Skip to content

मलाई यी कुराहरूको डर नलागोस्


मलाई यी कुराहरूको डर नलागोस्
तिमीलाई कसैको नि नजर नलागोस्

बदलिन्छ समय बदलिन्छन् मौसम
नबदलियोस् मनमा असर नलागोस्

ईश्वरसँग छ कामना जूनको पछाडि
गुलाबको फूल बोकी नगर नलागोस्

हाँसे सँगै बाँचे सँगै मरे सँग-सँगै
छुट्टिएर बाँच्ने कैले रहर नलागोस्

– सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *