा सत्ताधारीहरूले भोज र मोज गरेको तानाशाह, ठूला राजा दम्भी राजकुमारहरूले रानी तथा वेश्यालाई भोग्नु, जति भित्र पस्दै जाँदा जिज्ञासा जाग्ने र आशचर्य लाग्ने, विलासका कथाभित्र नगन दुर्गति आदिको वर्णन गरिएको छ ।

ग्री्रस्न दरबारको अवलोकन– यो ठाउँ पनि ठूलो हुनु त्यहाँ पोखराको तालजस्तो ठूलो ताल हुनु, यो ताल देखी कविलाई माछापुछ«े र पोखराको स्मरण हुनु, यो तालमा डुङ्गा चल्नु यो ठूलो दरबार हावा खान, मजागर्न, बैंसालु तरुनी भोग्नको लागि बनाइएको र राजाका सयौं सुन्दरी श्रीमती भएको वर्णन । हेभेन मदिरको अवलोकन–विशिष्ट शिल्प, भव्य कौशल, ढुङ्गाका चकटीमा सुदर बुटाहरू कुँदेर, ठुलो जङ्गलमा, विशाल क्षेत्र घेरेर, कलाले सुसज्जित भव्य मन्दिर बलबाहुको कलाकौशलको अवलोकन भएको । कवि यस मन्दिरको कलाकौशल अरनिकोबाट निर्माण भएको भनी भ्रममा परेको धारणा आएको छ ।

मथिका विविध स्थलको भ्रमणपछि सबै होटेलमा फर्कनु कविले आफ्नी पत्नीको यात्रामा देखाएको, जीवनमा उनीबाट पाएको सहयोग, उनमा भएको धैर्य, लगनशिलता, भित्री सौन्दर्यमा रमाउने देखावटी कर्ममा विश्वास नगर्ने, सम्पूर्ण गृह्यकार्यलाई सम्हाल्ने यस्ति कर्मशिलनारीलाई मृगले कस्तूरी आफ्नै नाभिमा भएको ्जानकारी नभएझै पत्नीको गहन भावनालाई पहिचान गर्न नसकेको जस्ता धारणाको साथै भ्रमणदलका साथीहरू आपसी बातचितमा रमाएका र कविले बृद्ध आमा र छोराछोरीको यादमा डुबेको र निदरी प्रिय कामिनीले सुत्ने सन्देश दिएको साथै यस सर्गको यसरी अन्त्य भएको छ –

स्वप्न–सुन्दरी प्रेममा परी
भेट्न आउँछिन् स्वप्नझै गरी
स्वप्नवागकी कल्पना–चरी
मुस्कुराउँछिन् प्रेमिकासरि
पृष्ठ १३०

सातौं सर्ग–उत्तरकोरियातिर शीर्षकमा उमङ्ग चम्किदै, तरङ्ग रङ्गिदै उदात्तभावको नयाँ प्रभाव सङ्लिदै थियो साथै चीनलाई बुझ्ने अनन्त कामना अँझै थियो तर यात्रीको मार्ग सधैं हतारमा थियो भन्दै यो सर्गको थालनी भएको छ । यस सर्गमा पनि विविधतालाई समेट्ने प्रयास भएको छ । विमान स्थलमा पुग्दा ‘अशोक’ र उनका साथी माणिक लामासँग भेट र परिचय लिने काम, अशोक(पत्रकारितासँगै राजनीति गर्ने) भने कविका पुरानै वर्गसङ्घर्षसँगै गरेका मित्र । सबै कोरिया नै जाने उद्देश्यलेसँगै उडेको विवरण आएकहो छ ।

विमानबाट देखेका विविध दृश्यको वर्णन – सत्रुबाट सयौंपल्ट छिया छिया पारे पनि आत्माभिमानको साथमा बाँचेको कोरिया गाउँ टाकुरामा भिन्न प्रकारको लाग्ने, आकाशबाट हेर्दा पनि सबैतिर खेती भएको, सम्म ठाउँमा साना सहर, नदीमा बाँध, तलाउ, नदीनाला झर्ना, बेंसीतिर खेती, टाकुरामा जङ्गल, झुप्प झुप्प बस्ती, कलमी गरिएकाजस्ता घर घरको बीचमा खाली ठाउँ, सामूहिक झैं लाग्ने खेती पाती र कारखानाहरू, उर्वरक माटो आदि विवरण्न प्रस्तुत गरिएको छ ।

प्योङ्याङ विमानस्थलमा उत्रेपछि – विमानस्थल ठूलो भए पनि जहाज पनि थोरै र भीडभाड पनि कम र सुरक्षा जाँच कडा, बाहिर निस्केपछि दुई गाइडका साथमा चवालिस तले होटेल कोरियामा पाहुनाको रूपमा एकतिसौ. तलामा बास बसेको ।

कविले कोरियाको बारेमा नेपालमा सुनेका कुराहरू– गणतान्त्रिक कोरियामा तानाशाही व्यवस्था भएको, जनता सबै दास, दासताको कारणाले गर्दा जनता भिखारी सरह परतन्त्रमा बाँचेका छन् । प्रजातन्त्र छिया छिया परेको छ । अमेरिकाकालागि यो शिरदर्द बनेका, े अमेरिका, जापान र पश्चिमी देशहरूले यसको वदनाम गराएका छन्, समाचारहरूले पनि यस्तै नकरात्मक समचारहरू दिने गरेको सुनिएको तर ‘कोही भन्थे –छ त्यो सारा विश्वनिम्तिरहस्यको ।’ यी सब सुन्दा कविमा तर्कना उठ्ने जीवन कसरी बाँचेको होला भन्ने प्रश्नचिन्ह खडा हुने गरेको थियो ।

बाटोमा हिड्दाका देखिएका दृश्यहरू – चिल्ला बाटाहरू, अग्ला अग्ला घर, मान्छे चि।टिक्क परेका, फुर्तिला राम्रा सभ्य, शिक्षितजस्ता लाग्ने, र भिखारी आदि नभेटिएको धारणा कविले पस्केका छन् ।

सुत्ने बेलामा टिभी खोली हेर्दा देखिएका चित्रहरू– टिभी खोल्दा अचम्मका दृश्य र अचम्मकै छवि देखिएको धारणा यसप्रकार छ –

मान्छे चिच्याउँथे, हाँस्थे, उफ्रन्थे, मुस्कुराउँथे
मुठी उठाउँथे, चर्को स्वर गर्दै कराउँथे
अधिकारीसँगै बस्थे मञ्चमा ‘किम जोङ उन्’
जयकार थियो चर्को, चाहन्थे उनले सुनून्
पृष्ठ १४३

यो जयजयकार हजारौंको चल्दथ्यो, यस्तो अचम्मको आत्मविश्वास सम्मान र आस्थाको परिदृश्यको अवलोकन कविले कहीं देख्न नपाएको र यस्तो सम्मान राजाले पनि नपाएको धारणा राखेका छन् ।

कोरियाका समाचारदाता र समाचार नेपाली समचारदाता र समचारको तुलना –नेपाली मिडियाभन्दा भिन्न लाग्नु, समचार सिर्जनाको लागि हुनु पर्ने, शत्रुकानिम्ति चुनौती पूर्ण, मित्रका निम्ति विचारपूर्ण, मान्छेलाई उत्पेरित गर्ने, निराधार र दुष्प्रचारका हुन नहुने सकरात्मक र राष्ट्रनिर्माणमा लाग्न सुर्याउने खालका, विद्यार्थीको लागि ज्ञान विज्ञानका सन्देश प्रदत्त, युवायुवतीलाई स्वाभिमानका सन्देश, सम्पूर्ण जनतका निम्ति निमार्णका कुराको साथै श्रम–सौन्दर्यका पाखुराका सन्देश प्रवाह गर्ने खालका समाचार हुनु पर्ने र कोरियामा यस्ता समाचार भएकोले कोरियन मिडियासँग सिक्न सकिन्छ भनिएको छ ।

वास्तवमा कविले, कुनै पेसा र कुरा आफैमा राम्रा र नराम्रा हुँदैनन्, राम्रा र नराम्रा हुने त रुचि या स्वार्थका कारण हुन् भन्दछन् । पत्रकार कोही देशकालागि मर्ने र कोही देश टुक््रयाउनेतिर लाग्ने कसैले पैसाको लागि पत्रकारिता गर्ने, आन्दोलन उठाउने र आन्दोलन डुवाउने काम पनि पत्रकारबाट हुनेजस्ता धारणा आएको छ ।

सकरात्मक सोचको आवश्यक्ता –हुनत यहाँ स्वतन्त्रता, कस्तो छ जनता के सोच्छन्, न्याय–कानून कस्ता छन्, श्रमका धुन कस्ता छन् यस सम्बन्धमा कविलाई थाहा नभएको तर टिभी हेरेपछि कविले सकरात्मक धाराणा पस्केको किनकि सकरात्मकताले सुन्दर चिन्तन दिने र नकरात्मकताले कष्ट दायक जीवन बनाउने साथै सभ्य सौन्दर्य बोधले मानिसको जिन्दगी बन्छ भन्ने कविको ठहर छ ।

प्योङ्याङ्को टिभी हेरेर प्रेरणा लिएर सुत्न थाल्दै कविले मानिस निर्बन्ध भएर सुत्छ, बन्धन निद्रामा हुँदैन, अन्धतामा सुत्ने–उठ्ने नै बन्धतामा पर्ने हो । चेतनामा सुत्ने–उठ्नेको जीवन वेदनामा पर्दैन अभिव्यक्तिको साथमा यो सर्ग समाप्त हुन्छ ।

आठौं सर्ग –परिचय शीर्षकमा

नचिनिनु के हो ? चिनिनु के हो ? भन भन के हो चिन्नु जन ?
रचिइनु के हो ? नरचिइनु के हो ? मन मन सोची बस्छ मन
हलचल चल्छन् मन मन फल्छन् क्षण क्षण चल्छन् तर्क अति
छलफल गर्दै अघि अघि सर्दै कलरव गर्दै चल्छ मति ।
पृष्ठ १४९

उपरोक्त धारणा राख्दै यस सर्गको थालनी भएको छ । यस सर्गमा विश्वव्यापी सभामा सहभागीहरू बीच परिचय गर्ने काम हुन्छ । सङ्कर भारतीले अगुवाको हिसावले चिनारी गराउँदै जान्छन् र कविको पनि चिनारीको पालो आउँछ ।

कविले दिएको चिनारी – कविले पनि परिचय दिने अवसरको खोजीमा बस्छन् । समय पाउँछन् र आफ्नो परिचय यसरी दिन्छन् – जहाँ सौन्दर्यले भव्य सौन्दर्य पाउनु, सङ्गित झुक्दै्र सङ्गित सिक्न आउनु, कलाकार कलाबन्दै रमाउनु, अशान्ति र पीडा हराउनु, विश्वलाई सगरमाथाले निहार्नु, माछापुछ«े र फेवाले सृष्टि सुन्दर पार्नु, लुम्बिनीले दियो बाली शान्ति फिजाउनु, गण्डकीले सुख्खा घाँटी भिजाउनु, जानकी र्भकुटी पाएर संस्कृति फुल्नु, चन्द्र सूर्य आएर झण्डामा नित्य खुल्नु, मान्छेले मान्छेको प्रेम पाउनु, सबै जाति सबै धर्म –क्षेत्रका लागि ठाउँ भएको, ठाउँ ठाउँमा उपत्याका बनेका, श्रम र शिल्पका कथाले सम्वेदना छर्नु, पीडामा दु:खमा मुस्काउने, शत्रु होस् या बैगुनीलाई मानिसले सघाउँने, कृति र प्रकृतिका लाखौं संस्कृति भएको, लाखौं सभ्य संस्कृतिका धनी जिन्दगी भएको, संस्कृतिक र भाषामा भिन्नता धेरै भएको, अनेकताभित्रै एकताको संस्कृति भएको, सेता कमलझै खुल्ने हिमाल भएको, राता कमलझै फुल्ने मठ मन्दिर भएको, अँध्यारो रात हुन नदिने हिमाल भएको, दिनैपिच्छे मनाइने चाडपर्वहरू, मधेशी, पर्वते र हिमाली एकै पविार बनेर बस्ने, हिन्दू, बौद्ध, इसाई र मुस्लिमले एउटै लहरमा खानु र आत्मीय जीवनीमा बाँच्नु, हिमाली जलधाराले जीवन पाउनु, चराले उन्मुक्त पाराले गीत गाउनु, प्रेमका मुजुरा लाखौं पलाउनु, सातै रङ्ग समेटेर इन्द्रेणी मुस्कुराउने, फेवातालरूपी एैना हेरेर हिमाल हाँस्ने, रारालाई हेर्दै अरूणोदय हुनु, चन्द्रमाले गोसाइँ कुण्डलाई चुम्छ र विद्वेषको मललाई प्रेमको जलले धुन्छ, स्वर्गद्वारीले पाहुनाको स्वागत गनर्, े रुरुक्षेत्रले प्रेम –संस्कृतिको रस छर्ने, शालिग्राम कालिको धारमा गुड्ने, विहारहरूमा ज्ञानद्वार खुल्ने, स्वय म बुद्धले शान्तिको दीप बाल्ने, खोला, नदी, नालाले मैलो पखाल्ने, सौरभ विश्वमा श्रमिकका गन्ध छर्छन् सुनौला परिदृश्यमा सुन्दरता खुल्नु, प्रेमगाथाले बैरीका दल हार्ने, वीरगाथाले आङ् जिरिङ्ङै पार्ने, धीरतादेखी अधिरता हराउनु, वीरता देखी महावीर डराउँने, भानु–मोती, लेखनाथ फुल्ने, देवकोटा भूपीका साथ विश्वमा डुल्ने, पारिजातहरू स्वाभिमानमा वागमा फुल्ने, कृष्णसेनहरू त्याग र बलिदानमा डुल्ने, गङ्गालाल मर्दै देशका लाल बन्ने, दशरथ दियो बन्दै क्रान्तिका द्वार खन्ने, शुक्र–धर्महरू न्यायकानिम्ति लड्ने, योगमाया न्यायकानिम्ति समूहमा मर्ने, कृष्णलाल मकैको खेती गर्ने, क्रान्तिकारीहरू बलिदान हुने, साम्राज्यवादकासामु कहिल्यै नहार्ने इतिहास भएको, धारणाको साथमा कविले सारा देशको गौरवमय धार्मिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, भौगोलिक सांस्कृतिक प्राकृतिक, वीरता, धीरता, आफ्नो, देशको, परिवेश आदि विवरण समेट्दै तपशिलका चार लाइनसँगै आफ्नो परिचय दिन्छन् –

जहाँ हुन्छ सधैं माग न्यायको सयका सय
प्रेमको स्नेह–मायाको जहाँ हुन्छ सधैं जय
संसारभरमै पैले उदाउँछन् जहाँ रवि
म त्यही देशको मान्छे, , म त्यही देशको कवि
पृष्ठ १५३

आफैले दिएको परिचयमा मनको असहमति–मनले कविलाई –

असन्तुष्ट बनी किन्तु उम्लिन्थ्यो मन बेसरी
उपहास निकै गर्थ्यो, भन्थ्यो व्यङ्ग्य गरी गरी –

कुरा बनाएर भनिएका छन्, नेपाली छौं महान्, श्रीहीन देशको मान्छे विदेशीलाई ढाट्न सक्ने, गर्वहीन, छिनछिनमा सयौं मानिस हताहत हुन्छन्, इतिहास भजाएर वीरता बाँच्ने, धाकले अधिरता नबाँच्ने, युवायुवतीका पसिना विदेशमा बग्ने, बुढाबुढी, लुला, बाला सन्त्रासमा बाँचने, सांसद सदनमा सुत्ने, सुत्केरी बनेर भत्ता खाने, सबै काममा भ्रष्टचार हुने, , नेता गुण्डाका टाङका मुनि छिर्ने, लाखौं सम्पदा क्षत–विक्षत, राजनेताले परदेशको गुलामी गर्ने, सामन्ती अवशेषमा राज्य चल्ने, चेलीवेटी, प्रहरी, सेना असुरक्षित, न्याय दिने ठाउँ नै अन्याय गर्नमा व्यस्त, स्वय म न्याय त्रस्त, भयभित र भ्रष्ट छ, विदेशीको अनुदानमा बजेट ल्याइने, सरकारी संयन्त्र लुट्ने र घुस खाने, विदेशिनको लागि शिक्षा दिइनु, स्वतन्त्र साहित्य हुर्कन सक्दैन, बुटीहरू दिवेश सित्तैमा पठाइने र महगा औषधी मगाइने, गरिबलाई बाँच्न गाह्रो, दुष्टहरू रमाउने, कर्मचारी अकर्मका भकारी, धर्मधारीहरू अधर्मका भकारी, शिक्षा–संस्कृति–स्वास्थको सफा नीतिको अभाव, जनतानिम्ति राज्यको उपस्थिति नहुनु, यातायात र देशका सीमा असुरक्षित, नदीनाला बन्धकी परिवेशमा रहेका, साथै ‘जहाँको देशनै छैन स्वय म आफ्नो स्वदेशमा’, जातमा भेद, झगडा, देश टुक््रयाउने खेल, संवेदनाहीन, विद्यार्थीका संघ पार्टीका हनुमान र चन्दा असुल्ने, वर्गीय मुक्तिका ठेक्का लिने पार्टीहरूचन्दा आतङ्कका धनी र लुट्नमै धुत्नमै व्यस्त, छिमेकी दु:खमा पर्दा छिमेकी हाँस्ने, वेदना विपत्तिमा संवेदना छैन, दु:खी आहतको लागि आएको सबै राहत बाँड्नेले नै खाने, इमानदारले गरेर खान नपाउने, कामको लेखाजोखा छैन, धुस्यहाँ भ्रष्टले नेतृत्व, गर्ने, ‘जलभण्डार बोकेर जहाँ प्यासी छ मानिस ! अन्नभण्डार बोकेर जहाँ भोको छ शासित ! हावाभित्रै बसी मान्छे लिन नि:श्वास बाध्य छ ! बिरामी मात्र छन् मान्छे, खाद्यबस्तु अखाद्य छ ! ’, रातारात किर्ते कागज बनाएर अर्काको जग्गा बेच्ने जाली र दुर्मुखा छन् जहाँ स्वतन्त्ररूपमा गला खुल्न पाउँदैनन्, असहाय बनेर कलाहरू रोएका छन् आदि यस देश र जनताले भोगेका, नेतृत्वपक्षले गरेका विकृति विसङ्गतिलाई केलाउँदै मनले कविलाई प्रश्न गर्दछ –

सकेको कसरी तैँले यसरी ढाट्न खोक्न है ?
सकेको कसरी तैँले गर्व गर्न असत्यमा ?
झुक्याएर सबैलाई किन सच्चाइ मार्दछस् !
तँलाई लाज लाग्दैन ? दिउँसै रात पार्दछस् !
पृष्ठ १५६

परिचय र मनको धारणामा कविको स्वमूल्याङ्कन – वास्तवमा परिचयमा कविले पोखेका उद्गारहरू असत्य नै हुन् भन्न मिल्दैन । जे भनिएका छन् तिनमा केही बढाइ चढाइ अवश्य छन् तर देशको गौरवमय इतिहाँसले बोकेका र आज पनि मौजुदा रहेका/भएका यथार्थतालाई कविले प्रष्ट पारेका छन् । अब मनद्वारा पोखिएको धारणाहरू केलाउँदा पनि आज देश र जनताले भोगेका नेतृत्वको वर्गले गरेका कार्यहरू र समाजमा देखिएका विकृति विसङ्गति यथार्थ नै हुन् । यसमा कविले स्व मूल्याङ्कन गरेका छन् । धेरै हद्सम्म मनको धारणालाई स्वीकारेका पनि छन् । कविको मूल्याङकनमा देशको गल्ती छैन, ‘हामी नै हौं किरा धुन !’ भनेका छन् । मनले निरूपण गर्न सक्ने, हामी लाछी हुनाको कारणले गर्दा जीवन अकर्मण्य छ भन्दै कविले भन्छन् –

किन्तु छर्लङ्ग देखिन्छ काट्दैनन् हतियारले
मिथ्या गर्व गरेका छौँ दम्भका मतियारले
पृष्ठ १५७

‘‘प्यारो मेरो स्वतन्त्रता’’ र ‘‘मान्दैनौँ परतन्त्रता’’ भने पनि काएर जीवन देखिएको छ साथै मनको पर्दा खुलेको छैन र ‘सापेक्षमै हुने गर्छन् सुरूपता कुरूपता ’’ सत्यका दुई रूप यहाँ पनि छन् र राष्ट्रको उद्धारको निम्ति राजनीतिका दुष्टलाई धुजाधुजा पारेर राजनीति सपार्नु पर्दछ, सुरूप र कुरू जहाँ पनि हुने गर्दछन्, दुवैलाई एउटै डालोमा राखियो भने गल्ती हुन्छ । नेतृत्व वर्गमा पनि असल र खराव दुवै छन् । यिनमा असललाई कसरी माथि लाने भन्ने मुख्य प्रश्नको रूपमा आएको छ । नेतृत्ववर्ग पनि हामीबाटै फले फुलेका र यिनका प्रवृतिमा पनि हाम्रै प्रवृति छ । राजनीति सबै नीतिको जगा भएकाले यो विग्रे सबै विग्रने र यो सप्रे सबिै सप्रने हुन्छ सामन्त फाल्नको लागि यिनै नेता लडेका जेलनेल खाएका र षडयन्त्रको जालझेलमा पनि परेकै हुन् र परिवर्तनको बाटो पनि खोलेकै हुन् तर आज सङ्कल्पको बाटो बिराए यिनीहरूले राष्ट्र, जनता, अस्मिता, आदिलाई भुलेर, स्वार्थमा लागेर, ध्यान राष्ट्रतिर नभएर, आफूतिरमात्रै केन्द्रित गरेर कर्तव्यलाई पनि भुल्दै जात लिङ्ग तथा क्षेत्र धर्म आदि जताततै छिन्नभिन्न बनएकोमा कवि अति चिन्तित देखिन्छन् र भन्छन्–

दुष्ट नेताहरूलाई निचोरूँ कि लुगासरी
नाङ्गेझार बनाएर चिथोरूँ कि बेसरी
घिसारूँ, गलहत्याउँ थचारूँ छिनका छिन
गल्ली गल्ली घुमाएर लतारूँ ! हुन्छ यो मन

पृष्ठ १५९

हुनत म यस महाकाव्यकै कथासारलाई प्रतुत गर्न गै रहेको छु तापनि कविमात्र चिन्तित छैनन् कविको मनमात्रै रोएको छैन । सारा नेपालीको मन रोएका छन् । विदेशीकोसामु ढाँटेरै गर्व गर्न परेको छ । यो कटु सत्य हो ।यो देशमा आत्माभिमानको साथमा उन्नति हुन सके कसैले हेप्न सक्दै्रनन् र नेपालीको शिर उच्च हुने थियो त्यो कहिले आउला भन्ने चिन्तन छ कविमा ।

हामी केमा मस्त छौं– कविले हामी कुरामा र धाकमा मस्त छौं, झगडा र लड्नमा व्यस्त छौं, खुराफाती कुरामा मस्त भएर आफै हिंसा उमारे र सन्त्रस्त छौं, भन्नुहुन्छ । यथार्थतामा यो सत्य हो ।

हाम्रो राष्ट्रियताको खोजी– हाम्रो राजनीति गति विधि र राष्ट्रियताको खोजीमा कविले भन्नुहुन्छ –

अरू विकासमा दङ्ग, हामी जाति र रङ्गमा !
अरू छन् जुट्नमा दङ्ग, हामी फुट्छौं उमङ्गमा !
‘टोपी’ ‘धोती’ ‘कुर्था’मा ‘भाषा’ क्षेत्र र ‘नाकमा’ !
खोज्छौ राष्ट्रियता हामी, द्वेष छर्दै समाजमा !
पृष्ठ १६०

नेताप्रति कविको अभिव्यक्ति – देशर्का जनतालाई फुटाएर राष्ट्रको चिन्त गर्ने घातक नेताको हर्दम पछि लाग्दा –‘मासिँदै छौ स्वयं हामी, मास्दै राष्ट्र र जीवन’, ‘भ्रम–धर्म’मा भरोसा नगरी आफ्नै विश्वास–कर्ममा लाग्नु थियो, नेताको भरममा पर्दा नेता विजय भए तर धर्तीको सौन्दर्य गयो र राष्ट्र भासिदैँ गयो । पार्टीको हनुमान हुन नहुने सत्यासत्य आफै सोच्न पर्ने, नेताको पिछलग्गू नभै जनता बन्नु पर्ने, धारणा आएको छ ।

कविको आह्वान–

जाग हे बुद्धिजीवी हो ! जाग हे जनताहरू !
नेताको दासता छाडी होम सत्कर्ममा चरु !
पद पाउनका निम्ति स्वाभिमान नमार हो !
बिक्न छाड हे स्रष्टा ! लोभमा बारबार यो !
पृष्ठ १६१

पुर्खाझै बन्न नसकी पुर्खाको इतिहासमा गर्व गर्द छौं र पुर्खाको परिहासमा बाँच्छौं । नेपाली हुनमा गर्व छ तर देश नबन्दा दु:ख पनि लाग्दछ । बहुभाषा बहुजाति बहुधर्म विशेषको नागरिक बनेकोमा गर्व छ । तराई पहाड र हिमालका जनताको आपसी प्रेमभाव बढोस् भन्ने चाहना छ । आपसी सम्बन्ध बढ्दा मिठा सङगीतका धुन मनमा बज्छन् र आपसी झगडा देख्दा तिनै धुन तीता लाग्दछन् ।कविको आशावादी श्वर यसप्रकार छ –‘बग्नेछ देशमा पक्कै मिठो हावा मिलापको ।’ मनमा अतृप्ता हटोस्, वेदना नजागुन्भन्दा पनि जागेर आउने तनाव बढ्दै कवि होटेलमा फर्कन्छन् र जाग्दै सुत्दै गर्दा रातमा निद्रा लाग्दैन यसप्रकारको तनाव सम्बन्धी धारणा राख्दै यो सर्गको अन्त्य गर्दछन्–

तनाव हो जीवनको प्रताडना
तनावले दिन्छ सदैव यातना
अतृप्तले पर्छ तनावमा मन
र तृप्तिले हर्छ तनावको तम
पृष्ठ १६२

नवौं सर्ग –साम्रज्यवाद शीर्षकमा कविले कुन विश्वले सभ्य समाज दिन सक्छ, नव्य प्रभाव लिन सक्छ, कस्ले जीवन घात दिन्छ, कस्ले जीवन हात लिन्छ आदि प्रश्न कति छन् प्रतिप्रश्न कति छन्, यिनै प्रश्नसँग खेल्न र त्यत्ैतिर हेलिन मन लाग्छ भन्दै सर्गको थालनी हुन्छ ।

होटेलबाट प्योङयाङ सहरको प्रभातको अवलोकन– बिहानी पख कवि उठोर कोरिया नियाल्दा, थोरैका घरमा विजुली बलेका छन् । चारैतिर सुनसान देखिन्छ । गाडी पनि चलेका छैनन् । छ बजेतिर फाटफुट मानिस निस्कनु र अचानक नै बन्यो लर्को र जुलुस जस्तै देखियो, गाडी पनि बिस्तारै देखिन थाले, मानिस थरी थरीका भए पनि आफ्नो धुनमा हिडेका सेनाका जस्तै टक्क टक्क हिडेका र मिलेका जिउ देखिन्छन् । पेट बाहिर निस्केका कुनै पनि देखिदैनन् । विनाश्रम अघाएका, रोजगारी नपाएका, रोगले मर्न लागेका पनि देखिदैनन्, हेर्दा चिनियाँजस्तै, पहरिनमा चिनियाँजस्तै लागे पनि नाङ्गो बनेर हाँस्ने र तिघ्रा नाङ्गा देखाउने साथै युवा छिल्लिने र इत्रिने देखिदैनन् ।युवा युवती लाग्ने सादा सौन्दर्यका छटा, मात्तिई हाँस्दैनन् र स्वर पनि ठूलो छैन तिनमा उन्माद पनि देखीदैन भन्दै आफ्नो विहानी पखको कोरियाको अवलोकनमा कविले पोखेका भाव यसप्रकार छ –

नारी सुन्दर छन् हेर्दा, उज्याला अनुहार छन्
हाँस्छन् मुसुक्कमात्रै ती विनााहार जुहार छन्
युवा बलिष्ठ राम्रा छन्, युवती छन् थुँगासरि
सबै छन् गठिला, स्वास्थ, होलान तालिमे गरी
पृष्ठ १६६

शारीरिक स्वस्थताको लागि व्यायाम गर्ने, श्रम, सङ्घर्ष सेवाका भावले सशक्त, हेर्दा समान लाग्ने र मनमा दृढ संकल्पको साथै स्वाभिमानी देखिएको धारणा पस्किएको छ यस सर्गमा ।

गोष्ठिमा सहभागिता –

नास्ता पछि एघार बजे गोष्ठिमा सहभागी हुनको लागि तयार भई थइल्याण्ड, जापान, रसिया, नाइजेरिया, मङ्गोलिया, नेपाल, स्पेन, भारत कोरिया, वेलायत, श्रीलङ्का, अफ्रिका लगायतका राज्यका मानिसका साथमा गोष्ठिमा सहभागिता जनाउँछन् नेपाली टोली ।

गोष्ठिको उद्देश्य– साम्राज्यवादको बाधा–अत्याचार हटाउन, राष्ट्रलाई बचाउन, कोरिया जुर्मुराउने नयाँ कर्महरू गर्न ‘जुछे’ विचारधारको जानकारी गराउनुको साथै किम इल सुङ्ले गरेका क्रान्ति, राष्ट्रियता, युद्ध, सङ्गठन विस्तार, विश्वमा बेग्लै इतिहासको निर्माण गर्दै साम्राज्यवादका बाधा हटाउने काम कसरी भयो भन्ने जानकारी गराउनु यस गोष्ठिको मुख्य उदेश्य भएको कविको धारणा छ ।

प्राध्यापक ओ सोङ चोलले जुछे विचारधारा को प्रस्तुति – यस गोष्टिमा कविले प्रस्तुत गरिएको ‘जुछ’े विचारधाराको सारपक्षहरूको पनि सारभाव यहाँ प्रस्तुति गरिदै छ – जनता विश्व इतिहासका निर्माताहुन् । सिर्जना र विकासका मुख्य आधार पनि हुन् । यिनै सबैचीजको निर्माण गर्ने जनताहरू मिलेर एकतामा बाँधिएर रहेमा कुनै राष्ट्र साम्राज्यवादको बसमा पर्नु पर्दैन । साम्राज्यवादले ध्वस्त पार्न, मार्न, सिध्याउनको लागि युद्ध छर्छ, , उत्तर कोरियामा पस्न चाहन्छ, पुँजीवाद उठाउन चाहन्छ, उत्तरकोरियालाई झुकाउन चाहन्छ । नेता महान छन्, हामीमा स्वाभिमान छ । सेना सविस्तार गरिएका छन् । विकास तीब्र गतिमा छ । यो राष्ट्र सेना, हतियार, मिलेका परिवार, सुसङ्गठनको साथै राजनीतिक धार, सङ्कल्प, श्रद्धा, आस्था र विचारले शक्तिशाली छ । सबैलाई खुसीयाली बनाउन नमिलेका चीजलाई मिलाउन, भोकाप्यासालाई दानापानी दिन सकेकोमा वैरी तिल्मिलाएका छन् । अरूको आशा गर्दैनौ, आफै योजना बनाएर काम गर्दछौं । सबै जनता सेना भएकाले, शत्रुका षडयन्त्रलाई बुझ्न सक्छन्, लड्न परे लड्न सक्छन् किनकि हामीले –

प्रत्येक जनतालाई बनाई दक्ष शिक्षक
ज्ञान–विज्ञानसम्पन्न बनाएर अधीक्षक
स्रोत–साधन–सम्पन्न गणतान्त्रिक कोरिया
बाल्दै छ जनताभित्र चेतनाका नयाँ दिया ।
पृष्ठ१६९

जनतामा पुगेर, जनताका कुरा बुझेर, श्रममा श्रद्धा बढाएर, पाखुरा चलाएर सहकारी चलाएर, पसिना छर्न लगाएर राष्ट्र बचाएर सिर्जना गरिन्छ ।

मौलिक जीवन कसरी बाँचने – सङ्घर्षबाट मान्छे इस्पातजस्तै कडा बन्छ श्रम र शिल्पले राष्ट्रको शिर खडा हुन्छ, उच्च बलिदान भएमा राष्ट्रियता बाँच्छ यिनै शक्ति लिएर मौलिक जीवनी बाँचिन्छ ।

साम्राज्यवादको हस्तक्षेपबाट बाँच्न गरिने क्रिया– बालक, युवा र बृद्धलाई प्रशिक्षण गरिन्छ । अमेरिकी र जापानी शत्रुका बिरुद्ध पानीमा, –भूमिमा र आकाशमा लडिन्छ ।, राष्ट्रको रक्षा अखण्डताको लागि न्याय, शान्ति, मायाले हँदैन र त्यसको लागि सगौरव शत्र–अस्त्र चाहिन्छन् । सार्थै जनता र सेना एक ढिक्का भएर हिडदछन् । पाँच औंला मुठ्ठी चम्काएर बल बन्दछ, यस्तो बेलामा आत्मनिर्भरताको लागि ढुङ्गा पनि कमला भएर जान्छन् । देशले मागे ज्यान दिन सकिन्छ र आश्यक परेमा वैरीको ज्यान लिन पनि सकिन्छ । सरकार, सेना र जनता एक भएर यो देशको आत्मगौरव जोगिएको छ । यो राष्ट्रले सिद्धान्त, राम्रा पद्धति र सिर्जनालाई राम्रोसँग पालना गरेको छ । साम्राज्यवादले झुटा प्रचार प्रसारले मेडिया मार्फत हराउन खोजेको छ त्यसो हुँदा यसलाई चिर्नको लागि यो अन्तर्राष्ट्रिय भेलाको आयोजना गरिएको हो । यो राष्ट्र जाली झेली कुनैसँग हार्न सक्दैन साथै विश्वमा कोही पनि अत्याचारी खुनीसँग नहारुन् । सबैका राष्ट्र –स्वाभिमान–अखण्डता जोगियुन र सबै न्यायप्रेमीबाट ऐक्यबद्धता चाहन्छौ साथै जुछे विचार धारामा र कुने जिज्ञासा भए सोद्धन सक्नुहुन्छ भन्दै ओ सोङ चोल को धारणा समाप्त हुन्छ ।

नेपाली टोलीले जिज्ञासा राख्नु गुप्ताले हस्तक्षेप गर्नु– माणिकले नेपाली टोलीबाट जिज्ञासा राख्दा भारतको प्रतिनिधि गुप्ताले हस्तक्षेप गर्दै भन्यो–

तिम्रा प्रश्न पुराना छन् सौद्धछौ व्यर्थमा किन
‘मार्क्सवाद’ पुरानो भो –भैसक्यो जीर्ण चिन्तन

पृष्ठ १७२

गुरप्तबाट बारंबार हस्तक्षेप गर्दै गएपछि नेपाली टोलीबाट प्रतिकार भए पछि पनि असह्य अवस्था आएपछि कवि रामप्रसाद ज्ञावलीले यस प्रकार प्रतिकार गर्नुभयो –‘कोरियाको निम्ति जस्तो अमेरिका शत्रु हो भने, नेपालको निम्ति भारत हो ।

दम्भी भारतले डस्छ–खुनी विस्तार वादले
हस्तक्षेप सधैं गर्छ –दास साम्राज्यवादले

कहिले गण्डकी, कहिले कोसी, कहिले कतै लुट्ने, माडीतिर पस्ने, लिम्पियाधुरा, कालापानी, लिपुलेक डस्ने कहिले नाकाबन्दी गर्ने, कहिले भूमि हर्ने, हस्तक्षेप सधैं गर्ने, ठालु बनेर हेप्ने, यसको काम मुखमा राम राम कोखमा छुरी हो, जसरी कोरिया लड्छ अमेरिकासँग त्यसरी नै लड्न परेको छ भारतसँग, प्रजातान्कि भन्ने कुरा त भारतको कथा भयो, ससाना राष्ट्रका निम्ति यो खतरा छ । जुछे विचार धाराको मान्यता केवल अमेरिकाको लागि मात्र हो या विश्वको लागि पनि हो भन्दै कविले चोटिला धारणा राखेको पछि अपमान भयो भनी गुप्ता उठेर हिडेकोर कविले प्रगतिशील हैन भन्ने बुझेर कविले प्रश्न राख्छन् –

राष्ट्रवादविरोधी यो गुप्ता अध्यक्ष भयो किन ?
‘मोदीभक्तजस्तो छ–नेतामा छानियो किन ?
पृष्ठ १७४

मोदीको हस्तक्षेपी चिन्तनले ‘जुछेधारा’बलियो कसरी होला ? कसरी शान्ति स्थापना होला ? विस्तारवादले शान्ति कहिल्यै जन्माएन । उत्तरकोरियाले ठा न्थ्यो होला पाहुना सबै अग्रगामी होलान् र मुक्तिका लागि लड्छन् तर यहाँ क्रान्तिकारी कम र कोरिया घुम्नेको लर्को देखियो ।

कविको मनमनको अभिव्यक्ति– मोदी–गुप्ताजस्ता व्याक्तिको भरपरेर नेतृत्व सुम्पेकोमा के यो सिद्धान्त विश्वमा फैलिएला ? मिचाहा राष्ट्रको नेतालाई आदर्श मानिन्छ भने के त्यो मान्छे न्यायपूर्ण विचारको होला ? तिमी भ्रममा छौ यो भ्रम कसरी चिरिएला आदि प्रश्न मनमा राख्दै, मोदीको भक्त ‘गुप्ता’ले जुच्छेको विचारक वक्ताबाटै गोष्ठी खलबलिएपछि अर्को गोष्टिको सुरुवात हुन्छ ।

क्रुरुर साम्राज्यवादका दृश्यहरूको अवलोकन– यसमा अतिकारुणिक कर्तुतहरूको वर्णन गरिएको छ, निर्दोष जनता माथि बमबारुद खसालेको, घरबस्ती ध्वस्त पारेको, आगो लगाएको, बृद्धबृद्धाहरूलाई सङगीनले चिरेरमार्नु, युवतीमा बलत्कार गरेर मार्ने, दूधे नानाीहरूलाई छ्याक छ्रयाक कगेर काट्ने, युवालाई छानी छानी मार्ने, दूध खाँदै गरेकालाई घाँटी दवाउने र आमाका स्तन काट्ने, दिदी बहिनीहरूलाई नाङ्गै पारेर गुप्ताङ्गमा छुरी घोच्ने, युवतीका योनीमा तरबार घुसाउने, बृद्धका छाला काडने, युवाका लिङ्ग काटने, वीर योद्धालाई पक्रेर हात खुट्टा कुजा पार्नु, कुकुर लगाएर टोकाउनु, चित्कार सुनेर रमाउनु, ताता फलामका सुइराले आँखा घोच्ने, , योनीमा कोच्ने, सुत्केरी महिलालाई मार्नु, घरभित्र थुनेर मार्नु, बाघलाई खान दिने, ढुङ्गाले हान्ने, कसैलाई ढुङ्गाले हानेर, कसैलाई कुटेर अति क्रुररताको साथमा मारेको दृश्यहरू सहभागीलाई देखाइएको वर्णन आएको छ ।

दृश्य अवलोकन पछि गाइडको भनाइ – अमेरिकी र जापानीले गरेका सबै कुरा भन्न नसकिने तर यिनीहरूले हावापानी विषाक्त पार्नु, माछामा विषहालेर मार्नु, हावामा पनि विष हाल्नु, अग्निकुण बनाएर मार्नु, यस्ता विविध याताना तथा मृत्युवरण हुँदा र हजारौं युवाले बलिदान दिँदा पनि देश झुक्न जानेन, ढल्न जानेन र अस्तित्व सुम्पिन जानेन बरु जतिकष्ट सहे पनि साम्राज्यवादलाई पराजीत गरेर छाडेको, अमेरिका कोरियासँग डराएको, पूजीवादीहरू मिलेर नाकाबन्दी लगाएका छन्, मानवताका कुरा गर्ने, अस्त्रशस्त्र बनाउँदै विश्वमा आफै आतङ्क छर्दै, कोरियालाई आतङ्कवादी भन्ने जस्ता धारणा आएका छन् । आजको समय भनेको सूचनाको भएकोले भ्रम फैलाउन सक्ने, साना राष्ट्रहरूलाई रुवाए पनि कोरिया झुक्दैन, हरेक क्षेत्रमा साम्राज्य वादकानिम्ति चुनौतीको रूपमा कोरिया रहेको, धारणा गाइडले राख्दछन् । यहाँ प्रस्तुत गरिएका अतिकारुणि वेदनाहरूले सबैको मन छुन्छ

सबैका आँखाबाट आँसु खस्छ । कविको मनमा पनि आवेगको मुस्लो उठ्छ र संवेगको कुलो बग्छ । यी माथिका कुरा यथार्थ तथा सत्य हुन भने ‘अमेरिकै बनेको छ जरो आतङ्कको पनि’ भन्ने कविको धारणा निस्कन्छ ।

अशोकको भनाइ–उपरोक्त घटनाक्रममा अशोकले नेपालीले पनि जनयुद्धमा यस्तो अत्याचार गरेका, चेली दिदी बहिनी, आमा, बालिका सबैलाई बलात्कार गरेर मारेका भन्दै सत्ताप्रति यसरी आक्रोस पोखेका छन् –

दुष्ट सत्ता हुने गर्छन् यस्तै क्रुर निर्मम
साम्राज्यवादका पिठ्ठू हुन्छन् तुच्छ नराधम !
पृष्ठ १८२

अशोकको भनाईमा कविको टिप्पणी– सरकार र माओवादी बीचको वर्ग सङ्घर्षमा मानिस मारिएकै हुन्, दुबै पक्षले सकेसम्म अत्याचार गरेकै हुन्, निर्दोषी जनता दुवै पक्षबाट मारीय, सेनाबाट धेरै मानिस मार्नुको साथै गायव गरिए, शंकाको भरमा, शत्रुता साधनमा पनि मानिस मारिए, कस्को कति हो दोष निश्चय खुल्न आउला र इतिहासले बताउला भन्ने विचार प्रकट गर्दै कवि कोरियाका घटनाक्रमलाई सोच्दै होटेलमा फर्केर खाना खानु र सुत्नलाग्दा कोरियाका घटनाले गर्दा कविको निद्राशून्य भएर सुत्न नसक्नु तर कविले निद्रामा सत्य विर्सने र सपना सुती सुती देखिने, उठेपछि समस्याको समाधान गर्नु पर्ने, तर सुतेर देखिने सपनाभन्दा जस्ले नसुती स्वप्न सौन्दर्यका छटा देख्छन् तिनैले नौला निर्णय गर्न सक्छन् भन्दैतपसिलका भावना छर्दै यस सर्गको समाप्त हुन्छ –

परपर फाले तमको काती
पलपल बाले मनको बाती
लहरिन थाले श्रमका हार
झलमल बन्थ्यो सब संसार
पृष्ठ१८२

दसौं सर्ग –विधि प्रविधि शीर्षकमा प्रविधिका विधिका विधिले गरी, प्रकृतिका कृतिका कृतिलेभरी सृजनका जनका चुलिँदा मति, नव छ जीवन जीवनको गति भन्दै यस सर्गको थालनी भएको छ । आज कोशेली परराष्ट्रमन्त्रीलाई दिनु थियो । उपहारको अर्थ बुझेरमात्र कोशेली लिने चलन, यदि नालीवेली नबताइकन नलिने सबै अर्थ नबुझेसम्म दूतवास समेतले हुन्छ भनेपछिमात्र केसेली दिनपाइने र शंकर भारतीले कोशेली बुझाएको र कविले फोटा खिचेको तर जोङ र सोङका फोटा खिच्न नमिल्दो् रहेछ र त्यो गाइडले हटाएको र साना साना कुरामा प्रतिबन्ध लगाउने, कडा ऐन, कडा प्रशासन आफ्नै भाषामा गर्वगर्ने, विदेशीमा दासता ठान्ने, छातीमा ‘किम इल् सुङ’को फोटो देखिने पर्दामा राष्ट्रिय झण्डा, सबैले राष्ट्रिय गीत गाउने, ढिला भएकोमा अनुशासन पालन नगरेको ठान्ने, यस्तो देखेर कवि भन्छन् – ‘कडाइले बनेको हो शक्ति उत्तरकोरिया, अनुशासनले मात्रै बल्छन् जीवनका दिया ।

प्रविधिको अवलोकन– एउटा विशाल कम्प्लेक्समा पुग्नु, सबैकुरा समेटेर बनाइएको, अग्लो तलैतला भएको कलाले सम्पन्न, धेरै विभागमा भाग लगाइएको, सबैमा ई–लाइब्रेरी राखिएको, छात्रछात्राहरूको ज्ञान विज्ञानमा र शिल्प सिर्जनामा रुचिरहेको तर नेपालका बालक भने कार्टुनमा रुचि राख्ने, कोरियाका बालकले सिर्जनामात्र पढ्ने तर नेपाली बालकले भने तिर्सना मात्र पढ्ने, त्यहाँका बालकले श्रमसंघर्ष संस्कृति पढने, नेपाली बालबालिकाले अपसंस्कृति पढ्ने, कविले तुलना गर्दै अघि बढ्दै नयाँ नयाँ आविष्कारको अवलोकन गर्दै कुनै तलामा हतियार, कुनैतलामा पविारका द्वन्द्व, कतै भव्य संस्कृति, कृषिसामाग्री, कतै युद्ध प्रदर्शन, कतै शिक्षा र दर्शन, कतै जलाशय, कतै वगैँचा, कतै हिमालय, यो दरबार शस्त्रशास्त्र नमुना, राष्ट्रको अग्रगामी सोच, वैरी–राष्ट्रबाट बच्ने नीति, आत्म निर्भरताको साथै सुरक्षा योजना आदि अवलोकन गर्दै अन्तिम तलामा पुग्दा एउटा भयावह इतिहास देखाइयो । यो इतिहास योद्धाको युद्धको अस्त्र शस्त्रको साथै कोरिया लुट्न आएका सशस्त्रको अमेरिकाले धेरै पटक भयावह युद्ध गरेको र यसको कालो अतित सम्झन डकुमेन्ट्री बनाइएको, कोरियालीहरू जाँगिरिला र काममा पलपल खटिने, २० वर्षमा भव्य सिर्जना भएका छन् र कोरिया माथि उठेको छ र एकताको नमुना पनि हो । कोरियाको विविधतालाई हेर्दै त्यहाँको श्रम शिल्प र संकल्प कर्म नै धर्म हो भावनाबाट सबैले शिक्षा लिन सिके र कोरिया भूमिमा डुल्दा एउटै भाव फुर्दछ भन्दै कविले स्वाभीमान बचेमात्रै राट्रको शीर उठ्ने अरुलाई सित्तैमा काम लगाउन नसकिने, आफ्नु देश आफैले बनाउन सक्नु पर्ने धारणा राख्दै कविले मनिस कसरी उज्यालिन्छ त भन्ने तपसिलका धारणा सहित यो सर्ग समाप्त हुन्छ –

भए ज्ञान–विज्ञानको दृष्टिपात
गगरे सृष्टि नौला मिलि एकसाथ
डसेनन् भने क्षुद्रता तिर्सनाले
उज्यालिन्छ मान्छे सधैं सिर्जनाले
पृष्ठ १९५

एघारौं सर्ग –शिक्षा–पद्यति शीर्षकमा मान्छेलाई बेग्लै पार्ने, खार्ने, जित्ने मान्छे हार्ने केले होला र मान्छेलाई मान्छे केले पारेको होला भन्दै यो सर्गको थालनी भएको छ ।

कविलाई शिक्षा सम्बन्धी जानकारी लिने चाहना –कविले कुनै एउटा विद्यालय हेर्ने चाहना रहेको र यो कुरा योजनामै परेकोले सबै जना स्कुलमा गएको र स्कुलको प्रङ्गाण ठूलो, चौडा, भवन अग्ला, केटाकेटी हँसिला र फुर्तिला र एउटा शिक्षाकले सबैका निम्ति शिक्षा, सबैका निम्ति न्याय, टुहुराको निम्ति पनि पाठशाला छ, सबै सुविधा सरकारी छ भन्ने जानकारी दिन्छन् ।

केमा र कसरी शिक्षा प्रदान गरिन्छ – ज्ञान विज्ञान, शिल्प, श्रम, शस्त्र र शास्त्रमा शिक्षा दिलाइने र शिक्ष प्रयोगबाट सिकाइने, निर्माणमा निर्माण बाटै, गर्व गर्न, स्वाभीमान भर्न, आदि योजनाबद्ध रूपमा, आफै तागतमा आफै उठ्नु पर्छ, , भन्ने आत्म विश्वासको शिक्षा दिइने, पढ्नुको साथै लड्न पनि सिकाइने, बालसङ्गीत, राष्ट्रका गीत, आफ्नो र राष्ट्रको रक्षा कसरी गर्ने, बीरता शूरता, आत्म निर्भरताको साथै विजुली, कृषि, नदीमा बाँध बाध्ने, सिर्जना कसरी गराइन्छ भन्ने सबै थरी सिकाइने र शिक्षा वैज्ञानिक भएमा विज्ञानकै पथ चल्ने र अँध विश्वास फल्दैन, आत्म विश्वास फल्दछ भन्ने धारणा, त्यहाँको श्रमसौन्दर्य सुन्दर नैतिक शिक्षा मानवता भन्नु समानहो, सबै धनी गरिबमा भेदभाव रहित, आमा र राष्ट्रको ऋण तिर्न सबै बच्चाले सिक्ने आदि धारणा शिक्षकले राख्दै जानु, कविले सबै सुन्दै हेर्दै जानु र जता हेरै पनि बाल मैत्री पाउनु, कुनै कोठामा ज्ञानको ज्योति बल्नु, कतै गीत सङ्गित चल्नु, कतै नाट्यशाला, सबै चीज मौजुदा भएका र सबै हेर्दा शिक्षाबाटै समुन्नति हुने महसूस भएको धारणा यहाँ पस्किएको छ ।

शिक्षा केहो त ? शिक्षा मानिसको ज्ञान, ध्यान, विज्ञान र अनुशासन हो । ज्ञान विज्ञान र कानून पनि शिक्षाबगैंचामै फुल्दछन् । शिक्षा–मार्गदर्शक, चिन्तन प्रवाहवाला, अन्ध विश्वासको बन्धन तोड्नेवाला, शिक्षाबाटै व्यक्तित्वको विकास हुने, स्वमार्गको साथै्र सुनौला मार्ग कोरिने, सारांशमा भन्नु पर्दा मानव जीवनको लागि शिक्ष के हैन सबै हो भन्ने धारणा आएको छ । टोली होटेलमा फर्केर खाना खानु र तपसिलका धारणा राख्दै यो सर्ग समाप्त हुन्छ–

अज्ञानीले के पो भन्ने हो
ज्ञानीले नै बाटो बन्ने हो
कर्मी बन्दै बाटो खन्ने हो
शिक्षाले नै मान्छे बन्ने हो
पृष्ठ २०७

बाह्रौं सर्ग –औपचारिता शीर्षकमा आजको मानवको यथार्थ स्थितिको प्रस्तुति कविले यस प्रकार राख्दै यस सर्गको थालनी गरिएको छ –

आँखा तर्दै दागा धर्दै मान्छे क्रोधी बन्दै छ
आफूमात्रै अग्लो बन्ने स्वार्थी बाटो खन्दै छ
मान्छेलाई मान्छेले नै नाका बन्दी गर्दै छ
मिल्नेभन्दा भीड्ने बन्दा मान्छे आफै मर्दै छ
पृष्ठ २०९

कविले विहान सूर्य उदय हुने र बेलुका अस्त हुने गर्दछन् । हेर्दा उस्तै लागे पनि हरेक क्षण भिन्न हुन्छन् । आज फेरि बिहानी भयो, घडीमा छ बज्यो राष्ट्र गानको धुन बज्यो, सुतेका मानिस उठेर निस्कन्छन् । यो क्रियाकलाप कविले झ्यालमा बसेर अवलोकन गर्दै छक्क पर्दछन् । आज तीनओटा काम गर्नु थियो । सङ्गोष्ठी पहिलो कार्य, दोस्रो अवलोकन, तेस्रोमा भेटघाट थियो । सङ्गोष्ठीको सञ्चालन– गुप्ताको अध्यक्षता र मुख्य अतिथि कोरियाबाटै कार्य सञ्चालन भयो । यस गाष्ठीको मुख्य उदेश्य ‘जुछे’ विचार धाराको महिमा उजिल्याउनु र साम्राज्य वादको कालो मुखौटो पहिल्याउनु थियो । औपचारिकरूपमा अफ्रिकी मित्रबाट कार्य सञ्चालन हुन्छ र प्रत्येक राष्ट्रले साम्राज्यवाद हकार्दछन् । सबैले अमेरिकालाई विश्वसाम्राज्यवाद र आतङ्कवादको नेता भएको जताततै हस्तक्षेप गरेको, अर्काको देशमा घुस्ने, लुट्ने, धम्काउने, जहाँतहाँ सेना राखेर आतङ्कित गर्ने ससाना राष्ट्रको स्वतन्त्रता हरेको, भक्ति नगरेमा प्रतिबन्ध लगाउने, आतङ्कको नेता जन्माउने, तालिम दिने जस्ता आवाज निकाल्छन् । विन लादेनको जन्म अमेरिकाबाटै भएको, अफगानमा तालिवान बनाएको, इराकमा युद्ध चलाएको, रुसलाई टुक्रयाएको पनि अमेरिकाले नै हो भन्ने सबैबाट प्रस्तुति आउँ छ ।

नेपालको पालो– नेपालको पालोमा शंकर भारतीले ‘जुछे विचारधारा’को प्रशंसा र माणिक लामाले सन्गुन पोलिसी’को बारेमा आाफ्ना आफ्ना धारणा पोखे र यी दुवैको प्रस्तुतिमा कोरिया खुसी भयो ।

शंकर भारतीको अभिव्यक्ति–

महान् छ यो राष्ट्र दृढ सङ्कल्प–कर्मले
जनपक्षीय सिद्धान्त, न्याय–कानून–धर्मले
यसको लक्ष हो मुख्य –‘आत्मनिर्भरता छुने
आफ्नो भाग्य स्वयं रच्ने, आफ्नो स्वामी स्वयं हुने । ’
पृष्ठ २१२

जनशक्ति उठाउने, सैन्यशक्ति बढाउने, स्वाभिमानी महायात्र गरेको, प्रत्येक जनतालाई राष्ट्रभक्ति पढाउँदै शक्तिशाली बनेको छ, , गास, बास, कपासको कसैलाई चिन्ता छैन, सबै समान छन्, ‘दृढ संकल्पले उठ्दै राष्ट्रका स्वाभिमान छन्’, यसको शक्ति सूर्यझै तेजिलो छ, प्रतिबन्ध खेपे पनि यस राष्ट्रको वीरता नमुना छ, जुछे चिन्तनमा गर्व गर्न चाहन्छु र चेतनमा सगर्व छर्न चाहन्छु साथै ‘जुछ’ धारा र यो राष्ट्र सधैं हाँसी राखोस्, मित्रता गाढा बाँचिराखोस् भन्दै भारतीले धन्यवाद दिँर्दै आफ्नो धारणा राखे ।

माणिक लामाको अभिव्यक्ति Þ– माणिक लामाले आफ्नो धारणा खुलारूपमा अरूभन्दा भिन्न तरिकाले खोई शान्ति र समनता कुन देशमा छ ? सक्ने राष्ट्रले विदेशमा सेना राख्ने, नसक्ने च्यापिने, शान्तिका गफ हाँकिने छर्दै आतङ्का ध्वनि, अमेरिका कोरियामा घुसेको छ, जापानमा बसेको छ, एसियालाई तस्त्र पारेको छ, आजको विश्वमा शान्तिको आगो लगाएको छ त्यसो हुँदा कोरियाबाट त्यो नगै एसियामा शान्ति आउँदैन । भारतले गर्दा सार्क राष्ट्र नै हतास छन् र विस्तारवादको हस्तक्षेपबाट निराश छन् । छिमेकी राष्ट्रमा दागा धर्नु नेपालमा थरी थरीका अत्याचार गर्नु, सीमा मिच्नु लुट्नु चाइनासँग मिलेर ‘लिपुलेक’ मिच्नु, राष्ट्रियता माथि सधैं आँखा लगाउँनु स्वतन्त्रतामा दागा धर्नु, अर्थव्यवस्थामा धमिरो बनेर पस्नु, ठुलो माछाले साना माछालाई खाएसरि गोष्ठीले मात्र शान्ति मिल्दैन, साम्राज्यवाद र विस्तारवाद ढल्नु पर्छ जस्ता धारणा पोख्नु, यो भाषणले सङ्गोष्ठीभित्र हलचल ल्याएको र लामालाई रोक्न भनिएको तर लामाले आफ्नो धारणा राख्नुपर्नेजति राखे भन्ने धारणा आएको छ ।

गोष्ठीमा सबैले एउटै, ‘मिलौ आपसमा हामी, मिल्दा नै शक्ति बढ् छ है !’ भन्ने भावना आएको धारणा देखिन्छ ।

यो गोष्ठी बारे कविको आशङ्का –कविलाई गोष्ठी गर्नकै लागि गरिएको हो या औपचारिकतामात्रै निभाउन र प्रचारका निम्ति गरिएको हो जस्तो लाग्नु साथै सहभागीहरू देशमा फर्किए पछि चेतना छर्न लाग्दैनन् जस्तो ठान्नु ।

युथमुभमेन्टको अवलोकन – यो सङग्रहालयमा प्रवेश गर्दा ‘किम इल् सुङ र ‘किम इल् जोङ (किम इल् सुङका छोरा) को जीवन्तजस्तो मूर्ति राखिएको । तला तलामा विभिन्नरूपका कला भएको, किम इल् सुङका मूर्तिहरूले सजाइएको उन्ले गरेका सबै कामको विवरण कलामा देख्न पाइने र संकेतकले किम इल् सुङको बारेमा जानकारी गराएको धारणा राखिएको छ । जुठे विचार धाराका प्रवर्तक पनि सुङ नै रहेका र उनका बहुआयामिक जनतामुखी व्यवहारको साथै उच्च प्रशासनिक कौशलताले गर्दा जनता रमाइरहेका र उत्तरकोरिया सबै क्षेत्रमा सवल रहेको धारणा यहाँ पस्किएको छ ।

रात्रीभोजमा सहभागी – दोस्रो व्यक्तिको साथमा पाहुनालाई आज रात्रिभोजको आयोजना गरिएको र दोस्रो व्यक्तिको साथमा मन्त्री, उच्च नियामक, उच्च शासक, प्रशासक र राष्ट्रका मेडिया सबै औपचारिक रूपमा

रात्रि भोजमा सहभागी र रात्रीभोजको थालनीको साथै औपचारिकतामै रात्रीभोजको समाप्ति भएको ।

रात्री भोज पछि कविको धारणा– रसिलो खानालाई जीव्रोलले लेभन्दा भन्दै गर्दा कविको भित्री विवेकले सम्झाउँदै भन्यो –‘ साथी ! लोभले किन मर्दछौ ?पेटमा पुगेर सडने चीजमा लोभिन हुँदैन, लोभको जीव्रो रोग हो त्यसो हुँदा रोगबाट जोगिनु, लोभी मनले भन्छ– भोगू, आफू नभोगियूँ, चेतना धनले भन्छ – बनू स्वस्थ, मान्छेको लोभ सधैं अतृप्त छ साथै तृष्णा र मोहले गर्दा तृप्तिमा पनि रिक्त भएको छ । जीव्रोले स्वाद खोज्दै अघि बढे निश्चय नै स्वास्थ पछि हट्छ । वास्तवमा लोभ, मोह र कुण्ठा अधिरका मुख्य बाधक हुन् र असन्तुलित खाना शरीरका मुख्य रोग हुन् त्यसोहुँदा मनका र शरीरका रोगबाट बच्नु पर्छ किनकि दु:खको मूल कारण रोग नै बैरी हुन् । कडा रोग लाग्ये भने, ठूलो दु:ख परेमा जिन्दगी नर्क बन्न जान्छ । कसैले सान्त्वना देखाए पनि सहनु आफैले पर्छ र रुन पनि आफै पर्छ, भन्दै कवि र उषा रुममा आएर मस्तसँग सुतेको निद्रसँगै मन पनि सुत्यो भन्दै तपसिलका धारणा राख्दै यो सर्ग समाप्त हुन्छ –

नसुत भन्दछ जागृत चेतना
र सुत भन्छ प्रकृत चेतना
न सुत वा सुतको भुमरी परी
फनन घुम्दछ जीवन बेसरी

तेह्रौं सर्ग –समाधि –भवन शीर्षकमा यो सर्गको यस प्रकार थालनी भएको छ –

पुर्खाको इतिहाँस सुन्दर भए गर्छन् सबै सम्झना
पुर्खाको बलिदान–गौरव रहे लिन्छन् सबै प्रेरणा
पुर्खा हुन् कुल, जाति, जीवन दिने उत्प्रेरणा–गौरव
मान्छेकै बलिदानवाट बलिया बन्छन् सुनौला पथ
पृष्ठ २२७

यस सर्गमा कविको विहानी नित्यकृया सधैंझै चलेको छ । दिन बित्तै गएका छन्, आयु घट्दै गएको छ । समय बित्योभन्दा पनि जीवन हो बित्ने, । ‘काल’ के हो र ‘जीवनी’ केहो मानिसले बुझ्न बाँकी छ । समय कहिले बित्यो र सबै उस्तै छन् भन्दै मानव जीवनका विविध पाटालाई सुसुचित गर्दै मानिस सुन्दर जीवनमा बाँचु पर्छ, खुसी हुनु पर्छ र मात्र मानिस सुखी हुन्छ जस्ता जीवन दर्शनलाई कविले दर्शाएका छन् ।

कुम्सुसाङ् दरबारको अवलोकन– यो दरबारमा ‘सुङ र जोङका शव राखिएका र उनका गाथा पनि यही समाधि स्थलमा राखिएका थिए । समाधि स्थल हेर्दा प्राङ्गण सुरम्य र नव्य देखिने, दुवो र पुष्पको हरियाली, नहरले परिक्रमा गरेको, दरबारभित्र पस्नको लागि कडा सुरक्षा जाँच गराएर जानु पर्ने पसेपछि हजारौं उपहारहरू मित्र राष्ट्रले दिएकालाई सिसाभित्र सजाएर राखिएका देख्न पाइने, यी उपहार सजाएको देख्दा आफ्नो गौरवलाई कसरी रक्षा गर्नु पर्छ भन्ने अनुभूति हुने ।

किम इल् सुङको घरको अवलोकन – कम इल् सुङ जन्मेको, हुर्केको, खेलेको, ठाउँ म्याङयोङ् दे’ निकै राम्रो, सफा, हरियालीले भरेको यी सबै ठाउँ सुरक्षित गरिएको र यस ठाउँलाई तीर्थ स्थलको रुपमा सजाइएको थियो। ।त्यहाँ ससाना दुइओटा खरले छाएका घर, यी घर माटोले लिपिएका, एउटा बस्नको लागि र अर्को सामान राख्नको लागि बनाइएका, करेसो फूलबारी र तरकारीले भरिएका । घरमा भाँडाकुँडा ढिकी, जाँतो, बञ्चरा हँसिया, पानी खाने कुवा, पुस्तक, लेखनी समेत संरक्षित गरेको देख्न पाइन्छ ।

किम इल् सुङको बाल्यकाल– सामान्य घरमा जन्मे पनि उनी पढ्न र लड्नमा सुरा थिए । प्रत्येक घटनालाई चनाखो भै हेर्ने र न्याको साथमा अघि बढ्ने, उनले गाउँमा धनी गरिब बीच ठूलो विभेद पाए, धनीको सुख भोग र गरिबको क्रन्दनलाई देखेर विद्रोहको बाटो समाते । उनकी आम पनि क्रान्तिकारी थिइन् र लड्ने विद्या पनि आमैबाट सिके र आमाले नै सामन्तवाद र साम्राज्य वाद ढलोस् भनेर पेस्तोल र बन्दुक खोजी दिइन् र घरका सबै दाजुभाइ र काका लगायत सबै उच्च सङ्घर्ष गर्नमा लाग्नु र राष्ट्रको लागि बलिदान दिएका साथै यिनैबाट कोरियामा उज्यालो परिवर्तन आएको हो । ‘सुङ’ कोरियाका महाधन हुन् भन्ने जानकारी गाइडले दिइन् । सुङको योगदानलाई कदर गर्दै यसलाई सुरक्षित गरिएको जानकारी प्राप्त भए पछि कविले पोखेको उद्गार–

जहाँ मानिसले गर्छ कर्म जीवनको सुरु
त्यो ठाउँ हुन्छ मान्छेको पिता माता तथा गुरु
भनिएको त्यसै हैन, हो यो चैतन्यको कसी
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
पृष्ठ २३६

संस्कृतिक कार्यक्रमको अवलोकन– म्याङयोङ् देको धेरै ठाउँ अवलोकनको लागि बाँकिरहे पनि गोष्ठीका सहभागीहरूलाई होटेलमा खाना खुवाई भव्य संस्कृति कला देखाउनको लागि लगिएको, हजारौं कलाप्रेमी भएको ठाउँमा कोरियाका दोस्रो व्यक्तित्वको र धेरै उच्च व्यक्तित्वको साथमा नाच गान, कलासंस्कृत देख्न पाएको र गीतमा राष्ट्र गुन्जिएको, राष्ट्रलाई महत्व दिएको, पोसाकमा पनि राष्ट्रिय पोसाकको पहिरन, शत्रुहरूको आगमन र तीनलाई कारियाले भगाएको, विदेशी राष्ट्रले गर्ने हस्तक्षेप आदि लगायत हरेक क्षेत्रमा राष्ट्र र राष्ट्रप्रेमलाई झल्कने गरी प्रदर्शन गराइएको र यी कलाका जीवन्त साधनालाई छातीभित्र सजाउँदै ‘सच्चा कला सदा बन्छ विश्वमा नित्य नूतन धारणा राख्दै जीवनको शक्ति कलालाई समर्पण गर्दै तपसिलका चार लाइन् पस्कदै यो सर्गको अन्त्य हुन्छ–

महान् भए मानिस त्याग गर्दछ
सञ्चेतनाका अनुराग छर्दछ
सङ्घर्षले जीवन छर्न सक्दछ
सङ्कल्पले जे पनि गर्न सक्दछ
पृष्ठ २४०

चौधौं सर्ग– कल्पनातित शीर्षकमा कविले,

‘मानिसको पहिचान हुन्छ पहिलो मान्छे बनेको स्थिति
मान्छेको अभिमान हुन्छ उषको भाषा, कला, संस्कृति
मान्छे हो कति सभ्य बुझ्नु छ भने आचार हेर्ने गरौं ।
गर्दै छौं व्यवहार दुच्छर भने संस्कार फेर्ने गरौं
पृष्ठ२४३

बाट यो सर्गको थालनी गर्नुभएको छ । दिन घटदै गएको सहरमा घुम्दै जाँदा निर्माण उन्नत भएको जानकारी पाए पनि गाउँको स्थितिको भेउ पाउन नसकेको, धेरै जान्न नपाउँदा असन्तुष्टि पनि जागेको आदि धारणाको साथमा कविले सधैं झै आफ्नो नित्यक्रिया सकेर आजको कार्यक्रमको लागि तयार हुन्छन् ।

फादल्र्यान्ड लिवेरेसन् वार म्युजियमको अवलोकन– यो सङ्ग्राहलयले ऐतिहासिक सङ्घर्ष समेटेको छ । यहाँ किम इल् सुङ कस्ता हुन् के हुन, के के काम गरे, जनतामा कस्ता चेतना छरे, उनको दूरदृष्टि कस्तो थियो साथै कसरी सङघर्ष गरेर जनताको अभिनन्दन पाए आदि भवनालाई कविले समेट्दै सङ्ग्राहलयतिर लाग्दछन् । एउटी युवतीद्वारा सबै दृश्य अवलोकन नगराई सोझै भन्न थालिन् – ‘ दिग्भ्रमाका कुरा मेडियाबाट छर्दै अमेरिकाले वीरका पीठमा छुरा रोप्छ, , अमेरिकाले झुक्क्याएर ध्वंसक वम, मिसाइल हानेर लाखौंलाई हताहत पारेको मात्र हैन विचल्ली पारो, ढुङ्गा माटो हावा पानी पनि प्रदूषित पारेकोले वैरी अमेरिकाप्रति गहिरो घृणा गर्दछौं । नगरा युद्धको बज्दै युद्ध बरबर हुँदा पृथ्वीमा भूकम्प गयो आकाश काम्यो, भाग दौड चल्यो क्षत विक्षत पारियो तब पनि स्वाभिमान र हिम्मत नहारी वङकर बनाएर विना खाना, विना पानी भयङ्कर रूपमा लडियोर शत्रुका दस्तालाई भगाइयो धेरैलाई समातेर सजाइँ दिइयो, जहाज खसालीयो, युद्धपोतलाई पक्रिए अस्त्रशस्त्र र शत्रुको कमाण्डर पक्रेपछि अमेरिका हार्यो र माफि माग्यो रुदै आयो, झुको पापी अमेरिका ’ तर पनि बारंबार हार्दा पनि अँझै दागा धर्छ, आदि वर्णन गर्दै यी भनिएका कुराहरूको अवलोकन गराउँदा मानिसका हाडखोर देख्दा कवि चिन्तित हुन्छन् । कोरियाले अमेरिकालाई हारएको र बारंबार माफी मागेका दसीलाई मेटाउनको लागि अँझै पनि बारंबार युद्ध चाहन्छ आदि वर्णन सुनाउँदै उनको एउटा कथन यस प्रकार छ –

अमेरिका र जापान भरौटे तिनका सबै
स्वतन्त्रताका कुरा गर्छन् हार्दै स्वाधीनता सधैं
त्यसैले गर्छ सङ्घर्ष गणतान्त्रिक कोरिया
चेतनाको दियो बाल्दै, वैरी पार्दै छिया छिया
पृष्ठ २४८

हेर्दैजाने क्रममा अद्भुदको पेन्टिङ देखिनु, पेन्टिङ कला भए पनि सजीव लाग्नु, यी कलाको सिर्जनालाई शब्दद्वारा वर्णन गर्न नसकिनु, चित्रहरू पेन्टिङ भए पनि धमाधम चल्ने, तर चित्रमै क्रमश: चलचित्र बन्ने, र दृश्यमा सारा युद्ध देखाउँदै जाने, चित्र हराउँदै जाने र सन्नाटा छाउने, प्रत्येक्ष दृश्यमा नौला घटना आउँदै जाने, नदी बगेको, पहरा, पाखा, गाउँ र जीवन्त इतिहास बोल्दै गएको, सबै खाले प्रकृतिक त्रिहरू प्रदर्शित भएको देखिने, युद्धका दृश्य, लडाकु विमानले वम वर्षाउँदै आकाशमा उडेको दृश्य, धर्ती र आकाश दुवै आगो आगो भएको, रगतका धारा बगेको, जता हेर्यो कोलाहाल र हाहाकार हरेका ठाउँमा बम खसालेका, सुत्केरी बालक बृद्धा सबै मारिएका र जलेका ती परिदृश्यको कसरी व्याख्या गर्ने यो व्याख्य गर्ने शब्द नै छैन भन्ने कविले धारण राख्नुभएको छ ।

यो कला–दृश्य अवलोकनले कविमा प्रश्न उब्जिन्छ –अमेरिका अर्काको देशमा किन युद्ध छेड्छ, ? जापानमा सेना रख्छ, कैले भियत नाममा साँढे बनेर पस्छ, कहिले पाकिस्तान हुँदै अफगानिस्तानमा घुस्छ, दक्षिण कोरियालाई ङ्याक्छ, , इराकलाई ध्वस्त पारेको, क्युवामा हानेको, प्रजातन्त्र र स्वतन्त्रता उसैको ठेक्का जस्तो के यस्ले शान्ति चाहेर यस्तो काम गरेको हो या शक्ति प्रदर्शन ?

कविको कलाप्रति धारणा –कला हेरेर कविले यस्तो भाव पोखेका छन्–

कलाले धर्तीलाई उर्वरा पार्न सक्तछ
चन्द्रसूर्य दुवैलाई धर्तीमा झार्न सक्दछ
सातै समुद्रको पानी सिनित्तै पार्न सक्दछ
सिङ्गै धर्ती उचालेर बुकुर्सी मार्न सक्तछ
पृष्ठ २५४

सर्कसको अवलोकन– सकर्स गर्नेलाई गाह्रो र हेर्नेलाई रमाइलो, हेर्दा रोमाञ्चित भएको, ज्ञानका साथ अभ्यास गर्न जाने कल्पनातित कर्म गर्न सकिने, यहाँ हातको शिल्प, बुद्धिको – बलको देखियो । मानिसको सिर्जना बल भनेको साधना रहेछ भन्दै कविले तपसिलका उद्गार भर्दै यस सर्गको समाप्त गर्दछन् –

खोल्छ कलाले मानसद्वार
बोल्छ कलाले जीवन सार
फेर्छ कलाले सुन्दर हात
हेर्छ कलाले जीवन लाख
पृष्ठ २५७

पन्ध्रौँ सर्ग– सहभोज शीर्षकमा यस सर्गको थालनी यस प्रकार गरिस्एको छ–

लाउँछ मान्छे प्रीति सुधाका
गाउँछ गीत सुनाउँछ भाका
हेर्दछ सुन्दरता वसुधाको
भक्त छ मानिस मोजमजाको
पृष्ठ २६०

यस दिन कविले प्रातकालमा सधैं झ्याल खोलेर कोरियाको प्रातकालीन मनोहर दृश्यको अवलोकन छाडी कोठामा बस्नु, कोरियाको सबै बुझ्ने मन भए पनि बुझ्न नपाउँदा कविमा पिर थियो । आज केवल एउटा यात्रामात्र भएकोले कवि त्यसैको लागि तयार भए ।

सहभोज –आजको दिन सहभोजमा जान बसमा बसियो, बाटोमा सफा चौडा बाटा, जतात्यतै हरियाली, जनताले काम गरेको, कृषकले धानका बोरा भरेका, गाउँहरू झुप्प झुप्प विचित्रका, साना साना, चुचुरामा वन, पाखामा फल, त्योभन्दा तल घरगाउँ, खेतीपातीको अवलोकनले भोक जनता नभएको संकेत, जग्गा जति सरकारी जनताले खेती गर्ने, उर्वरक जग्गामा घर नबनाउने, बाँझो जग्गामा समूहमा बस्ने जस्ले गर्दा बाटो, ढल, बस्त्तीको व्यवस्था, सबैका लागि सहकारी, सरकारी कार्यालय, स्वास्थ चौकी नजिकमा, सामूहिक खेतीपाती, अनुशासन कडा, अनुशासन नमान्ेलाई कडा सजाएँ, शिक्षास्वास्थ सबैलाई नि:शुल्क, भ्रष्टचार नहुने, न्यायमा समानता, सबैलाई रोजगारी, आत्मरक्षार्थ सम्पूर्ण हतियारहरू, ‘राष्ट्रघात’ ‘दलाली र ‘गद्दारी’लाई प्रतिबन्ध अरू सबै स्वतन्त्र, जान्ने चाहना धेरै भए पनि कोरियनहरू थोरै बोल्ने, पौने घण्टामा नौलाो ठाउँमा जङ्गलको माझमा, ‘विश्वबन्धुत्व’को नाउँमा, सबैले विश्व मानवतातिर उद्देश्य राख्दै, यहाँ विभिन्न थरीका खेलखेल्दै, खेलेपछि सबैले गीत गाउन पर्ने, मलेशिया तयारीको साथमा आएको, भाषा नबुझे पनि सारङ्गीको धुनले भुतुक्कै पार्ने, कविले राष्ट्रगान गाउन चाहेको तर त्यहाँ नमिल्ने, गीतमा पनि पहिलानै जानकारी दिनु पर्ने, अर्को गीत फेर्न नपाइने, नेपालीले खेम गुरुङको गीत गाउँदै, उज्जन हात्ती झै नाच्नु, अशोक फन्फनी नाचे, कवि भ्याकुतो उफ्रेसरि नाचेको, नाचपछि खाना, खाना पनि तताएर खानु पर्ने, सहभोज आनन्ददायक, आदि धारणालाई समेट्दै फर्कदा कविले गाइडलाई उत्तेजित गराउँदै, गाइडसँग आफ्ना प्रश्न राख्छन् ं–

भन्छन् नि कोरिया तिम्रो विश्वमा नै छ हिंस्रक !
शास्त्रास्त्रले बनेको छ संसारैनिम्ति ध्वंसक !
पृष्ठ २६८

सबै अन्ध्यारोमा, बन्धनमा, युद्धमा, विश्वका उच्च साहित्य पठ्न नपाइने, पढ्नै पाइन्न रे सच्चा प्रजातान्त्रिक जीवनी, जनतालाई सोसेर, जनताको कमाइमा शस्त्राशस्त्रको उत्पादन गरिने, सेनालाईमात्र सुविधा निहित जनता रुने सन्त्रास्त्रमा हुने, मनको भावना पोख्न नपाउने, भोक रोगले मर्ने, स्वतन्त्रता हीन, प्रशासक तानाशाह भन्छन्, विद्रोह गर्न पाउँदैनन् जनता आदि बाहिरी आवाज सुनिन्छ जस्ता प्रश्नसहित कविले यसरी गहन प्रश्न राखेका छन्–

मार्क्सको वर्गसङ्घर्ष छाडोरे, फर्कियो पछि
मान्छे–प्रकृति–सङ्घर्ष मान्छ ‘सन्गुन पोलिसी’
समाजवाद त्याग्यो रे, त्याग्यो साम्यवाद नै
विश्वमानवता त्याग्यो, त्यागोरे मार्क्सवादनै
पृष्ठ २६९

यी गहन् प्रश्नको साथमा कविले गाइडसँग सत्यतथ्यको खोजी गरेका छन् गाइडको कडा असन्तुष्टि – तिमीलाई सत्यतथ्य थाहा नभएको, पश्चिमीयाहरू फटहा बोली बोल्ने, अर्काको इज्जत लुट्ने, र महागुरु बन्ने, तिमीहरूले पश्चिमका मिडिया सुन्ने, साम्राज्यवादी अमेरिकाले विस्तृत कोरियालाई टुक्रा पार्यो, मान्छे मार्यो क्षतविक्षत पार्यो, एउटै घरका छाना दुईचिरा पार्यो र एकै ठाउँमा परिवार साथमा बस्न पाएनन्, दक्षिण कोरियामा सेना राख्यो, अर्काको भूमि कब्जा गर्यो, अमेरिका र जापानको वम बारुद अनेकौं प्रतिबन्धले उत्तर।कोरियालाई पिरेका छन्, अरूराष्ट्रहरू पनि अमेरिकासँग मिली राष्ट्रसङ्घ पुगेका छन् र राष्ट्रसङ्घ पनि पक्षपाती बनेर बोल्छ, बमबारुद खतरनाक शस्त्रास्त्र बनाएर उही बेच्छ, भन्छ दुष्ट उत्तरकोरिया, उल्ले राख्न हुने हात हतियार अरूले किन नहुने, उल्ले मार्न पाउने अरूले किन नपाउने ? कोही आइलाग्छ भने सहेर कोही बस्न सक्दैन आदि धारणा उत्तेजनात्मक रूपमा गाइडले कविलाई प्रष्ट पारे ।

कविको गाइडसँग थप जिज्ञासा– यहाँको व्यवस्था कस्तो छ भन्दै कविले जिज्ञासाा राख्दा । गाइडले यहाँ जेल छैन, वेरोजगार छैनन्, भिखमग्गा छैनन्, समनताको व्यवहार छ, सम्मान सबैलाई छ, भ्रष्टचार छैन, घुसखोरी बाँच्दैनन् कोरियनहरू आत्मसम्मानले बाँच्छन्, अमेरिकन कोरिया पस्न पाउँदैनन्, कोरियालीको एक थोपा रगत रहेसम्म दुष्टकासामु कोरिया झुक्न मान्दैन भन्ने गाइडले रन्किदै कविलाई प्रष्ट पारे ।

कोरियनको अमेरिकाप्रतिको घृणा सुन्दै नेपालीहरूसँगको तुलना –कविले कोरियनको धारणा बुझ्दै नेपालको राष्ट्रियता कसरी माथि उठ्ला भन्दै चिन्तित हुन्छन् उनको जिउ तातेर रन्किन्छ, भतभती मन पोल्छ रमनमा धारणा पलाउँछन्, नेपाली जनताहरू डिभी भर्दै अमेरिका गएर फोहोर सोर्न तयार छन्, घरमा काम गर्दा इज्जत जान्छ अमेरिकामा गन्धे काम गर्न पनि तयार छन्, आज धन नै नेपालीको धिरता वीरता भएको छ ।कविले जानेकोमात्र दोष छैन भन्दै आफ्नो भनाइमा आफै असहमत हुँदै भन्नुहुन्छ कि नेपाली अमेरिका गएर गन्धे धन्दामात्र नभै तथा दासमात्र नभै निर्माता, वैज्ञानिक, प्रध्यापक, राजनीतिज्ञ, चिकित्सक, व्यापारी आदि भएका छन् । भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय चिन्तनमा कवि लाग्नु, होटेल फर्केर, खाना खाएर आफ्नो अनुभूति यसरी पस्कदै यो सर्गको अन्त्य हुन्छ –

घुमेर वनवाटिका मन भयो सफा बाटिका
सुनेर वनका चरा तन भयो वसन्ती चरा,
सरर्र तन पार्दथ्यो सिरसिरे हावा शीतल
प्रसन्न मन यो भयो, हृदय यो भयो उज्ज्वल ।
पृष्ठ २७५

सोह्रौ सर्ग –चिडिया घर शीर्षकमा

आज यो मन उदास छ
भावनाद्र बनिँदै अनुराग छ
घर्किदै समय बित्छ सधैं सधैं
जिन्दगी पनि त वित्छ सधैं सधैं
पृष्ठ २७७

को धारण राख्दै यो सर्गको थालनी भएको छ । आज अन्तिम दिन, कोरिया छाड्नु पर्ने, त्योभन्दा पहिला चिडिया घर अवलोकन गर्नु पर्ने, चिडिया घरमा विभिन्न प्रकारका चरा र जीवजन्तुको अवलोकन गर्दा हिडेर भ्याइदैन भन्दै बसबाट अवलोकन गराइएको, एउटा सुगाले हुबहु नक्कल गर्दै बोल्ने खाना दिए प्रफुल्ल भएर बोल्ने नत्र ठुस्स पर्ने, विरही गीत गाउने, सबै राम्रो व्यवस्थापनले चिडिया खानालाई सजाइए पनि जनावरहरू भने सबै चिन्तामा भएको कविले अनुभूति गर्नु र बन्धनमा परेर स्वतन्त्रता हराएकोले हुन सक्ने

आशंका पोख्नुको साथै चिडियाखानाका जीवहरूले खाना पाएकै छन्, बस्नलाई पनि बास पाएकै छन्, कुनै किसिमको दुख गर्न नपर्ने हुँदा जीवजन्तु चराहरू तृप्त नेखिदा साथै उदासीपन देख्दा कविको मन चस्किन्छ र कविलाई जीवजन्तुले मानिससँग यस प्रकारको प्रश्न गरे झै लागेको कारुणिक धारणा राखेका छन् –

कस्तो हो सभ्यता तिम्रो हाँस्छौ दम्भ निकै गरी !
अर्काको दुखमा हाँस्छौ, लुछ्छौ अस्तित्व–आबरू !
भाोग्छौ स्वाधीनता आफू, पार्छौ बन्धनमा अरु !
पृष्ठ २८०

कविले चिडिया खानाका पशुपंछीको मनोभावलाई काल्पनामा ढाल्दै वनमा बस्थ्यौंं, घुम्थ्यौं, हाँस्थ्यौ, नाच्थ्यौं, सङघर्ष गरेर आफ्नै आर्जन साच्ने, बालबच्चा र साथीको साथ खेल्ने, सुखदुखलाई झेल्ने, तर तिमीहरूले स्वतन्त्रता लुट्यौ बन्धनमा पार्यौ, कुँजो बनायौ, घेरा बन्दी गर्यौ, यतिले नपुगेर ङिच्च हाँस्दै गिजाउँदै आफ्ना आँखा हँसाएर हाम्र्र आँखा भिजाउँछौ, मुखमा औषधी राख्ने, मनमा विष राख्ने र हाम्रो ंजिन्दगीलाई सुख्खा र निरास बनाउँछौ, वैज्ञानिक हौं भनी गर्व गर्ने तिम्रो विज्ञान ज्यानमारा र बैगुनी छ यदि तिमीलाई खान बस्न सबै दिएर थुनेमा र बन्धनमा राख्दा के के बन्धन स्वीकार्दछौ, तिम्रो खानामा स्वाद र रस छैन तिम्ले मानवता भने पनि तिमीमा दानवता छ अशान्ति छर्ने, शान्ति छ भन्ने, क्रान्ति भनेर हत्याहिंसा गर्ने, हाम्रो सुन्दरता र स्वतन्त्रता खोस्यौ, दम्भको खाना खुवायौ र परतन्त्रता पियायौ, विषाक्त भावनालाई अमृत ठान्दै, कुटिलतालाई आदर्श मान्द, ै सर्व सुन्दर मानिस हौं भन्ने दावा गर्दै जुन गर्व गर्दछौ यो विश्व धराताल सबैको लागि बनेको हो तर भोग तिमीले मात्र गर्दछौ, तिमी जीवनका वैरी, तिमीले मारेर मासु पकाएर खान्छौ, अन्याय गर्ने न्याय गरेको दावी गर्ने, अशान्ति छर्ने तिमी मानव कस्ता हौ ? सुन –

अत्याचारी बलात्कारी हत्यारा तुच्छ मानव !
संसारमा अरु छैनन् तिमी झैं दुष्ट दानव !
तिमी हौ शत्रु प्राणीका ! युद्धका हतियार हौ !
तिमी आतङ्क धर्तीका, मृत्युका मतियार हौ !
पृष्ठ २८२

गास, बास, कपास, ज्यान, मान, स्वस्थ, मस्त, भोजमोज, चिन्ता रहित जे जस्तो उपभोग गरे पनि मानिस खुसी र सुखी हुन त स्वाधीनता नभै हुन्न आदि धारणा राख्दै, होटेल कोरियोमा फर्किएको, तीन बजे नेपाल फर्कन टोली सदभाव छर्दै विमानस्थलतिर लागेको, दुवै गाइड पनि बिदा गर्न आएका सबैमा बिदाइको वेदनाले आँखा रसाएको, अलगिन साह्रै कठिन भएको र ससम्मान बिदा लिएको ।

कविको कोरिया बसाइको अनुभूति – कोरिया जाने टोली १४ दिनको कोरियामा बसी नेपाल फर्केपछि कविले यसरी धारणा राखेका छन् –

कस्तो हुन्छ बुझे मैले सरकारी निमन्त्रणा
स्वादिलो राजसी खाना, राजसी अभिनन्दन
डिलक्स रुमको साथै सुविधापूर्ण जीवन
मौका पाएँ, गएँ, हेरे, फर्के गर्दै निरिक्षण ।
पृष्ठ २८५

बसाइ महगो, सामान्यको लागि कठिन, भिसा पाउन कठिन, गए टिक्न नसकिने, बजार देख्न नपाइने, किन्न घुम्न गाइडको आवश्यक पर्ने कडा कानून, अपराध न्यून, अपराधीलाई अपराध अनुसारको शिविरमा लगेर कडा काम गराइने, वेरोजगार नपाइने, चोरी हुँदैन, क्षेत्रीय द्वन्द्व छैन, सबैले स्वतन्त्र देश राख्नको लागि चिन्तन गर्ने, सबै शिक्षित, हाकिम कारिन्दा बीच विना विभेद, पदोन्नति कामको उच्चाइबाट हुने, सबै शिक्षित, क्षमता अनुसारको पढाइ नै धर्म, श्रम र गराइ, प्रशिक्षण सबै प्रकारको गराइने, श्रमव्यमले गर्दा मानिस रोगी नदेखिने, प्रशासन चुस्त दुरुस्त, जनता सबै अनुशासित, द्रोह गर्न नपाउने, सबै राष्ट्रप्रति समर्पित हुनु पर्ने, विश्वमा सबैभन्दा कम अनलाइन भएको, मोबाइल थोरैले खेलाउने, मेडियाले सकरात्मक सोच दिने, नवसिर्जना आत्मनिर्भरका लागि गरिने, कोही विदेश नजाने, कोही विदेशमा लास नबन्ने, शत्रुसँग लडेर, प्रतिबन्ध सयौं थरी खेपेर बाँचेको, गर्वसाथ बसेको, आफ्नो स्वत्व खडा प्रविधि गरेको, साम्रज्यवादको ठूलो अरि, रहस्यमय, अनौठो देश, इमान्दरीमा शान्तिप्रदत्त, धनी गरिबमा कम गहिराइ, खुलापन कम र बन्धन धेरै भए पनि जनता विद्रोहमा नउत्रेका, विश्वासको कारणले यस्तो भएको होला किनकि विश्वासमा नै टिकेका छन् जिन्दगी सभ्यता सबै, नेतालाई कोरियनले अभिभावकका रूपमा मान्ने, कोरियामा सोच्न पर्ने धेर।ै कुराहरू छन् । देशदोही हुनेप्रति स्वतन्त्रता अप्ठ्यारो छ, , नयाँ ठाउँमा आएर केही बुझियो, केही बुझ्न बाँकी छ, चिनियाँबाट नौला निर्माणका कुरा सिक्ने र कोरियनबाट अनुशासन सिक्ने भन्दै कविले–

यात्रा पनि हुने गर्छ ज्ञानको स्रोत सुन्दर
उपयोग गरेमा त्यो बन्न सक्छ मनोहर
फर्के यात्रा गरी लामो, फेरि व्यस्त हुँदै छु म
आफ्नै नेपालको माटो, आफ्नै देश छुँदै छु म ।
पृष्ठ २९०

र देशमा फर्के र देशको माटोमा नै व्यस्त हुँदै, ‘यात्रा साँच्चै ज्ञानको स्रोत रै’छ, यस्तो यात्रा गर्न पाउँ सदैव ’ भन्दै यो सर्ग समाप्त हुन्छ ।

सत्रौं सर्ग –आत्मबोध शीर्षकमा विश्वमा जान्ने कुरा असीमित छन् के कति जान्ने हो ? प्रकृतिमा खर्बौ दृश्य अदृश्य छन्, र दृश्य सादृश्यमा छन् ।जीवन छोटो छ, आयु सीमित छ, जान्ने हुनु परेको छ तर छोटो जीवनमा सजिलै संसार जान्ने हुन सकिदैन भन्दै यस सर्गको थालनी भएको छ ।

कविले कोरिया थोरै, सीमित, र बाहिरमात्रै, जे जे देखाए, जहाँ जहाँ लगे त्यही मात्र हेरेको, जसरी जस्तो भनियो त्यो नहुन पनि सक्छ, भित्री र बाहिरी तथ्यहरू अर्कै पनि हुन सक्ने, गोप्यता, जिन्दगीका व्यथा, जनताका निम्ति कडा बन्धन, आर्तनाद र क्रन्दन चलेका, सत्य रहस्य गोप्य, देखेका नै सत्य गुम्सिएका र त्रस्त आदि जे पनि हुन सक्छन् । अनुमानको भरमा लेख्न बोल्न हुँदैन, नदेखेका कुरा गर्नु मूर्खता हुने हुँदा जे देखियो त्यही लेखियो, कोरियाप्रति जिज्ञासा मनमा धेरै भएका, एक्लिएर विश्वमा बाँचन कोरिया कति सक्ला या भविष्यमा रुसझै भत्किएला, या नौलो मध्यमार्ग खोज्ला, या यसैको कारणे विश्व युद्धमा फस्ला या विश्व शान्तिको लागि नयाँ सम्झौता हुन सक्ला आदि मनमा जिज्ञासा उठने धारणा राखिएका छन् ।

नेपालप्रति कविका धारणा –चीन कोरिया दुवै राम्रा छन् । तिनका कर्म–श्रम, शिल्प र जीवनी राम्रा भएता तापनि कोरिया हेरेर आफ्नै देशमा फर्केको, आफ्नै देश राम्रो, प्यारो, आफ्नै आमाको भर लाग्नु, विश्व भूगोलमा हेर्दा नेपाल नै सुन्दर छ र मनोहर छ । सिर्जनाका कुरा गर्दा स्रोत र साधन छन्, सद्भावका हिसाबले भाव सागर छ, विभिन्नताहरू भित्र एकता घुलेको छ, , एकता भित्र हजारौं इन्द्रेनी खुलेका छन्, सहिष्णुता र सेवाको धरोहर नै हो नेपाल, सयौं जाति, सयौं भाषा, सयौं संस्कृतिको सुन्दरता भएर पनि हामीले फाइदा लिन सकिएन र अँध्यारो जिन्दगीलाई उज्यालो पार्न सकिएन, भूमिमा पसिना छरेर पनि जे पनि फल्न सक्नेमा हामीले सामान्य रचना पनि बनाउन सकिएन, एउटै पक्षलाई योजना बनाएर अघि बढे देशको महिमा छुन सकिन्छ –

पर्यटकीय सौन्द्यर्य मात्रैले पुग्न सक्दछ
जडीबुटीहरूबाटै राष्ट्र यो उठ्न सक्दछ
पानी बोत्तलमा राखिसके विश्व घुमाउन
त्यही उद्योगले मात्रै सक्छौं हामी धनी हुन
पृष्ठ २९६

पुष्प खेती गरे भकारी भर्ने, विजुलीले अँध्यारो हर्ने, ज्ञान विज्ञानको साथै संकल्प गरे परिवर्तन आउने, विद्यालय र विश्व विद्यालय मार्फत नयाँ प्रविधिका उच्च आयाम ल्याउन सके नौला निर्माण बढाउन सके यो राष्ट्र विश्वमा नै सर्व सुन्दर बन्न सक्ने धारणा छ कविको ।

राजनीतिको देश निर्माणमा आवश्यक्ता –राष्ट्रको शिर उठाउनको लागि, दृढसंकल्प, समर्पण, प्रतिबद्धताको साथै भएको स्रोत–साधनको सदुपयोगको लागि राजनीतिको गहन भूमिका हुन्छ । यस सम्बन्धमा कविको धारणा यसरी पोखिएको छ –

राजनीति भए राम्रो –राम्रो कानून बन्दथ्यो
ढुङ्गा बन्ने थियो चाँदी, मृतिका सुनबन्दथ्यो
औषधीका बुटीबाटै धनको पौल बढ्दथ्यो
सर्वोच्च टाकुरा पुग्ने सिँढीमा देश चढ्दथ्यो
पृष्ठ २९७

कविले सकरात्मक मार्गमा चेतना छरेमा, शक्ति र पुरुषार्थमा भावना भरेमा, योजना राम्रा बनाएर उद्योग र पौरख गरेमा यो देश विश्वको निम्ति गौरव वन्ने, डाँडामा केवुलकार चल्ने, सुरुङमार्ग रेल चल्ने, नहरमा पानी बग्ने, खेतबारी टारीमा हरियालीले भरिने प्रत्येक घरमा धारा, घर गोठमा बत्ती बल्ने, लेक वेंसीमा गाडी चल्ने, अस्पतालको सुविधा, उपचार विना मर्न नपर्ने, खान लाउनको चिन्ता नपर्ने, रोजगारी मिल्ने, बालबच्चा वेसहरा हुन नपर्ने, बृद्धबृद्धा एक्लिन नपर्ने, श्रमिकका गाला आँसुले धुन नपर्ला, देशमा काला षडयन्त्र नबन्लान्, नाकको, रङ भेद नहोला, मधेशे पर्वते बीचको भेद नहोला, धनी गरिबको भेद नहोला, धन मनले सम्पन्न, लोभ लालच नहोला, दानशील हुनन्, हिंसा, द्वन्द्व मेटिएलान, शान्ति आउला, अशान्तिको त्रास हट्ला, शान्ति होला, आतङ्क आफै आतङकित होला, राष्ट्र, मानिसभाव, चेतना अति सुन्द बन्लान, सौन्दर्यले सौन्दर्य माग्ला, स्वय म जागृतिले माग्ला हाम्रो जागृत जीवनी, मान्छे घमण्ड र दम्भले हारेको छ, द्वन्द्वले विश्वब्रमाण्ड चलेको छे, मान्छेको जिन्दगी चल्ने द्वन्द्वको साथ प्रबन्धले हो, जसरी माहुरीले मिलेर मह जम्मा गर्छन्, कमिलाले मिलेर काम सुन्दर गर्दछन्, त्यसरी हामी काममा एउटै बनेर लाग्ने हो भने कसैको भरमा पर्नु पर्दैन, हाम्रो निर्माणको जग आफै खन्नु पर्ने, , हाम्रा निमित्त हामीले नै चिन्तन गर्नु पर्दछ, कुद्न बलिया गोडा चाहिन्छन्, सुखी हुन खुसी हुनु पर्छ, गाडा अनुभूति भएमा, उज्यालिने सोच भएमा वेवारिसे पनि भइदैन, फालिन पनि पर्दैन, जन्मेदेखि नै सिक्नुको जिन्दगी थालनी हुन्छ, र आकाश, धर्ती, मान्छे, हावा, पानी सबै गुरु बन्दछन्, ‘खुल्छन् चेत जहाँबाट, फुल्छन् चैतन्यका तरु, ती प्रत्येक कुरा हुन्छन् सिक्ने मानिसका गुरु’, सबै कुरा हाम्रै स्वार्थको लागिबाटै बनेका हुन्, तुच्छ स्वार्थको साथमा उच्च आदर्शले भरिएर सबै काम मान्छेका बलले बनेका, सुख, शान्ति र आनन्द तीन मुख्य उद्देश्य हुन्छन्, यी तीन चीज जहाँ फुल्छन् त्यही नै सुन्दर गौरव हुन्छ, तर हामीले प्रजातन्त्र भन्दै, धेरै युद्ध क्रान्तिका लड्यौं, शान्ति शान्त्ति भन्दै अशान्तिका युद्धहरू लड्यौं, कसैले स्वतन्त्रा महान्, कसैले पूँजीवाद महान, कसैले साम्यवाद महान भनेर खुनी युद्धहरू गरियो, मानिसको जिन्दगी, श्रम शिल्प र द्वन्द्वले चल्छ, साथै सम्बन्ध परिबन्दले अल्झिन्छ, सम्पूर्ण जिन्दगी चल्छ आवेग र विवेकले, आवेगले हारे विवेकले जित्छ, साथै–

विश्वास हो ठुलो शक्ति र आस्था हो ठुलो धन
आस्था–विश्वासले मात्रै बन्छ जीवन्त जीवन
दु:खका सुखका निम्ति सोच हो मुख्य कारण
दु:खी बन्दैनथ्यो मान्छे धमिलो नभए मन
पृष्ठ ३०१

कविका धारणा बगिरहेका छन् – भुत्ते कोदालीले बारी नखन्ने, अपराधीले सत्य नबोल्ने, खुराफाती मान्छे नबन्न, हरामी साथी नबन्न कविको आग्रह छ ।। समाजमा सर्वत्र बन्धन हुन्छन् । कर्तव्यवाट पनि उम्कन सक्दिैन । आपसमा मिल्न र अपनत्व बढाउन सके हतियार उठाउनु पर्दैन, तथ्य एक हुन्छ तर्क अनेक हुन्छन्, मानिस भएर न्यायमा खडा हुनु पर्दछ, सतर्क भएमा कसैले अलमल्याउन सक्दैन, सत्य, सौन्दर्य, जे पनि सापेक्षित हुँदा रहेछन्, परिपूर्णता र स्वास्वत केहीमा हुँदैन, सर्पको विष मृत्यु हो र सर्पको विष औषधी पनि हो, मुर्खको रिस सामान्य विष, त्योभन्दा कडा शंकाको विष, आरिसको विष हुन्छ । अँझै कडा गोमनको विष हुन्छ र मान्छेको मनको विष सबैभन्दा कडा हुन्छ । मन नचले पाखुरी चल्दैन बाँसको ढुङ्ग्रो नभए बाँसुरी बन्दैन, साथ नदिने साथी सारथि बन्दैन, अनुभूति विना मानिस पारखी बन्न सक्दैन, मान्छे मूर्ख नभए प्रेमको धारा फैलिन्छ, मान्छेको मन मैला भए सारा सभ्यता मैलिन्छ, मन मैलो नभए, लोभ, पाप र स्वार्थ नभएमा मान्छे महामना बन्छ, लोभ, पाप, ईष्र्या र घमण्ड नभए मानिसको जिन्दगी आनन्दमय हुन्छ, , सुख दु:ख र आनन्द मानिसका सोचका फल हुन्, सुखी हुन र सुन्दर जीवन बनाउन सोच राम्रो हुनु पर्दछ ।

मानिसका शत्रु को त –यस सम्बन्धमा कविको धारणा यस प्रकार छ –

शत्रु मानिसका हैनन् बाघभालु कुनै पनि
शत्रु मानिसमा नै छन् ईष्या–द्वष खुनी बनी
मान्छेको युद्धको मूल मान्छेभित्रै छ सञ्चित
मूल यो नसुकेसम्म युद्ध चल्छ युगौं युग ।
पृष्ठ ३०३

जिन्दगी कहिले रुँदै कहिले हाँस्दै अघि बढ्छ र पो जिन्दगीको मिठो धुन सुन्न सकिन्छ, ईष्र्या रिस कसैको नगरी, मान्छेले मान्छेको कल्याण गर्छ भने अर्काको काममा उत्साहित बन्छ भने मानिस आफ्सेआफ उठ्न सक्छ । वाष्पिकरणबाट बादलको जल बन्छ, छानिदै सङ्लिदै जमिनको जल शुद्ध हुन्छ यसरी नै मानिस बाष्पिकरण भै दिने र सङ्लिने भएमा सुखी बन्दै खुसीसँग बाँच्न सक्थ्यो भन्ने कविको धारणा छ ।

मानिस सप्रिने र विग्रने मुख्य कारण– मान्छेको कर्मको मुख्य सञ्चालक मन भएकोले मान्छे निस्क्रीय, सक्रिय, अतिक्रीय, पाप, धर्म, क्रिृया, प्रतिक्रृया जे भए पनि मानिस सप्रने या विग्रने मुख्य कारण “म” नै हो ।

सुखी मानिस कहाँ देखिन्छ त – कविको धारणा छ कि जहाँ सद्भाव, सहिष्णुता, सज्जनता हुन्छ, छल–दुष्टाइँ हुँदैन, जात, धर्म, वर्गमा भेदभाव हुँदैन त्यही मानिस समाजमा सुखी देखिन्छ ।

आयु छँदै गर्न पर्ने र बितेपछि नफर्कने चीजहरू– कविको यथार्थपरक अभिव्यक्तिमा युवा अवस्था छँदादेखि तथा आयुछँदै नमर्ने कृतिको सिर्जना गरेर मरौं । समयको गतिलाई बुझेर, समयमै काम गर्नु पर्छ किनकि यायु र यौवन बितेपछि फर्कदैनन् । इतिहाँस फर्केर अउँदैन, अतितबाट सिक्न चाहे सिक्न सकिने, भविष्य भोग्न मिल्दैन, भविष्य राम्रो होस् भन्ने धारणा राख्नु पर्छ र जेजति गर्ने हो त्यो वर्तमानमा नै गर्ने हो यहीँ बाँच्ने गरी मर्ने काम गरौं । वर्तमानमै सभ्य सौन्दर्यको वृष्टि गर्ने, भविष्यको लागि राम्रो वीज छरौं, सधैं कोही पनि बाँच्दैन त्यसो हुँदा नमर्ने जिन्दगीमा बाँचौ र मरे पनि बाँची राखौं ।

कविको जिज्ञासा –यस सर्गको साथै यस महाकाव्यको अन्तिमतिर पुग्दा कविले यसप्रकारको धारणा राखेका छन् –

आदर्शमा सधैं देख्छु–विश्ववाद उदाउँछ
यथार्थमा अँझै देख्छु –आर्तनाद कराउँछ
मेरो मानसमा यौटै जिज्ञासामा लहराउँछ–
‘विश्वमा एउटै झण्डा कहिले फर्फराउँछ ?’
पृष्ठ ३०५

यस महाकाव्यको कविको अन्तिम अभिव्यक्ति यसप्रकार छ –

कोही हुन्न सदा सदा अमर हे ! खर्बौ कमाए पनि
मर्नै पर्छ एकबार सवले संसार पाए पनि
छाडौँ गर्न घमण्ड व्यर्थ प्रिय हे ! सद्भावना भर्नु छ
मान्छेको सुखनिम्ति मानिस बनी सञ्चेतना छर्नु छ ।
पृष्ठ ३०५

यस महाकाव्यको सर्गगत कथासार मैले माथि समेट्ने प्रयास गरेको छु । यो महाकाव्य कति ओजपूर्ण छ र यसमा महाकविले प्रष्ट्याउन चाहेका विविध पक्ष पनि कति गहन छन्, काल्पनिक शक्ति, भावनात्मक यथार्थपरक अभिव्यक्ति र सम्पुष्टिलाई यस कथासार/भावसारबाट हामी प्रष्टिन सक्छौं ।प्रा. डा.महादेव अवस्थीको र देवी नेपालको धारणा पनि मैले माथि नै समावेश गरेको छु । मेरो छोटो प्रतिकृयामा यो महाकाव्य ओजपूर्ण छ र यस्ले मानव जीवनका सुखी र खुसी पार्न के गर्नु पर्छ अर्थात जीवनदर्शलाई प्रष्ट्याएको छ । राष्ट्रलाई सम्पन्नतामा लान नागरिक र राज्यको दायित्वलाई बोध गराएको छ । महाकाव्य लेखनमा देखिएको यो एउटा उत्कृष्ट नविनत म उपलब्धि हो । यो एउटा सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक साहित्यिक क्षेत्रको लागि मार्गदर्शनको एउटा दार्शनिक दस्तावेज पनि हो ।

विषयबस्तुगत कथ्य– यस सम्बन्धमा प्रा.डा. महादेव अवस्थीले, ‘रामप्रसाद ज्ञावलीले त्यस यात्राक्रमका माध्यमबाट व्यक्त गर्न खोजेको मुख्य विषयबस्तुगत कथ्यचाहिंँ श्रममूल्यको उदात्तता हो’ पृष्ठ झ – ञ)भनेका छन् । कविले नेपालबाट चीन हुँदै उत्तर कोरिया पुग्दा त्रिदेशीय अवलोकनमा चीन र कोरियामा योजनाबद्ध भौतिक प्रगतिको जुन जानकारी हाँसिल गरेका छन् र उन्ले बारंबार महत्व दिएका छन् सो को मुख्य सारवस्तु मानिसमा दृढ संकल्प, हिम्मत, साहस र जाँगरको साथै श्रमप्रतिको निष्ठा भएमा जीवन समुन्नत हुन्छ भन्ने जुन बोध गरेका छन् र कृतिमा पस्केका छन् त्यही नै विषयबस्तुगत कथ्य हो भन्न सकिन्छ ।

पात्र विधान– यस काव्यमा म(कवि)पात्रको साथै कविका माता(कुन्तादेवी) पिता (पं.दुर्गाप्रसाद ज्ञावली) पत्नी (उषा पन्थी), छोरा (रोशन) छोरी (रश्मि) यात्रामा सहभागी साथीहरू– शङ्कर भारती (यात्राका प्रमुख अगुवा, यिनले े यात्रामा नेपालदेखि कोरियामा टोली व्यवस्थापन, उपहार प्रदान, कार्यपत्र प्रस्तुत, देखिन्छ ), निबन्ध आचार्य, ( शङकर भारतीको कोरिया जाने सन्देश डा. रामप्रसाद ज्ञावली समक्ष पुर्याउने पात्र) उज्जन श्रेष्ठ, सुमन श्रेष्ठ, उज्जन श्रेष्ठकी जीवन सँगिनी (कल्पना श्रेष्ठ), महाकवि (लक्ष्मीप्रसाद देवकोटा), नेपाली विद्यार्थी, विमानकी परिचारिका, अशोक (राजनीति र पत्रकारितामा सम्लग्न) माणिक लामा(गोष्ठिमा आफ्नो धारणा राख्ने पात्र ), ओ सोङ चोल (प्राध्यापक, जुछे विचार धाराका प्रस्तोता, जस्ले जुछे विचारधारालाई सहभागीहरूलाई विचारधारा प्रस्तुत गरेका थिए), भारतीय प्रतिनिधि टोलीका प्रमुख हरिस गुप्ता (नेपालीले राखेका प्रश्न तथा प्रसतुतिमा हस्तक्षेप कर्ता)गोष्ठीमा सहभागीहरू, गाइड(री जोङ ह्वा र युवा गाइड), पत्रकार र सुरक्षाकर्मीहरू साथै यात्रामा भेटिएका विविध व्याक्तिहरू यस महाकाव्यका पात्रहरू हुन् । म(कवि) पात्रको साथमा चीन र कोरिया जाने सम्बन्धमा कवि पत्नी उषा पन्थीको छोटो घरयासी सूक्ष्म सरसल्लाहा भएको र खर्च बढी लाग्ला म जान्न भो भन्ने धारणा पस्के पनि अन्यत्र बढ्ता बार्तालाप भएको पाइँदैन तर कविको एकल विवरणात्म अभिव्यक्तिलाई विश्लेषण गर्दा उषा पन्थीलाई उच्च पात्रको रूपमा लिन सकिन्छ । उषा पन्थीकै कारणले कवि आफ्नो लेखनकार्य अगाडि बढाउन सक्क्ष म हुनु भएको छ । घरयासी कामबाट रोकिन पर्दैन । ‘उषा पन्थी’को कार्य गहनताले गर्दा ‘म’ (कवि )पात्रको उच्चाइलाई बढाएको छ । त्यसोहुँदा उषा एउटी गृह्य व्यवस्थापनकी कर्मठ एव म उच्च आदर्शवान पात्र हुनुहुन्छ । यसमा देखा परेका पात्रहरूको कार्य विवरणलाई कविले सूक्ष्मरूपमा भए पनि प्रष्ट्याएकै देखिन्छ जस्लेगर्दा पात्रहरू सबै गतिशील देखिन्छन् ।

भाषा शैली–महाकाव्यमा विविध छन्द, सुक्तिप्रयोग, अलङ्कार, वीर र शान्त रसको प्रवलता भए पनि शृङ्गार, वीभत्स, अद्भुत, हाँस्य आदि विविध रसको प्रयोगले भाषामा मिठास भरेको छ । भाषा सरल, सहज छ, । लययुक्त एव म श्रुती माधुर्य र वजपूर्ण छ सबै सर्गमा आँशिक सम्वाद र वाँकीमा कविको आत्मलापी उक्ति पद्धतिमा रचिएको छ । कविको लेखन शैली र प्रस्तुति अनुकरणीय छ ।

परिवेश– यो महाकाव्य नेपाल, चीन र कोरियाको परिवेशमा लेखिएको भएता पनि यसमा कोरियाले अधिक स्थान ओगटेको पाइन्छ ।

महाकाव्यको विशेषता –

– यस महाकाव्यले त्रिदेशीय (नेपाल, चीन र कोरिया) विकासक्रम, जनजीवन सामाजिक, राजनीतिक, आर्थिक अवस्थालाई तुलनात्मकरूपमा प्रष्ट्याउने प्रयास गरेको छ ।

– महाकाव्यमा यो यात्रा महाकाव्यले एउटा नविनत म उत्कृष्ट उपलब्धि हाँसिल गर्नुको साथै कोशेढुङ्गा थप्ने काम गरेको छ ।

– मानव जीवनलाई खुसी र सुखी कसरी पार्न सक्छ साथै मानिसमा दृढ सङ्कल्प र हिम्मत, साहस, जाँगरको साथै श्रमप्रतिको निष्ठा भयो भने मानिस सम्मुन्नत हुन्छ भन्ने दर्शनलाई प्रष्टयाइएको छ ।

– ठूलाराष्ट्रले सानो राष्ट्रप्रति हेप्ने प्रवृत्तिप्रति प्रतिकार गर्नु पर्ने पाठ सिकाएको छ ।

– सामन्ति शोषणका विरुद्धमा ‘जुछे’ विचारधारको उपयोगमा दृढता व्यक्त गरेको छ ।

– हरेक सर्गको थालनीमा शीर्षकीकरण गरिनुको साथै सर्ग सम्बन्धी संकेतीकरण गरिएको छ ।

– कविलाई विश्वमानवतावादको चाहना भएको धारणालाई कविले प्रष्ट पारेका छन् ।

– प्रा. डा. महादेव अवस्थीले स्वप्नदृष्टि महाकाव्यको रामायण महाकाव्य लगायत अन्य ७ वटा महाकाव्यसँग गणितीय पद्धतीमा सर्गबद्धता, आख्यान योजना, भावविधान, लयविधान, भाषाशैली र शिल्पको मूल्याङ्कन गर्दै ‘यात्रावृतान्त वर्णनमा आधारित बृहत् परिवेशको अड्कन, साधारणीकृत, सूक्तिमय कवित्वको प्रवलता र प्रगतिवादी स्वरको अभिव्यक्तिका दृष्टिले उल्लेखनीय कृति’ भनेर मूल्याङ्कन गर्नुभएको छ । ाएको छ

– यस काव्यमा कविले सर्वप्रथम भविष्यवाणी गर्ने, त्यसमा गहन प्रमाणिक अध्यन गर्ने र भविष्यवाणी प्रमाणित हुन नसके होइन रहेछ भन्न पनि पछि नपर्ने जस्ता घटनाक्रमले गर्दा कविले स्वयमले स्वयमलाई यथार्थवादी भएको प्रमाणित गरेको पाइन्छ । यथार्थपरक प्रस्तुतिले काव्यलाई उच्चाइमा पुर्याएको छ

– राष्ट्र र राष्ट्रियता प्रति गहनभावनाहरू प्रस्फुटन भएका छन् । कोरियाको मात्र नभै नेपालको द्वन्द्व पनि समेटिएको छ ।

यस महाकाव्यमा कोरियामा प्रस्तुत गरिएका तथा कोरियनले बोलेका शब्द शब्दमा अमेरिका प्रति साम्राज्यवादको लगायतका विषयमा धेरै शब्दहरू खर्चिएका छन् । कविले कोरियाका बारेमा बडा सावधानी पूर्वक आफ्ना धारणा राखेका छन् तर एउटा प्रश्न के उठ्न सक्छ भने के कोरियाको कुनै्र गल्ती नै छैन ? पश्चिमका मेडियाले कोरियाप्रतिमात्र गलत समाचार सम्प्रेषण गर्दछन् ? यो एउटा गहन अध्ययनको विषय भने बाँकी नै देखिन्छ ।

अत यो महाकाव्यको जति विश्लेषण गरे पनि कमि नै हुन्छ । कविले यो नविनत म महाकाव्यलाई बहुआयमिकरूपमा रसिलो र भरिलो पारेका छन् । कविले यथार्थता र समसामयिकतालाई बुझेका छन् । विश्वपरिवेशलाई चिनेका छन् र जे देखेका छन् यस महाकाव्यमा सोही लेखेका छन् । यस्ता गहन काव्यका काव्यकारको भावी जीवन खुसी र सुखिरहोस् भन्दै बिदा चाहन्छु ।

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *